निर्णय नं. ६७६९ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६९ - कर्तव्य ज्यान । भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/१२/०५ २७०९ निर्णय नं ६७६९ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यामयाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत २०५५ सालको साधक नं........२९८,२३३ फैसला मिति : २०५५।१२।५।६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : नउँसिंह गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/ प्रतिवादी : कान्छा गुरुङ समेत § मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. मा ज्यान मार्नाको मनसमाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात मुकका इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था १३(३) मा उल्लेखित परिस्थिति र अवस्था प्रस्तुत वारदातमा नदेखिएको र मृतकलाई मार्ने प्रतिवादीहरुको पूर्व रीसइवीको अवस्था नरहेको र लाती मुडकी प्रहार भई मृत्यु भएकोमा ज्यान समवन्धीको १४ नं लाग्ने देखिंदा प्रतिवादीहरु सोनामसिंह गुरुङलाई दामे सिंह गुरुङ र कान्छा गुरुङलाई ज्यान संवन्धीको १३(३) नं अनुसार सजाय हुने ठहर्याएको पुनरावेदन अदालत समेतको फैसला उल्टी भई ज्यान सम्वन्धीको १४ नं वमोजिम जनही १० वर्ष कैद सजाय हुने । (प्र.नं. ३५) पुनरावेदक वादी तर्फवाट : × विपक्षी प्रतिवादी तर्फवाट :× अवलम्वित नजिरः फैसला न्या.श्री गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ वमोजिम जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. गोरखा केरोजा गा.वि.स. वार्ड नं २ वस्ने वर्ष ७२ को दामे गुरुङलाइ ऐ वस्ने दामेसिंह गुरुङ सुमन गुरुङ कान्छा गुरुङ जना ३ ले मिति ०५२।४।३ गते कुटपिट गरि कर्तव्य गरी मारी वुढी गण्डकीमा वोरामा हाली वांधी फ्याकेको कुरा वुझिन आएको हुँदा निजहारलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको विक्राम खत्रीको प्रतिवेदन । ३. अभियुक्त दामेसिंह समेत जना ३ लाई पक्राउ गरि इलाका प्रहरी कार्यालय आरुघाटमा उपस्थित गरायएको भन्ने समेत प्रहरी चौकी मान्दुको पत्र । ४. अभियुक्त कान्छा गुरुङ समेत जना ३ लाई जि.प्रका. गोरखामा उपस्थित गराइएको भन्ने इ.प्र.का.गोरखामा उपस्थित गराइएको भन्ने इ.प्र.का.का आरुघाटको पत्र । ५. मिति ०५२।४।३ गते दिउसो अं ४ वजे गोरखा जिल्ला केरौजा गा.वि.स वार्ड नं ३ वस्ने दामे सिंह गुरुङ सुनामसिंह गुरुङ कान्छा गुरुङ समेत जना ३ भई निज मृतक दामे गुरुङलाई कुटपिट गरी मारी वोरामा हाली वोराको मुख वांधी वुढि गण्डकी नदीमा लगी फ्याकेको कुरा थाहा भएकोले अभियुक्तहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको नउसिंह गुरुङको जाहेरी । ६. मृतक दामे गुरुङले तन्त्रमन्त्र गर्ने भएको र निजको तन्त्रमन्त्रले वोक्सी लगाउने भूत भई तर्साउने, विराअी वनाउने र कतिपय मानिसहरुलाई मार्ने गरेकोले निजसंग पहिलेदेखि रिसइवी थियो । मिति ०५२।४।३ गतेका दिन दिनको १२.३० वजेतिर जमसिंको घरको आगनमा जांदा कान्छा गुरुङ म भन्दा पहिले र्न गई सकेका रहेछन् । त्यसपछि दामे सिंह गुरुङ समेतका मानिसहरु आएर वाटोघाटो सम्वन्धी छलफल भईरहेको थियो । दामे गुरुङ पनि सो ठाउँमा आई पुने कान्छा गुरुङको दिदी दमेस्या गुरुङ विरामी भएको हुँदा विरामी वनाइ दिने झाक्रि अझै गाउँमा छ