निर्णय नं. ८११३ - दरपीठ आदेश बदर गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११३ - दरपीठ आदेश बदर गरिपाऊँ भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०९/१४ ४९७४ निर्णय नं.८११३ २०६६ असार अङ्क ३ सर्बोच्च अदालत एकल इजलास माननीय न्यायाधीश श्री बलराम के.सी संवत् २०६३ सालको प्र.नं.००४१ आदेश मितिः २०६३।९।१४।६ विषयः दरपीठ आदेश बदर गरिपाऊँ । निवेदकः कामेश्वर यादव समेत बिरुद्ध विपक्षी पुनरावेदन अदालत राजविराज समेत मुद्दाः उत्प्रेषण । § कानूनबमोजिम तोकिएको अदालतबाट विवादको टुंगो लागी फैसला अन्तिम भएपछि त्यस्तो अन्तिम फैसला कार्यान्वयन गरी पाउने निवेदकको विपक्षीको कानूनी हक एवं अधिकार हो । त्यस्तो अन्तिम फैसला कार्यान्वयन गरिदिने न्यायपालिकाको कर्तव्य हो । यस अदालतबाट समेत निस्सा प्रदान नहुने भएपछि अन्तिम भएको फैसलालाई अव यसै अदालतले दरपीठ आदेश बदर गरी धारा ८८(२) अन्तर्गतको असाधारण अधिकारक्षेत्रबाट निवेदकको मागबमोजिम विपक्षीबाट लिखित जवाफ मगाई विधिवत अन्तिम भएर बसेको मुद्दालाई पुनः Subjudice बनाउने हो भने उक्त पक्ष Denial of Justice हुन पुग्ने । (प्रकरण नं.४) § साधारण अधिकारक्षेत्रअन्तर्गत यसै अदालतले पुनरावेदन अदालतको फैसला उपर दोहोर्याउने निस्सा प्रदान नगर्ने तर असाधारण अधिकारअन्तर्गत यसै अदालत र न्यायपालिकाउपर रिट जारी गर्दा त्यो आदेश कस्तो होला । यस्तोमा धारा २३ र ८८(२) आकर्षण हुन नसक्ने । (प्रकरण नं.५) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १९ § नेपाल अधिराज्यको संविधानको धारा ८८(२) आदेश यसमा निवेदन/प्रतिवेदन पेश भै अध्ययन गरी हेर्दा निवेदन लेखबाट विपक्षीमध्येका गुलावप्रसाद यादवसमेत वादी र निवेदक प्रतिवादी भई चलेको अंश दर्ता मुद्दा तह–तह हुँदै यस अदालतसमक्ष दोहोर्याई पाऊँ भनी निवेदन परेकोमा यस अदालतबाट मिति २०६२।५।१ मा मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गर्न मिलेन भनी निस्सा प्रदान नभई पुनरावेदन अदालतको फैसला अन्तिम भएर रहेको भन्ने देखिन्छ । त्यसउपर उक्त फैसला बदर गराउन संविधानको धारा ८८(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत निवेदन पर्न आएको देखिन्छ । धारा ८८(२) को असाधारण अधिकारक्षेत्र भनेको संविधानद्वारा प्रदत्त मौलिक हक वा अन्य कुनै कानूनी हक अपहरण गरिएको अवस्थामा अन्य कानूनमा उपचारको व्यवस्था नभएको वा उपचार भए पनि त्यस्तो निकायबाट प्रभावकारी र पर्याप्त उपचार प्राप्त हुन नसक्ने अवस्थामा आकर्षण हुने व्यवस्था हो । धारा ८८(२) को यस अदालतको असाधारण अधिकार भनेको यस अदालतले न्यायिक पुनरावलोकन गर्ने धारा हो । धारा ८८(२) अन्तर्गत यस अदालतलाई प्राप्त असाधारण अधिकार हेर्न नहुने मुद्दा हेरेको, कानून बिपरीत वा गैरकानूनी तरिकाले अदालत वा मुद्दा हेर्ने अधिकारीले कसैलाई थुनामा राखी वैयक्तिक स्वतन्त्रताको अपहरण गरेको अवस्थामा बाहेक अन्य अवस्थामा सक्षम अदालतले कानूनबमोजिम प्राप्त अधिकारअन्तर्गत पक्ष विपक्षको प्रमाण बुझी दुवै पक्षको कुरा सुनी दिएको आदेश वा गरेको फैसला उपर अर्थात् Ordinary Remedy Exhaust गरी सकेपछि त्यसउपर पुनः धारा २३ र धारा ८८(२) आकर्षण हुन सक्तैन । त्यसउपर कानूनमा व्यवस्था भएबमोजिम पक्षले पुनरावेदन गर्नुपर्छ र पुनरावेदन सुन्ने अदालतले गरेको फैसलामा यदि त्यसउपर मुद्दा दोहोर्याई हेर्ने, पुनरावलोकन गर्ने व्यवस्था रहेछ भने त्यही उपचार अन्तिम हुन्छ । २. कानूनी व्यवस्थाअनुसार पुनरावेदनको व्यवस्था, दोहोर्याई हेर्ने व्यवस्था वा पुनरावलोकनको व्यवस्था