निर्णय नं. ८११२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११२ - जालसाजी भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/१२/१६ ३६०६ निर्णय नं.८११२ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधिश श्री गिरिश चन्द्र लाल माननीय न्यायाधिश श्री सुशीला कार्की सम्बत् २०६२ साल फौ.पु.न ३२४८ फैसला मिति : २०६५।१२।१६।१ मुद्धा :जालसाजी। पुनरावेदक प्रतिवदी : सिराहा जिल्ला ,कविलासी गा वि स वडा न ८ बस्ने महेन्द्र राय यादव बिरुद्ध प्रत्यार्थी वादी : ऐ. ऐ. बस्ने नवल किशोर राय यादव भन्ने दु :खा राय यादव छुटाछुटै प्रायोजनका लागि बनेका ऐनहरुमा कुन ऐन अन्तर्गत दाबी लिनुपर्ने हो दाबीकर्ताले तय गर्नुपर्ने। § घटनाको प्रकृतिअनुसार प्रस्तुत मुद्धाको विवाद्को बिषयउपर अदालतले न्यायिक निरुपण गर्नुपर्ने हुँदा वादीलाई दावी गर्ने अधिकार छैन भनी अदालतले भन्न सकिने अवस्था नरहेकाले क्षेत्राधिकरको अभाव रहेको भन्न नमिल्ने । (प्रकरण न ४ ) पुनरावेदक तर्फबाट : प्रत्यर्थी तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानुन : जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता ऐन ),२०३३ को दफा १३ (२) अ.व.१३९ नं.किर्ते कागजको ३ र १० नं. फैसला न्या गिरीश चन्द्र लाल: पुनरावेदक अदालत जनकपुर मिती २०६१।२।२८ को फैसलाउपर यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने हुँदा मुद्धाको सङ्क्षिप्त तथ्य र ठहर निर्णय यस प्रकार छ:- पिता महेन्द्र राय यादव र आमा लखियादेवीको समागमबाट म वादी मिती २०३५।६।१३ मा जन्म हुँदा राशीको नाम नवलकिशोर राय र गाउँघरमा बोलाउने नाउ दु:खा राय राखिएको थियो। मेरो उमेर १६ बर्ष नाघेपछी नेपाली नगरिकताको प्रमाण -पत्र पाउन को लागि नवल किशोर भन्ने दु:खा राय नाउ उल्लेख गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिदा पिताबाट सनाखत गराउने पर्ने भएकोमा विपक्षी पिताले इन्कार गर्नु भएकोले वाध्य भै यसै कार्यालयबाट मेरो पितालाई झिकाई सनाखत गराई नगरिकता प्रमाण-पत्र पाउ भन्ने निवेदन गरेकोमा महेन्द्र रायलाई नागरिकता प्रमाण-पत्रको साथमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित गराउदा मेरो छोरा नवलकिशोर रायको मृत्यु भइसकेको भन्ने जिकिर लिदा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अनुसन्धान तहकिकातको सिलसिलामा स्थानीय गा वि स एवम प्रहरी प्रतिवदन समेत बुझदा नवलकिशोर रायको मृत्यु भएको छैन भन्ने ब्यहोरा प्रतिवदन पेश भएको र पोइल गएकी आमा लखियादेवी समेत बुझ्दा दाजु प्रसादी रायले भुलले नवलकिशोरको नाउ बोलाउने नाउ दु:खा राय लेखाई जन्म दर्ता प्रमाण-पत्र दिलाएको हो। नवलकिशोर राय भन्ने दु:खा राय यादव म जिउदो ब्यक्तिलाई मिती २०५१।७।२९ गतेमा मृत्यु भइसकेको भनी विपक्षी पिताले झुठा ब्योहोराको सुचना स्थानीय पजीकाधिकारीले पनि जाचबुझ गरी मृत्यु दर्ताको प्रमाण-पत्र दिनुपर्नेमा सो नगरी विपक्षी पितासँग पजीकाधिकारीले एक आपसमा मिलोमतो गरी जालसाजीपूर्ण तरिकाबाट मेरो हक मेटाउनको लागि मा जिउदै ब्यक्तिलाई मरिसकेको भनी किर्ते कागजको ३ न. अनुसार जालसाजी अपराध गर्नु गराउनु भएको हुनाले मिती २०५५।८।२२ मा खडा भएको मृत्यु दर्ता प्रमाण-पत्र किर्ते कागजको ३ न. अन्तर्गत जालसाजी घोषित गरी बिपक्षीहरुलाई किर्ते कागजको १० न. अन्तर्गत सजाय समेत गरी पाउ भन्ने समेत ब्योहोराको फिराद -पत्र । वादी दाबी पूर्णत झुठा एव मनगढन्ते रुपको छ। मैले कुनै जालसाजी कामकृया गरेको छैन। प्रतिवादीमध्यका महेन्द्र रायले आफ्नो छोरा नवलकिशोर रायको