निर्णय नं. ६७६८ - मोही प्रमाणपत्र पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६८ - मोही प्रमाणपत्र पाउँ भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/१३ २६७४ निमर्णय नं. ६७६८ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत २०५२ मसालको दे.पु नं............३१३८ फैसला मिति : २०५६।१।१३।२ मुद्दा : मोही प्रमाणपत्र पाउँ । पुनरावेदक/वादीः जिल्ला वारा नगवा गा.वि.स. वडा नं १ जिल्ला पर्सा वीरगंग नगरपालिका वडा न. १९ वस्ने गोपाल शाह गोठ विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला पर्सा वीरगंज नगरपालिका वडा नं .८ वस्ने भोला शाह रौनियार § पर्याप्त र निर्विवादहरुको मोही हुन चाहिने श्रेस्तोको प्रमाण नरहेकोमा संदिग्ध प्रमाणको आधारमा सरजमिनका व्यक्तिहरुले भनेको आधरले मात्र पुनरावेदक मोही कायम हुन सक्ने देखिन आएन । तसर्थ पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं १०) पुनरावेदक वादी तर्फमाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टरार्इ विपक्षी प्रतिवादी तर्फवाट : विद्वान अधिवक्ता श्री प्रेमवहादुर खड्का अवलम्विमत नजिर : × फैसला न्या. केदारनाथ उपाध्याय : पुनरावेदन अदालत हेटौडावाट भएको फैसला उपर यस अदालत समक्ष मुद्दा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भइ पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ र निर्णय यस प्रकार छ । २. प्रस्तुत मुद्दाको मिसिल हेर्दा विपक्षीका नाम दर्ताको जिल्ला वारा गा.पं. इटियाही वडा नं. को कित्ता नं ४७ को ज.वि. ०।१८।५ दोयम किसिमको दर्तावाला मोही म हुँदा उक्त जग्गा नापी नक्साको अवस्था देखिनै मैले नै उक्त जग्गा आवाद गुरजार गरी आएको र उक्त जग्गाको हुने कुत वाली साल सालै खलैवाट वांडफांड आधि आधि जग्गाधनीलाई वुझाउदै आएको छु । भरपाई साविक देखि लिने दिने गरको छैन । साथै मैले पाउनु पर्ने मोहीको ३ नं. प्रमाण पत्र नपाएकोले नागरिता छुट फिल्डवुक उतार नक्कल साथै राखी निवेदन गरेको छु । यसमा जे जो वुझनु पर्छ वुझी मैले पाउनु पर्ने मोहीको ३ नं. प्रमाण पत्र पाउँ भन्ने समेत वादी गोपाल शाह श्रेष्ठ निवेदन पत्र । ३. उजूरी निवेदन दावीको जग्गाको मोही प्रमाणपत्र विपक्षीलाई दिनुपर्ने होइन दावीको जग्गा नापीको अवस्थामा देखि मैले जोति आएको भन्ने उजूरी दावी विल्कुल झुठ्ठा तथा काल्पनिक मात्र हो । दावीको जग्गा मेरो कारिन्दा गोपाल राउत कुर्मीले कमाइ आएकोले निजको नाम मेरो फिल्डवुक तथा मेरो जग्गाधनी प्रमाणपुर्जा उल्लेख भएको र निज गोपाल राउत कुर्मी आजले २३,२४ वर्ष अधि नै आफ्नो गाउँ घरवाट हिडी अन्यत्र वसी गाउँ धरमा नभएको र निजको हक खाने हकदार कोही नभएकोले सो जग्गा म जग्गाधनीले आफ्नै तर्फवाट जोतकोड गरी आएको कुरा जग्गा भएको ठाउँ वुझी यकिन हुनेछ । विपक्षीको झुठ्ठा उजूरी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर पत्र । ४. निज वादी प्रतिवादी वीच मोही नाम संशोधन गर्न नमिल्ने भनी निर्णय भइसकेकोले माग वमोजिमको जग्गा वादीलाई मोहियानी प्रमाणपत्र दिन मिलेन अ.वं १८० नं. वमोजिम निवेदन दावी खारेज हुने ठहर्छ भन्ने समेत शुरु भूमिसुधार कार्यालाय वाराको निर्णय । ५. शुरु भूमिसुधार कार्यालय वाराले मिति २०४८।२।१५ को फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी गोपाल शाह गोठको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन । ६. एकै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको दे.पु.नं. १४६० को थर संशोधन गरी पाउँ भन्ने मुद्दामा भोला शाह रोनियारको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा लेख