निर्णय नं. ६७७३ - लकडी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७३ - लकडी चोरी भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/१६ २९५७ निर्णय नं ६७७३ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संम्वत २०५३ सालको स.फौ.नं ....१४३४ फैसला मिति : २०५६।१।१६।५ मुद्दा : लकडी चोरी । पुनरावेदक/प्रतिवादी : ल.पु.जि. ल.पु.नंपा वडा नं २ वस्ने वावुराजा डंगोल विरुद्ध प्रत्यर्थी/वादी श्री ५ को सरकार § वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ९(क) मा यो ऐन वमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा वरामद सवै वन पैदावर वाँझ वाहेक औजार चोपाया र अन्य साधनहरु जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको प्रतिवन्धात्मक वाक्यांशमा पाँच हजार रुपैया भन्दा कम्ति मोल पर्ने विगोको वन पेदावार लादी ल्याएको ट्रक, लहरी मोटर ट्रेक्टरको हकमा त्यस्तो ट्रक लहरी मोटर, टेक्टर जफ नभई दफा ९ अन्तर्गत हुने सजायमा पांचसय रुपैया देखि पा.च हजार रुपैया सम्म थप जरिवाना हुनेछ भन्ने व्यवस्था भएकोमा प्रस्तुत विवादमा विगो रु.५०००। भन्दा कम नभई विगोरु.७,९४८।०५ रहेको देखिन्छ । यो वन संरक्षण (विशेष व्यवस्था) ऐन २०२४ को दफा ९(क) अन्तर्गतको विवाद भएको हुँदा भंसार ऐन, २०१९ (संशोधन सहित को दफा ३४(८)(क) अन्तर्गतको जफत नहुने अवस्थाको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति नदेखिने । (प्र.नं २२) पुनरावेदक प्रतिवादी तर्फवाट : x प्रत्यर्थी वादी तर्फवाटः विद्वान उप न्यायाधिवक्ता श्री सरोज गोतम अवलम्वित नजीर : x फैसला न्या. उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत निस्सा प्राप्त गरी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. हामीहरु ०४९।१।२ गते वेलुका अंदाजी १० वजेको समयमा मुग्लीन देखि दक्षिण तर्फ टुरगस्ति गर्दै जांदा नारायणगढ तिरवाट आर्इ वा.अ.ख. २१७५ नं को ट्रक घुमाउने भन्ने ठाउँमा विग्री वसिराखेको वखत हामीहरुलाई शंका लागि उक्त ट्रक खोली हेर्दा उक्त ट्रकमा तपसिलमा उल्लेख भएको चोरी काठ फेला परेको हु.दा खलासी पदम प्रसाद रेग्मी समेतका चोरुी काठ र वा.अ.ख २१७५ नं ट्रक कारवाहीको लागि दाखिल गरेका छौं भन्ने व्यहोराको काठको नाप साइज समेत उल्लेख भयको ई.व.स. कोमल सापकोटा समेतका कर्मचारीहरुले ०४९।१।३ गते शसस्त्र वन सुरक्षा शाखा टीकौलीमा पेश गरेको पाना २ को प्रतिवेदन । ३. चितवन कविलास गा.वि.स ५ वसने वर्ष २६ को कर्ण वहादुर गुरुङ समेतका व्यक्तिहरुले गरिदिएको पाना ३ को वरामदी मुचुल्का । ४. स.व.सु.शाखा टिकौलीका टे.ह.हर्क वहादुर मगरले वरामद काठहरु ०४९।१।३ मा वुझेको भरपाई । ५. म पक्रउमा परेको वा.अ.ख.२१७५ नं को ट्रकमा खलासीको जागिर गर्दछु । ०४९।१।३ गतेका इ.व.स. समेतले पेश गरेको प्रतिवेदन पढी वाँची सुनि पाए । त्यसमा लेखिएको व्यहोरा सांचो हो, गाडी धनी ललितपुर न.पा. सा.न.पा वस्ने वावुराजा डंगोलसंग सोही गाडीमा काठमाडौवाट वसी आइरहेका थियौं । नाम थर वतन थाहा नभएको काठ धनी के.सी. भन्ने भेट भएपछि साहुले कुराकानी गर्नु भो सो कुरो मैले सुनीन । सोही सांझको ६ वजेतिर दासढुंगा भन्ने ठाउँ भन्दा अलि माथि ति र नारायणी खोला र राजमार्ग वीचमा रहेको केरा वगैचामा साहुले गाडी हुन्थो । मलाई खानलार्इ दासढुंगा वजारमा पठाइयो । खाना खाएर आएपछि मैले गाडीमा साखु चिरानी विना टांचा निसान भएको काठ देखें त्यसपछि साहुले गाडी रोडमा मुग्लीनतिर जाने वाटोमा लागि आउँदा घुमाउनेमा गाडीको गेयरवक्स खराव भयो । साह