निर्णय नं. ६७६१ - सेवाबाट बर्खास्त ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७६१ - सेवाबाट बर्खास्त । भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :१०५६/०२/२७ ३४५९ निर्णय नं. ६७६१ ने.का.प. २०५६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीयय नयायाधीश श्री कृष्णकुमार बर्मा माननीय न्यायाधीश श्री भैरवप्रसमाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्बत २०५५ सालको दे.पु.इ.नं...१२९ फैसला मिति : २०५६।२।२७।५ मुद्दा : सेवाबाट बर्खास्त । पुनरावेदन/प्रतिवादी : काठमाडौ जिल्ला, काठमाण्डौ नगरपालीका वडा नं. १ दरवारमार्ग स्थित होटल उडल्याण्ड्स प्रा.लि.का. तर्फबाट ऐ.का अधिकार प्राप्त प्रवन्ध संचालक हरिहरलाल श्रेष्ठ विरुद्ध प्रत्यर्थी/वादी : सिन्धुपाल्चोक जिल्ला भोकरपा गा.वि.स. वार्ड नं. ४ बस्ने उत्तर वहादुर भन्ने राजेन्द्र वहादुर कार्की । § कर्मचारी वा कामदार र व्यवस्थापनको वीचमा विवाद उत्पन्न भै व्यवस्था पक्षले कामदार वा कर्मचारीलाई सजाय गरेको अवस्थामा उल्लेखित ऐनको दफा ६० को खण्ड (ग) मा प्रयुक्त “व्यवस्थापक वमा अन्य अधिकारी वमा कार्यालयले गरेको सजमाय र आदेश उपर” भन्ने वाक्यांशले तथा सोही ऐनको दफा ५० मा कर्मचारी र कामदारलाई सजाय गर्ने व्यवस्थापक भएकोले सजाय पाउने कामदार वा कर्मचारी हुने हुँदा त्यस्तो कामदार वा कर्मचारीको श्रम अदालतमा पुनरावेदन लाग्ने कुरा इङ्गित गर्दछ भने निर्णय गर्ने व्यवस्थापन पक्षले पुनरावेदन दिन पाउने कुराको परिकल्पना गरेको भन्ने नदेखिने । प्र.नं १२ श्रम ऐन २०४८ वमोजिम श्रम अदालतवाट हुने काम कारवाही श्रम अदालत गठन नभएसम्म पुनरावेदनवाट हुने गरिएकोले अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्थाको अदालतमा श्रम अदालतवाट हुने काम पुनरावेदन अदालतवाट भएको कारणले पुनरावेदन अदालतको फैसला उपरको दोश्रो तहको यो पुनरावेदन न्याय प्रशासन ऐन २०४८ ले सर्वोच्च अदालतमा नलाग्ने । (प्र.नं.१२) § प्रस्तुत विवादमा व्यवस्थापन पक्षले सजाय गरी सेवावाट वर्खास्त गरेको कर्मचारी वा कामदारका विरुद्धमा व्यवस्थापन पक्षको यस अदालतमा पुनरावेदन लाग्न सक्ने नसक्ने भन्ने नै रहेको छ । माथी उल्लेख भए वमोजिम व्यवस्थापन पक्षले यो पुनररावेदन सर्वोच्च अदालतमा गर्न पाउने भन्न मिल्ने अवस्था देखिएन । तसर्थ व्यवस्थापन पक्षले यस अदालतमा पुनरावेदन गर्न पाउने गरी भएको मिति २०५४।९।१ को फैसला वमोजिम हुनु पर्ने भन्ने संयुक्त इजलासवाट व्यक्त राय कानून संगत नदेखिने । (प्र.नं.१३) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फवाट : × अवलम्वित नजिर : २०५१ सालको रि.पु.इ.नं. ५१ निवेदक सोल्टी ओवराय विरुद्ध पु.वे.अ. पाटन समेत फैसला न्या. कृष्णजंग रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३.१.ख अनुसार पूर्ण इजलासको लगतमा दर्ता भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. म मिति २०४४ समाल मार्गदेखि रुमब्वाय पदमा स्थायी नियुक्ति पाई सुपरभाइजर पदमा बढुवा भै कार्यरमत छु । म लगायत अन्य कर्मचारी प्रति विपक्षी म्यानेजिङ डाइरेक्टरको धारणा नकारात्मक रहदै आएको र शोषण गर्ने प्रवृति रहेकाले मिति २०५०।३।३७ मा मलाई होटेलको गेटमा प्रहरी समेत राखी कार्यालयमा प्रवेश गर्न नदिएकाले सो को कारण वुझ्न श्रम कार्यालय समक्षा सम्पर्क राख्दा विपक्षीले मिति २०५०।३।२७ मा मेरो नाउमा उर्फ राजेन्द्रवहादुर थपी सेवावाट वर्खास्त गरिएको पनि भनिएको तर त्यसै पत्रमा ७ दिनभित्र स्पष