निर्णय नं. ६७७० - वन फडानी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७७० - वन फडानी । भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०८/१० ३३६३ निर्णय नं. ६७७० ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपवहादुर सिंह सम्व्त २०५२ सालको फौ पु.न..... १२१५ सम्व्त २०५३ सालको फौ.पु.नं. ११९३ फैसला मिति : २०५५।८।१०।३ मुद्दा : वन फडानी । पुनरावेदक/वादी विदुर राउतको जाहेरी र गाइघाट इलाका वन कार्यालयको फिरादले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला उदयपुर जालपा चिलाउने गा.वि.स. वार्ड नं ४ वस्ने मदनवहादुर कार्की समेत पुनरावेदक/प्रतिवादीः जिल्ला उदयपुर वोल्पा चिलाउने गा.वि.स वार्ड नं ४ वस्ने विष्णु वहादुर चौहान समेत विरुद्ध प्रत्यर्थी/वादी विदुर राउतको जाहेरी र गाइघाट इलाका वन कार्यालयको फिरादले श्री ५ को सरकार § घटनास्थलमा प्रतिवादीहरुले यति वन फंडानी गरे भनी काठ वरामद गरी वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न सकेको मिसिलवाट नदेखिएको र यिनै व्यक्रिहरुले रुख काटेका हुन भनी सर्जमिन समेतका कसैले भनेको नदेखिएको अवस्थामा केवल ठुटाका आधारमा विगो कायम गरी विगोमा ठहर गर्नु न्यायोचित नदेखिंदा ठुटालार्इ विगो कायम गरी सजाय गरी पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने । ( प्र.नं.१४) पुनरावेदक वादी तर्फवाट विद्वान उपसरकारी अधिवक्ता श्री शेखरचन्द्र अर्याल प्रतयर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसलाः न्या. गोविन्दवहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. विष्णु बहादुर चौहान तथा मदन वहादुर कार्कीले चिलाउने गा.पं वार्ड नं ४ अन्तर्गत शाही खोलामा अवैध तरिकावाट वन सिमाना सारी अ १० विगाहा जमिनमा रहेका करिव १० लाख वरावरको रुख जगल काटी उठाई जग्गा आवाद र वसोवास गरेकोमा पटक पटक जाहेर गर्दा पनि वनका कर्मचारीले कारवाही नगरेमा हाम्रो छान माथि आक्रमण गरी लास गरी आफ्नो फाइदा लिने निज अभियुक्त माथि कडा कार्यवाही गरी पाउँ भन्ने तत्कालीन अन्चलाधीश कार्यालय राजविराजमा परेको उजूरी निवेदन । ३. पूर्व भालुखोला पश्चिम लाटासाही दक्षिण नम्वरी उत्तर घना जंगल यति ४ किल्ला भित्र दुई विगाहा जंगल फडानी गरी वसेका छन भन्ने सुखवहादुर समेतका केहि र निज विष्णु वहादुर र मदन वहादुरले डालफाड गरेको होइनन् पहिला देखिनै आवाद थियो भन्ने विष्णु पौडेल समेतका ८ जनाको वयहोरा भएको सर्जमिन मुचुल्का । ४. विष्णुवहादुर चौहान मदन वहादुर कार्की समेत उक्त चौहदी भित्रको जग्गामा हअ. ४ वगाही जंगल ढालफाड गरी ज.गल हानी नोक्सानी गरी वसेको देखिंदा कार्यवाही गरी पाउँ भन्ने इलाका वन सहायक शोभाकान्त चौधरीको राय सहितको प्रतिवेदन । ५. मैले उल्लेखित वन जंगल ढाल फा.ड गरेको छैन । विगत २०३५।०३६ सालमा दुर्गा वहादुरले ढालफांड गरेकोमा २०४४।१०।१५ देखि म पनि करिव १५ कठ्ठा जग्गामा घर वनाई वसेको छु । लालवहादुर लामाले २ विगाहा वन जंगल लामाले १ विगाहा डुमजग लामाले १० कठ्ठा धिसिइ भन्ने नेवार खोलेले १–१०–० विगाहा समेत आवाद गरेका छन भन्ने विष्णु वहादुर चौहानको इलाका वन कार्यालयमा भएको वयान । ६. संकलित भए सम्मका आधारवाट वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को (संशोघन) समेतको दफा ३(क) र (ख) वमोजिम कसूर गरेको हुँदा विगो वरामद नभएका हुँदा ठुठावाट क्यू फिट निकाल्दा २४३ फुट हुन आएको प्रति फुट २०। का द