निर्णय नं. ६७७२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७२ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०२/२६ ३११४ निर्णय नं ६७७२ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्कयायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५३ सालको फै.पु.नं.........१५४१ फैसला मिति : २०५५।२।२६।३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जि.वैतडी रुद्रेश्वर गा.वि.स वार्ड नं ३ वगडी घर भै हाल वैतडी कारागारमा वन्दी रहेका फरुवा ब्यहोरा समेत विरुद्ध प्रत्यर्थी/वादीः जम्मा वोहोराको जाहेरीको श्री ५ को सरकार § प्रतिवादी परुवा वोहोराले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक छोरालार्इ रिठोको सप्काले २ चोट सम्म हानेको हुँ तुला वोहोरा संग झगडा हु.दा छुटयाइन भनेका देखिएता पनि अदालतमा आइ वयान गर्दा मृतकलाइ ढुंगा दाउराले हानेको होइन भनी कसुरमा इन्कार रही वयान गरेको पाइन्छ । प्रहरी चौकीमा दिएको निवेदन र जाहेरी दरखास्त समेतमा वुवा परुवा वोहोराले ढुंगा मुडकीले हिर्काएको भने अनुसार घाउ जांच केश फाराममा घाउ चोट देखिएको तर लास प्रकृति मुचुल्कामा मृतकको पिठ्यू भागमा चोट पटक भएको भन्ने देखिन नआएकोले प्रतिवादी परुवा वोहोराले छोडेको चोटवाटमृतको मृत्यु भएको देखिन आएन । तसर्थ निजको हकमा शुरु वैतडी जिल्ला अदालतले ज्यान सम्वनधीको १४ नं वमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टी भई दावीको अभियोगवाट सफाइ पाउने । सो अभियोगवाट सफाइ पाएपनि सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २७ वमोजिम सरोकारवालले मुद्दा सकार गरेमा यसै मिसिलवाट कुटपिटमा कानून वमोजिम कारवाही गर्न प्रस्तुत मुद्दाको मिसिल शुरु वैतडी जिल्ला अदालतमा पठाई दिने । (प्र.नं २७) § प्रतिवादी तुला वोहोराको हकमा विचार गर्दा अण्डकोषमा समाती चोट पुर्याएको भन्ने अभियोग दावी भएकोमा कुटपिट भइसकेपछि सो कुटपिटवाट भएको घा जांच गराई पाउन परमल बोहोराले प्रहरीमा दिएको दरखास्तमा तुला वोहोराले नाभीमा जवर्जस्ती समाती शरीरको भित्री भागमा मरणासन्न अवस्थाको चोट पारेको भन्ने व्यहोरा उल्लेख गरेको छ । त्यस्तै मृतकको श्रीमती जस्मा वोहोराले दिएको जाहेरीमा सासु तुला वोहोराले गुप्तांङमा समाती निमोठेको भन्ने व्यहोरा उल्लेख भए अनुसार लाश प्रकृति मुचुल्कावाट मृतकको अण्डकोष सुनिएको भन्ने समेत देखिन आएवाट मृतकको मृत्युको कारण सोही अण्डकोष जस्तो सम्वेदनशील अंगमा पुर्याएको चोट नै भएको देखिन आएकोले प्रतिवादी तुला वोहोरालाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं वमोजिम दश (१०) वर्ष कैदको सजाय हुने ठहर्याएको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मनासिव देखिदा सदर हुने । (प्र.नं२८) पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिवक्ता श्री मोहन गिरी प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फवाट विद्वान वरिष्ठा सरकारी अधिवक्ता श्री बलराम के.सी. अवलम्वित नजीर : फैसला न्या. अरविन्दनाथ आचार्य : पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५३।५।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) अन्र्तगत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मिति २०५१।२।७ गते अंश सम्वन्धी कुरामा मेरो बुवा परुवा वोहरासंग भनाभन हुँदा मेरी सौतेनी आमा तुला वोहरा आइ मलाई झम्टी नाभीमा जवरजस्ती समाती शरीरको भित्री भागमा मरणान्त अवस्थाको चोट पारी थला पारेको अवस्था वुवा परुवा वोहराले मेरो पिठ्युमा ५,६ चोट ढुंगाले हानी चोट पुर्याएकोले घा जां