निर्णय नं. ८६७३ - सम्बन्ध विच्छेद

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६७३ - सम्बन्ध विच्छेद भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/१२/२३ ५९२० ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास ०६५–CR– ०६२४ फैसला मितिः २०६७।१२।२३।४ मुद्दाः सम्बन्ध विच्छेद् । पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स.वडा नं.४ बस्ने बीपिन्द्र सुवेदी (खत्री) विरुद्ध प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं. १३ घर भै का. जि. का. म. न.पा. वडा.नं. १३ बस्ने बन्दना सुवेदी भने तापनि हाल नुवाकोट जिल्ला कल्याणपुर गा.वि.स. वडा नं. १ बस्ने बन्दना कार्की (भट्ट) शुरु फैसला गर्ने : मा.जि.न्या.श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्ने :– मा.न्या. श्री कृष्णप्रसाद बस्याल मा.न्या. श्री हरिराम कोइराला § लोग्ने स्वास्नीबीचमा सम्बन्ध विच्छेद् हुने भएमा अदालतले निजहरू बीच अंशबण्डा गर्न लगाएर मात्र निर्णय गर्नुपर्ने भनी ऐ. को ४(क) नं.मा व्यवस्था गरेको पाइन्छ भने स्वास्नीले अर्कोसँग विवाह गरेमा लोग्नेस्वास्नीको २ नं. ले त्यस्तो लोग्नेस्वास्नीको सम्बन्ध स्वतः विच्छेद् हुने हुँदा त्यस्तोमा अंशबण्डा गर्नुपर्ने गरी कुनै कानूनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं.३) § सम्बन्ध विच्छेदको प्रश्नसँग अंशबण्डाको प्रश्न समेत निहीत रहेको विवादमा लोग्नेस्वास्नीको १ नं को देहाय २ बमोजिम सम्बन्ध विच्छेदको माँग गर्ने वादी स्वयंले आफूले दायर गरेको मुद्दा अन्तिम टुङ्गो नलाग्दै अर्कोसँग विवाह गरेको र सो सम्बन्धी प्रमाण कागजहरू मिसिल संलग्न हुन आएको स्थितिमा त्यस्ता आधार प्रमाणलाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § लोग्नेस्वास्नीको १, २ र ४(क) फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) अनुसार मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीको तर्फबाट निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यस प्रकार छः पति बिपिन्द्र सुवेदीले २०५७।१।७ गते कुटपीट गरी घरबाट निकाला गरेपछि माइती घरमा शरण लिई बस्दै आएको छु । घरबाट निकाला गरेपछि मेरो खोज खबर नगरी बसेकोले मिति २०५९।५।६ मा अंशचलन मुद्दा दायर गरेको छु । अंश मुद्दा दायर गरे पछि जीउज्यानको धम्की समेत दिदै आउनु भएकोले लोग्नेस्वास्नीको सम्बन्ध कायम रहन सक्ने अवस्था नरहेको र खोज खबर नगरी बसेको ३ बर्षभन्दा बढी समय भई सक्दा लोग्नेस्वास्नीको १ नं. को देहाय २ बमोजिम हामीबीचको सम्बन्ध विच्छेद् गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन दावी । हामीबीच प्रेम सम्बन्ध रही लोग्नेस्वास्नीको सम्बन्ध कायम गरेको भए पनि हाम्रो दाम्पत्य जीवन सुखमय रहन सकेन । निजले घर परिवार समेतलाई बेवास्ता गरी आफूखुश नै छाडा भई हिड्डुल गर्ने गरेकोले पटक–पटक सम्झाउँदा पनि नमानी म स्वतन्त्र भएर अलग बस्छु, लोग्नेस्वास्नीको सम्बन्ध राखेर बस्न सक्दिन भनी २०५५ माघदेखि नै आफूखुशी घरबाट निस्की गएकी र आफूखुशी नै माइत गई बसेकी हुन् । मैले कुटपीट गरी घरबाट निकाला गरेको होइन । पटक–पटक लिन जाँदा पनि आउन नमानेकी हुन् । विपक्षीले पहिले झै सँगैं बसी दाम्पत्य जीवन सुखमय बिताउने इच्छा गरी घरमा बस्न आएमा इज्जत आमदअनुसार खान लाउन दिने छु । वैवाहिक सम्बन्ध विच्छेद् गर्न मेरो मञ्जूर छैन । मुलुकी ऐन लोग्नेस्वास्न