निर्णय नं. ६७७४ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७७४ - लिखत वदर भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०२/२७ २३९५ निर्णय नं ६७७४ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५२ सालको दे.पु.नं ...२७०५ फैसला मिति : २०५५।२।२७।४ मुद्दा : लिखत वदर । पुनरावेदक/वादी : जिल्ला दाङ तुलसीपुर न.पा.वडा नं ६ वस्ने कुलवहादुर वस्नेत समेत विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला दाङ टरहरी गा.वि.स वडा नं ५ वस्ने दुर्गाकुमारी वस्नेत § लेनदेन व्यवहारको १० नं मा अंश नभएको अशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरु प्र.कौमती वस्नेतसंग एकासगोलमा रहे भएको नभई छुट्टि भिन्न भैसकेको भन्ने सम्वन्धमा वादी मध्येका भीमवहादुर वस्नेतको आफ्नो भागको संपतिवाट आफ्ना छोराहरुलाई गरिदिएको वण्डा तथा वादी भीमवहादुरका छोरा द्रोण वहादुरले प्रतिवादी कौमती वस्नेतवाट अचल सम्पत्ति खरिद गरेको प्रमाणवाट समेत पुष्टि हुन्छ । तसर्थ यि वादी प्रतिवादीहरु वि.सं २०१६ सालमा नै छुट्टि भिन्न भै वण्डा पत्र समेत भइसकेको मिसिल संलग्न प्रमाण कागजवाट पुष्टि भएको देखिंदा अंश लिई छुट्टि भिन्न सकेको प्रतिवादीले आफ्नो हकको सम्पत्ति विक्री गरेकोमा छुट्टिको अंशियार यी वादीहरुले लेनदेन व्यवहारको १० नं वमोजिम सो संपत्ति फिर्ता गराई लिन नपाउने हुँदा लिखत वदर गर्ने ठहरयाएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला उल्टी हुने ठहरयाएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र. नं १२) पुनरावेदक वादी तर्फवाट विद्वान अधिवक्ता श्री केदार गौतम पंत्यर्थी प्रतिवादी : x अवलम्वित नजिर : x फैसला न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।३।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिप्पणी एवं ठहर यस प्रकार छ । २. विपक्षी कौमती वसनेत समेत हामी एका सगोलमा ४ अंशियार हो । हामीहरु वीचमा वण्डा नभएको हाम्रो समेत अंश कम लाग्ने विपक्षी कौमतीका नाममा दर्ता रहेको दाङ तुलसीपुर न.पा. वडा नं ७(क) कि.नं ८३४ को ज.वि. ०–१७–९ मध्ये मध्ये दक्षिण तर्फ ०–१–० जग्गा हामीलाई थाहा जानकारी नदिई विपक्षी कौमतीले दुर्गा कुमारी वस्नेतलाई २०४९।११।२२ गते पारित गरी दिएकोले सो राजिनामाको ४ खण्डको ३ खण्ड ०–०–१५ उत्तर तर्फवाट लिखत वदर गरी हाम्रा नाउँमा दर्ता समेत गरी पाउँ भन्ने व्यहोराको फिराद पत्र । ३. यी वादी र दाता कोमती २०१६ सालमा नै अलग भै आ. आफ्नो जग्गा २०२८ सालको सर्भे नापीमा आ.आफ्ना नाउमा दर्ता गरी भोग चलन विक्रि व्यवहार गरी घरधुरी अलग अलग पारी वसिआएका छन । विवादित जग्गामा वादीहरुको अंश हक नलाग्ने हुँदा लिखत वदर हुनु पर्ने होइन भन्ने समेत व्यहोरा प्र.दुर्गा कुमारी वस्नेतको प्रतिउत्तर पत्र । ४. प्र. कौमती वस्नेतले प्रतिउत्तर नफिराई म्याद गुजारी वसेकी । ५. विवादित जग्गामा वादीहरुको हक लाग्दछ भन्ने व्यहोराको वादीका साक्षी देवीराम १. गोपाल वली १ समेतको वकपत्र र वादी प्रतिवादी छुट्टि भिन्न भैसकेकोले सो जग्गामा वादीहरुको अंशहक लाग्दैन भन्ने व्यहोराको प्र.का साक्षी डिल्ली विक्रम