निर्णय नं. ६७६५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७६५ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/१२/१८ २५०८ निर्णय नं ६७६५ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५३ सालको दे.पु.नं........३५१० फैसला मिति : २०५५।१२।१८।४ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी : जि.वांके वेलमार गा.वि.स.वडा नं ४ वस्ने सहदेव सिंह सिख । विरुद्ध विपक्षी/वादी : जि.वांके इन्द्रपुर गा.वि.स.वडा नं. २ वस्ने काशीराम वर्मा । § राजिनामा रजिष्ट्रेशन पारित गरेको थैली रु.९२२५०। मध्ये ३ खण्डको २ खण्ड अर्थात थैली रु.६१५०० वदर भइसकेपछि लेनदेन व्यवहारको १० नं को व्यवस्था अनुसार लिखत वदर भए जतिको थैली ऐन वमोजिमको व्याज तथा लिखत रजिष्ट्रेशन दस्तुर समेत कपाली सरह असुल गरी लिन पाउने नै देखिन्छ । साथै व्याज के कति पाउने भन्ने सम्वनधमा सो लिखत वदर हुने ठहरी अन्तिम नभएसम्म उक्त जग्गा राजिनामा रजिष्ट्रेशन पारित गरि लिने कै हक भोगमा रहने भै लिखत वदर हुने ठहरी अन्तिम फैसला भएका मिति देखि नै व्याज लिन पाउने देखिएको र रजिष्ट्रेशन दस्तुरका सम्वन्धमा पनि जति खण्ड लिखत वदर हुन्छ सोही आधारमा नै रजिष्ट्रेशन दस्तुर भराई दिनु पर्ने । (प्र.नं ११) पुनरावेदक प्रतिवादी तर्फवाट :× विपक्षी वादी तर्फवाट : × अवलम्वित नजिर :× फैसला न्या. केशवप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ २. प्रतिवादीले म वाट रु.९२२५०। वुझि लिई निजका नाउँमा दर्ता रहेको वांके वलभार गा.वि.स. वडा नं ४(ख) कि.नं२०४ को ज.वि. २–१–० जग्गा ०४५।३।२८ गते राजिनामा लेखि पास गरी दिएको उल्लेखित जग्गा मध्ये ३ भागको २ भाग ज्.वि. १–७–७ को लिखत वदर गरी हक कायम गरी पाउँ भनि वादि मान सिंह १, वच्चा सिंह सिख समेत दुई जनाको म वादि कासीराम तथा प्र. सहदेव सिंह सिंख उपर फिराद दायर गरेकोमा लिखत वदर हुने ठहरी ०४६।७।३ गते फैसला भए उपर म वादिले श्री भे.अं अ. मा पुनरावेदन गरेकोमा ०४७।८।१२ मा खिनतम फैसला भएको ज.वि. १–७–७ वदर भएकोले मुलुकी ऐन लेनदेन व्यवहारको १० नं अनुसार २ खण्डको थैली रु.६१५००। र त्यसको ऐन वमोजिमको व्याज र रजिष्ट्रेशन पास गर्दा लागेको दस्तुर समेत प्र.वाट कपाली सरह असुल गरी लिन पाउने व्यवस्था भए अनुसार फिराद गरेको छु । वदर भएको थैली रु.६१५००। र लिखत मिति २०४५।३।२८ ले आज फिराद दायर गर्दाको मिति सम्मको सैकडा १० ले हुने व्याज रु.२५४२०। र रजिष्ट्रेशन दस्तुर रु ६४५७।५० समेत जम्मा रु .९३३७७।५० र लेखदेन व्यवहारको ४ नं अनुसार भरी भराउ मितिसम्मको व्याज समेत भराई पाउँ भन्ने फिराद पत्र । ३. उक्त विगो मध्ये मैले कि.नं २०४ को ज.वि. २–१–० लाई रु.७२०००। मा खरिद विक्री गरेको हकवालाको ननिखनाउन भन्ने उद्देश्यले कासीराम वर्माले रु.९२२५०। को थैली राखि पारित गराएका हुने रु. ७२०००। को ३ भागको २ भागको रुपैयामा मात्र दावि लिनुपर्ने सो व्याजको सम्वन्धमा वादिले जग्गा आजसम्म भोग चलन गरि आएकोले त्यसको व्याज तिर्न नपर्ने हुँदा इन्साफ पाउँ भन्ने प्रतिउक्तर । ४. वादि दावी वमोजिाको सांवा र लिखत वदर मुद्दाको अन्तिम निर्णय भएको मिति ०४७।८।१२ देखिको व्याज वादिले प्रतिवादीवाट भराई लिन पाउने ठहर्छ भन्ने वांके जिल्ला अदालतको फैसला । ५. रजिष्ट्रेशन दस्तुर र दावी वमोजिमको सम्पूर्ण व्याज नभराई लिखत वदर मुद्दाको अन्तिम निर्णय भए पश्चातको