निर्णय नं. ६७६४ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६४ - भ्रष्टाचार भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०२/१२ ३४०७ निर्णय नं ६७६४ ने.का.प.२०५६ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहन प्रसाद शर्मा मानीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत २०५४ सालको फौ.पु.नं १५९८,१६४८,१६४९ फैसला मिति २०५६।२।१२।४ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फवाट श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : काठमाडौ महानगरपालिका वार्ड नं १० गौचर घर भै हाल अर्थ मन्त्रालयमा कार्यरत तत्कालीन भंसार विभागका महानिर्देशक लोकमासिंह कार्की । पुनरावेदक/प्रतिवादी : ल.पु. उपमहानगरपालिका वार्ड नं. ४ भनिमण्डल घर भै शाहि नेपाल वायुसेवा निगम हङकङका व्यवस्थापक यादम लामिछाने समेत । विरुद्ध विपक्षी/ वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी : रुपन्देही जिल्ला वुटवल नगरपालिका वाड नं ७ लक्ष्मीनगर वस्ने भवेन्द्रप्रसाद वुढाथोकी विरुद्ध विपक्षी/वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फ वाट श्री ५ को सरकार § अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रस्टाकचार मुद्दा श्री ५ को सरकार वादी हुनेछ भन्न अ.द.नि.आ ऐन, २०४८ को दफा ३४(२) मा व्यवस्था भएको पाइन्छ । सरकारी मुद्दा समवन्धी ऐन ०४९ को दफा २४(१) मा ... कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भन्ने मुद्दामा पुनरावेदन गर्ने अधिकारीमा सरकारी वकील भन्ने उल्लेख भएको पाइन्छ । यसरी श्री ५ को सरकार वादी हुने मुद्दाको खास ऐनमा सरकारी वकिल मार्फत पुनरावेदन आउनु पर्नेमा सो वमोजिम आएको देखिन आएन । उसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन भन्दा पछि आएको सो सरकारी मुद्दा समवन्धी ऐनको व्यवस्थालाई असर गर्ने गरी व्याख्या गर्न पनि मनासिव हुन नआउने । (प्र.नं ३३) पुनरावेदनक वादी तर्फवाट विद्वान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी पुनरावेदक प्रतिवादीका तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ता श्री सुनिल अधिकारी, विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त, विपक्षी प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता श्री सुसिलकुमार पन्त अवलम्विमत नजिर : ने.का.प. २०५२, भाग ३७, अंक ९ पृष्ठ ७५९ फैसला प्र.न्या. मोहनप्रसाद शर्मा, पुनरावेदन अदालत पाटनको मिति २०५४।५।४।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(क) अन्तर्गत पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ । २. २४ डिसेमवर १९९४ का दिन हङकङ काठमाण्डमौ उडानमा रहेको आर.ए.४१० को शौचालयमा १० के.जी. सुन १५० के.जी चांदी लुकाई छिपाइ चोरी पैठारी भैरहेको सुराक भन्सार प्रमुख भगवतीकुमारलाई दिएका थियौं । उक्त सुन चांदी ना.सु. मित्रराज शर्मा, ख.प्रेमवावु विष्ट, अच्युतप्रसाद त्रिपाठी मधुसुदन पौडेल, भरतप्रसाद घिमिरे तथा भन्सार प्रमुख भगपतिप्रसाद काफ्ले समेतको मिलेमतोमा आउदै नआएका व्यक्तिको नाममा सुन चांदी डिपोजित गराई निजकै नामवाट उक्त सुनचादी छुटाई भगवतीकुमार काफ्ले समेतले काल्पनिक नामवाट झिकी मिलाई खाएका छन भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा परेको उजूरी । ३. आर.ए. ४१० को उडानवाट आएको वेवारिसे १० किलो सुन, १५० किलो चांदी भगवतीकुमार काफ्ले समेतको मिलेमतोमा नक्कली व्यक्तिको नाममा दाखिल गराई सुनचांदी छाडी भ्रष्ट्रचार गरेको विषयमा अनुसनधान हुदै जांदा हङकङवाट