निर्णय नं. ६७६६ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७६६ - परमादेश भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/११/११ २३२० निर्णय नं. ६७६६ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीस श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीस श्री कृष्ण कुमार वर्मा सम्वत २०५४ सालको दे.प. नं................३८७२ फैसलमा मिति : २०५५।११।११।३ मुद्दा : परमादेश । पुनरावेदक/प्रत्यर्थी : जि. कास्की पोखरा उपमहानगरपालिका वडा नं १५ स्थित वन विज्ञान अध्ययन संस्थान, स्नातक तहको भर्ना समितिको अध्यक्ष तथा ऐका डिन हरिदत लेखक । विरुद्ध विपक्षी/निवेदकः जि.तनहु भानु गा.वि.स वडा न. ४ वस्ने विष्णु चन्द्र पौडेल । § पुनरावेदन अदालत पोखरावाट निवेदकलाई भर्ना गरी दिनु भनी परामादेश जारी गरेको देखिन्छ । निवेदकले आफ्नो निवेदनमा भर्ना समितिको निर्णय वदर धोषित गरी भर्ना लिनु भन्ने परमादेशको माग गरेकोमा भर्ना समितिको निर्णय वदर सम्वन्धमा पुनरावेदन अदालतको आफ्नो आदेशमा वोलेको देखिएन । यसरी निर्णय नै वदर घोषित नभइ परमादेशको आदेश जारी गर्न मिल्ने अवस्था नहुँदा परमादेशको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०५३।११।१२।१ को निर्णय नमिलेको वदर भई उल्टी हुने । (प्र.नं ११) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी तर्फवाट : × अवलम्वित नजिर :× फैसला न्या. लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पोखरावाट भएको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(क) वमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. त्रि.वि.वि. वन विज्ञान अध्ययन संस्थान स्नातक तहमा भर्ना सम्वन्धी सूचना मिति ०५३।६।१३ को गो.प.मा प्रकाशित सूचनामा पोखरा क्याम्पसमा ४ वर्षे सनातक तह भर्ना संख्या समेतका विवरण उल्लेख गरिएकोमा प्रकाशित सूचना अनुसार म पनि भर्नाको लागि उत्सुक भई परिश्रम गरि पढ्ने इच्छा राखि दरखास्त फाराम भरी प्रवेश परिक्षामा सम्मिलित भएको र०५३।९।२ मा छनौट भएको उम्मेदवारहरुको प्रथम सूची प्रकाशीत भएको थाहा पाई हेर्न जांदा जनरल साइन्स समूह तर्फ ८ जना जनरल साइन्स समूह तर्फ महिला सुरक्षित सिटमा १ जना फरेष्ट्री समूहमा १८ जना फरेष्ट्री समूहको सुरक्षित दुर्गम सिटमा २ जना फरेष्ट्री समूह एक वर्ष सेवा अनुभवको सिटमा ५ जना, फरेष्ट्री समूहको सुरक्षित महिला सिटमा ३ जना र फरेष्ट्री समूहको क्यापिटेशन फि सिटमा ७ जना, गरि ४४ जनाको नाम निकालिएको पाए । जवकि मिति २०५३।६।१३ को गो.प.को सूचनामा प्रष्टसंग भर्ना संख्या वन विज्ञान विषयमा प्रमाणपत्र तह उत्तिर्ण गर्ने उम्मेदवारहरुवाट २८ जना जनरल साइन्स विषयमा प्रमाणपत्र तह उत्तिर्ण गर्ने उम्मेद्वारहरुबाट ९ जना, वन विज्ञान विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरी क्यापटेशन फि तिरेर भर्ना हुन चाहने उम्मेदवाहरुवाट ५ जना गरि जम्मा ४२ जनको सिट प्रष्ट खुलाएको र मिति ०५३।९।२ मा भर्ना हुन छनौट भएका उम्मेदवारहरुको सूचीमा मेरिटमा भनी उल्लेख गरेको छ । उक्त सूचना गो.प.का. सूचना विपरित भर्ना संख्या निकालिनु र भर्नामा निकालिएका नामहरु मेरिट भनि निकालिनु सरासर झूट्टा भएकोले प्रथमतः सम्वन्धित डिन र परिक्षा समिति समक्ष गएर मैले व्यहोरा अवगत गराउँदा डिनले परिक्षा समितिलाई र परिक्षा समितिले डिनलाई कानूनसम्मत गरेछौं भनि भन्न सकेका छैनन् । मेरिट लिष्टका आधारमा भनी गैरकानूनी भर्ना नतिजावाट अन्याय परेकोले निवेदन लिई आएको छु । गो.प.को सूचना अनुकूल नतिजा प्रकाशित सूचना अनुसार भर्ना पाउने व्यक्तिले नपाएकोम