निर्णय नं. ६७६२ - लिलाम तथा दर्ता वदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६२ - लिलाम तथा दर्ता वदर समेत भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/११/२७ ४००२ निर्णय नं ६७६२ ने.का.प. २०५६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत २०५४ सालको दे.पु.इ.नं ...१२० फैसलमा मिति : २०५५।११।२७।५ मुद्दा : लिलाम तथा दर्ता वदर समेत । पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही जमुनिया गाउं विकास समिति वडा नं. ५ वस्ने सीताराम राय यादव विरुद्ध विपक्षी/वादी : जिल्ला सलर्माही जनिया गाउं विकास समिति वडा नं. ५ वस्ने धनई राय यादव § समानस्तरको दुई अलग अलग इजलासवाट एउटै प्रश्नमा भिन्न भिन्न सिद्धान्त प्रतिपादन हुन गएमा रुलिंग वाझिएको भन्नु पर्ने । (प्र.नं. १६) § जिल्ला अदालतवाट लिलाम सम्वन्धी कार्य सम्पन्न भई तामेलीमा राख्ने आदेश भएको अवस्थामा दण्ड सजायको ६१ नं. अनुरुप तहसिलदारको आदेश उपर जिल्ला न्यायाधीश समक्ष र जिल्ला न्यायाधीशको आदेश उपर तत्कालीन अंचल अदालत हालको पुनरावेदन अदालतमा अ.वं. १७ नं वमोजिमको निवेदन दिन पाउने नै देखिंदा निवेदकले दण्ड सजायको ६१ नं को उपचारको मवाटो अपनाउनु पर्ने हुन्छ । प्रस्तुत फिरादवाट नागरिक अधिकार ऐन, २०१२ द्वारा प्रदत्त निवेदकको कुन अधिकार हनन् हुन गई प्रचलन गराउन आएको हो, स्पष्टः देखाउन वताउन नसकेको अवस्था तथा विगमो भरीभराउको सन्दर्भमा जिल्ला अदालतवाट भएको लिलामको विषयमा दण्ड सजायको ६१ नं. नै आकर्षित हुने देखिएवाट नागरिक अधिकार ऐन अन्तर्गत आएको प्रस्तुत फिराद लाग्न नसक्ने हुदा खारेज हुने । (प्र. न. १७) पुनरावेदन प्रतिवादी तर्फवाट विदान अधिवक्ता श्री हरिहर दहाल र राम कुमार श्रेष्ठ प्रत्यर्थी तर्फकावाट विद्वान अधिवक्ता द्धय श्री कमल नारायण दास र अमर थापा अविलम्वित नजिर ने.का.प. २०३१ नि.नं७९५ फैसला न्या. केदारनाथ आचार्यः सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३.१(ख) वमोजिम पूर्ण इजलासको लगतमा दायर भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एव ठहर यस प्रकार छ । २. यसमा प्रतिवादी मध्येको सीताराम यादवले मेरो उपर मिति २०४५।२।९ को दे.नं.१६६५ को लेनदेन मुद्दा दायर गरी जग्गा रोक्का गराई इतलायनामा २०४५।३।५ मा तामेल र मिति २०४५।५।२९।४ मा एकतर्फी फैसला गराई मिति २०४५।६।११ मा मेरो नामको जिल्ला सर्लाही जमनिया गा.प. वडा नं.५(क) कि.नं १२९ को ०¬–१८–१ र ऐ वडा नं. ५(ख) कि.नं. २१५ को ०¬–१४–१५ जग्गावाट भरी पाउन दरखास्त दिई विगो दाखिल गर्ने वारेको ३५ दिने सूचना मिति २०४५।७।१६ मा र लिलामी समवन्धी ३५ दिने सूचना मिति २०४५।९।८ गनेका दिन तामेल गराई गायव पारी म गाउ घरमा फेला नपरेको भनी रु.१०००। प्रति कठृा जनाई मिति २०४५।८।२९।४ मा जायजात तथा पचकर्ते मुचुल्का खडा गरी मिति २०४५।१०।२० गते प्रतिवादी सिताराम राय यादवले लिलाम सकार गरी नामसमारी गराई लिएको कुरा २०४५ सालको मालपोत तिर्न जांदा थाहा पाई तामेली म्यादको नककल पाउँ भनि दिएको निवेदनको शीरमा म्याद तामेली मिसिलमा नभएको भनि मिति २०४५।७।१६ मा तामेल भएको जनाई नक्कल दिएको ३५ दिन नपुग्दै मिति २०४५।८।३ मा जायजात पत्र पठाई श्रेस्तेदार विचारी एव प्रतिवादी सीतारामले अनियमित गरी म फेला नपरेको आप, शिशौ, कटहर, वगैचा भएको जस्मा नभएको भनि झुठमा लेखाई जायजाकत गरिएको मिति २०४५।९।७ मा लिलामी सवन्धी ता