निर्णय नं. ६७६३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६३ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/२३ ४५२२ निर्णय ६७६३ ने.का.प. २०५६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ इति संवत् २०५१ सालको दे.पु.इ.नं.... ६४ फैसला मिति २०५६।१।२३।५ मुद्दा : लेनदेन । पुनरावेदक/वादी : जि. सप्तरी गा.वि.स . कोइलाडी वडा नं १० वस्ने अनिलकुमार सिंह विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.सप्तरी गा.वि.स. झुटकी वडा नं १ वस्ने अशोक कुमार सिंह § लेनदेन व्यवहारको महलले कपाली लिखत र कपाली सरहको लिखतमा तात्विक अन्तर गरेको पाइदैन । कपाली सरह भराई लिन पाउँछ भन्ने वाक्यले कपाली लिखतमा अवलम्वन गरिने प्रकृयावाट नै भरी पाउने भन्न जनाउंछ । कपाली सरहको लिखतलाई कपाली लिखतको परिधि भन्दा वाहिर राखेको देखिदैन कपाली सरह भरी पाउने भन्ने शव्दावलीले भरी पाउने सम्वन्धी सवै कुरालाई अंगाल्ने हुँदा हदम्यानलाई मात्र वाहेक गरेको अर्थ गर्न मिल्दैन । तसर्थ कपाली सरहको लिखतमा पनि कपाली लिखतमा आकर्षित हुने लेनदेन व्यवहारको २ नं. नै आकर्षित हुने भई नालिश गर्न १० वर्षको हदम्याद लाग्ने हुँदा त्यस्तोमा लेखिए देखि वाहेकको अवस्थालाई संकेत गर्ने लेनदेन व्यवहारको ४० नं ले निर्धारित गरेको २ वर्षको हदम्याद नलाग्ने । (प्र. नं. १५) § हदम्यादको गणना कहिले देखि गर्ने भन्ने सम्वन्धमा विचार गर्दा विवादित लिखत सम्वन्धी मुद्दाको अन्तिम दुङ्गो लागेपछि मात्र पारित हुने नहुने भन्ने कुराको जानकारी हुने भई तत्पश्चात सो निर्णय अनुसारको प्रकृया पक्षले अवलम्वन गर्नुपर्ने र मुद्दा अन्तिम टुङ्गो लाग्ने समयावधी भने पक्षको अधिनमा नहुने हुँदा लिखत मितिलाई नै हदम्यादको गणना हुने मिति भन्दा कपाली सरह भरी पाउने नालिस गर्ने म्याद व्यति भैसकेको अवस्था पनि पर्न सक्दछ । यसवाट पारित हुने लिखत कपाली सरह भएको वा कपालीमा परिणत भएको मितिलाई नै नालिश गर्नुपर्ने हदम्याद शुरु हुने मिति मान्नु कानूनसम्मत औचित्यपूर्ण एवं न्यायोचित्त समेत देखिने । (प्रं.नं १६) § केशरवहादुर राजभण्डारी विरुद्ध पूण्य विक्रम राणा भएको कपाली सावा व्याज समेत भराई पाउँ भन्ने मुद्दामा लिखित पारित हुन नसकी कपाली सरह भएकोमा लेनदेन व्यवहारको ४० नं ले २ वर्षको हदम्याद कायम गरेको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासको सिद्धान्त (ने.का.प. २०४८ अंक १२, नि.नं. ४४३६ पृष्ठ ८५४) संग सहमत हुन सकिएन । लिखत पारित नभई कपाली सरह भएको मितिवाट १० वर्षको हदम्याद कायम गरी वादीले सांवा व्याज भरी पाउने ठहर्याएको शुरु सप्तरी जि.अ.का् इन्साफ सदर गरेको हदसम्मको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासवाट मिति २०५५।५।१९ मा भएको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १७) पुनरावेदन तर्फवाट विद्वान अधिवक्ता श्री शतिस कृष्ण खरेल प्रत्यर्थी तर्फवाटः × अवलम्वित नजीर : ध्यानवहादुर राई विरुद्ध वखतवहादुर भएको लेनदेन मुद्दा (ने.का.प. २०५२ , अंक ५, नि.नं ५०९९, पृ. ३८१०) फैसला न्या. उदयराज उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(२) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ । २. विपक्षीको म संग रु.१४,०००। लिई निजको नाउं दर्ताको जिल्ला सप्तरी गा.वि.स झुटीकी वार्ड नं २ (क) को कि.नं २४७ को ०–०–१० कि.नं ४१० को