निर्णय नं. ६७६७ - डांका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७६७ - डांका भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/०२ २७१३ निर्णय नं ६७६७ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संम्वत २०५२ सालको फौज्दारी पुनरावेदन नं.१२५३ फैसलमा मिति २०५६।१।२।५ मुद्दा : डांका । पुनरावेदक/वादी : उमादेवीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः वारा जिल्ला दोहरी गाउँ विकास समिति वडा नं २ वस्ने विसुनी महत्तो धानुक समेत § विसुनी महचो पुण्य देव शंकर महरा वाहेकका अन्य प्रतिवादीहरुको जाहेरवालीको घरमा भएको मिति २०४५।३।९ गतेको वारदातमा संलग्नता नदेखिएपछि मुलुकी ऐन चोरीको महलको ६ नं ले गरेको व्यवस्था अनुरुप ५ वा सो भन्दा वढी व्यक्तिको जमात भइ जाहेरवालाको घरमा वारदात गरेको भनि डांकाको वारदातको संज्ञा दिन मिल्ने देखि न आएन । ५ भन्दा घटी ३ जना प्रतिवादीको मात्र संलग्नता रहेको अवस्था हुँदा जवरजस्ती चोरीको वारदातको संज्ञा दिन मिल्ने । (प्र.नं २६) पुनरावेदक वादी तर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री चेतनाथ घिमिरे विपक्षी तर्फवाट :× अवलम्विमत नजीर :× फैसला न्या. दिलीपकुमार पौडेल : पुनरावेदन अदालत, हेटौडावाट मिति २०५१।१०।२३ गते भएको फैसला उपर यस अदलतमा पुनरावेदन पर्न भाएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. मिति २०४५ समाल असार ९ गते राती खानपिन गरी आफ्नो उत्तर मुखको घरमा विरामी पतिलाई औषधी ख्वाइ रहेकोमा रातको ८,९ वजेको समयमानमालुम कुन दिसातर्फवाट डांकाक दल जवान ६ आइ म तथा पति वालवच्चा समेतको धनमाल भएको उक्त घर भित्र प्रवेश गरी डांकाहरुले मलाइ वन्दुक देखाइ तपसिल वमोजिमको धनमाल मडांका गर्दाको अवस्था डांकाहरुले वालेको टर्चको उज्यालोवाट चिनेकाले चिनेका विसुकी महत्रो, पुण्यदेव ठाकुर, शंकर महरा समेत जना ३ लाई चिनेको र अरु नचिनेका डाँका दलहरुले डांका वारदात गरी भाग्न लागेको अवस्था मैले साहस गरी डांका मध्येका विसुनी महतोलाई अगालोमारी समाइ गुहार भनि कराउँदा पुण्यदेवले मेरो उपर चक्कुप्रहार गरी मेरो दाहिने हात हत्केलामा लागी रगत पक्ष हुँदा पनि मैले विसुनीलाइ नछाड्दा अन्य डांका समेत सो ठाउमा आइ मलाइ लाठीद्धारा कुटपिट गरी लडाइ दिए मैले गुहार भनि कराएको आवजवाट गाउले आइ डांकाहरुलाइ लखेटदा विसुनी महतो भागी रहेको अवस्थमा वन नर्सरीको तारमा अल्झिदा मौकैमा प्रहरी समेत निजलाई पक्राउ गरी निजवाट वरामद भएको सामान सहित दाखिल गरेको छु । विगो रु.२०,०००। को धनमाल डांका गरी लगेको हुँदा धनमाल विगो दिलाई डांकाहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोरको उमादेवीको जाहेरी दर्खास्त । ३. मिति २०४५।३।९ गते रात ८,९ वजेको समयमा रामवहादुर कार्कीको घरमा डांकाहरुले डांका गरी भाग्न लागेको अवस्था वन नर्सरीको छेउमा मौकामा पक्राउ परेका राजेश भन्ने विसुनी महतो धानुकवाट सोही स्थानमा स्टिलको थाल विभिन्न साइजको थान ४ र तामाको अंखरा थान १ फुलाहा अंखोरा थान १ स्टिलको गिलास १, स्टिलको कचौरा १ वरामद भएको ठिक साचो हो भन्ने समेत व्यहोराको मौका मुचुल्का । ४. मिति २०४५।३।९ गतेका दिन म आफ्नो गाउँ घरमा थिए रामध्यान महतो धानुकको घरमा पनि वसी रहेका थिए सोही समय पुण्यदेव ठाकुर कलैयातर्फवाट हामी भए ठाउमा आइ इनर्वासिराको किवियाह नदी छेउमा वस्ने १ जना पहाडनीको घरमा नगद रु ६००। र जिन्सी माल सामान समेत छ आज जाउ भनि सरसल्लाह गरी आफनै गाउँ दोहरीको विश्वनाथ साह, गोपिचन महतो, विकास महतो,