निर्णय नं. ६७७५ - वन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७५ - वन्दीप्रत्यक्षीकरण भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/१० २६०४ निर्णय नं ६७७५ ने.का.प. २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्कयाकयाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५६ सालको रिट नं ........३९१८ आदेश मिति : २०५६।१।१०।६ विषय : वन्दीप्रत्यक्षीकरण । निवेदक/पंत्यर्थी : कास्की जि.लुम्ले गा.वि.स घर भै काठमाडौ जिल्ला का.म्.न.पा वार्ड नं ३१ मा कानून व्यवसाय गरी वस्ने हाल केन्द्रीय कारगार शाखामा नजरवन्दमा राखिएका अधिवक्ता खिमलाल देवकोटाको हकमा लक्ष्मी शर्मा विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह मन्त्रालय समेत § निवारक नजरवन्दको आदेश दिँदा कानुनब्दारा निर्दिष्ट कार्यविधि अवलम्व भयो भएन भन्ने तर्फ सम्वन्धित मिसिलको अध्ययन गरी हेर्दा प्रमुख जिल्ला अधिकारीब्दारा जारी भएको थुनुवा पूर्जिमा नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डमा वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न सक्ने आतंक, हत्या हिंसा र विध्वंशलाई सघाउ पुरयाकउने खालका काम कुरा गर्नवाट तपाईलाई रोक्न जरुरी भएको भन्ने सम्म उल्लेख गरिएको पाइन्छ । सो पूर्जिको व्यहोरावाट निवेदक खिमलाल देवकोटाले गरेको काम कुरावाट नेपाल अधिराज्यको सर्वभौमसत्ता, अखण्डमा वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलन पर्न सक्ने उचित र पर्याप्त आधार खुल्दैन । आदेश जारी गर्नुपर्ने कारण र आधार नै नखुलाई दिएको थुनुवा पूर्जिलाई रीतपूर्वकको पूर्जि भन्ने र आदेश दिने अधिकारीवाट कानूनले तोकेको कार्यविधिको अवलम्वन भएको मान्न नमिल्ने । रिट निवेदक तर्फवाट विद्वान अधिवक्ताहरु : श्री हरिहर दाहाल श्री शम्भु थापा, श्री अग्नी खरेल, श्री मुक्ति प्रधान र श्री एकराज भण्डारी विपक्षी तर्फवाट : विद्वान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी. अवलम्वित नजिरः ने.का.प.२०५५, नि.नं ६५३०, पृष्ठ १९५ फैसला न्या.केदारनाथ आचार्य : नेपाल अधिराज्यको संविधान,२०४७ को धारा २३ तथा धारा ८८(२) अनुसार दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार २. कानून व्यवसायीका रुपमा रहनुभएका मेरा पति खिमलाल देवकोटा सर्वोच्च अदालत, वार एशोसियसनका सदस्य नेपाल वार एशेसिएसन मानव अधिकार तथा जन सरोकार समितिका कार्यकारी सदस्य तथा जन सरोकार समितिका कार्यकारी सदस्य तथा जन अधिकार सरोकार अभियानका सचिव समेत हुनुहुन्छ । वागवजार स्थित आफ्नो ल फर्ममा कानून व्यवसायसंग सम्वन्धित काम गरिरहेको अवस्थामा मिति २०५६।१।२ गते विहान ९.३० वजे तिर केही वढी धारी र केही सादा पोशाकमा आएका प्रहरीहरुको एक हुल कार्यालय भित्र अनधिकृत रुपले प्रवेश गरी अभद्र व्यवहारका साथै वोल्न समेत नदिई मेरा पति खिमलाल देवकोटाकलाई पक्राउ गरी लगियो । तत्काल जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा गै सोधपुछ गर्दा निजलाई गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयको आदेशले पक्राउ गरिएको हो, हाल भेट्न मिलदैन भेट्न जाने भए सेन्ट्रल जेलमा जानुस् प्रमुख जिल्ला अधिकारीको आदेशले नजरवन्दमा राख्नका लागि तुरुन्त पठाउदै छौ भनी भनेवाट कारागार शाखामा भेट गर्न जांदा भेट गर्न मिल्दैन भनी भेटघाट गर्न जांदा भेट गर्न मिलदैन भनी भेटघाट गर्न दिइएन । निजवाट त्यस्तो पक्राउ गर्नुपर्ने र नजरवन्दमा राखिनु पर्ने कुनै पनि कार्य भए गरेको छैन निजलाई कुनै पनि पूर्जि दिइएको पनि मलाई जानकारी छैन निजवाट सार्वजनिक सुरक्षा ऐन, २०४६ अन्तर्गत नजरवन्दमा रहनु पर्ने कुनै पनि कार्यभए गरेको छैन र त्यसको पूर्वावस्था सम