निर्णय नं. ६७७६ - सामान जफत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७६ - सामान जफत भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०१/१६ २९७९ निर्णय नं ६७७६ ने.का.प २०५६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधशि श्री गोपालप्रसाद खत्री संम्वत २०५४ सालको दे.पु.नं ... ४१३३ फैसला मिति : २०५६।१।१६।५ मुद्दा : सामान जफत । पुनरावेदक : अर्थ मन्त्रालय भंसार विभाग, विराटनगर भंसार कार्यालय रानी । विरुद्ध पिपक्षी : विजय अरुण ट्रेडिङ प्रा.लि. काठमाडौका अधिकार प्राप्त स.चालक जि. रौतहठ गौर न.पा. वडा नं १ वस्ने अरुण कुमार खण्डेवाल । § प्रत्यर्थी कम्पनीले लिलाम स्थगित गर्न माग सम्म गरी दिएको निवेदनमा मागै नगरेको विषयमा प्रवेश गरी पुनरावेदन तहवाट निर्णय हुने विषयमा समेत परोक्षरुपमा असर पर्ने गरी सामान उठाई लग्ने भन्ने समेतको निर्णय आदेश भएको देखियो । मुद्दा माफिको रोहमा भएको कारवाही वेरीतको सम्वन्धमा परेको उजूरी वा अन्य श्रोतवाट थाहा हुन आएको विषयमा त्यस्तो कारवाही रीत वेरीत के छ पुनरावेदन तहवाट जा.ची वुझी कानून वमोजिम गर्ने गराउने अ.वं १७ नं को व्यवस्था हो । जुन मुद्दामा भएको आदेश वेरीतको छ भनि पक्षको निवेदन परेको हो सो संग सम्वन्धित मुद्दा निर्णय भई त्यस उपर पुनरावेदन परी सकेपछि मुद्दाको रोहवाट शुरुको निर्णय ठीकवेठीक वोल्नु पर्नेमा निर्णय हुन अघि भएका आदेशको औचित्य सान्दर्भिक रहने देखिदैन । यसै सन्दर्भमा पुनरावेदन तहमा आफू समक्ष परेको पुनरावेदनमा पुनरावेदनको रोहवाट निर्णय गर्नुपर्नेमा सो नगरी एक विषयको माग गरी परेको अ.व. १७ नं वोजिमको निवेदनमा मागै नभएको विषयमा समेत प्रवेश गरी भएको आदेशलाई नै भर गरी पुनरावेदकको पुनरावेदन जिकिर पुगी सकेको ठहर गरी पुनरावेदन खारेज गर्ने गरेको फैसला मिलेको नदेखिंने । (प्र.नं. १०) पुनरावेदक तर्फवाट : विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्र कुमार पाठक विपक्षी तर्फवाट : x अवलम्वित नजिर : x फैसला न्या. गोपमालप्रसाद खत्री : राजश्व न्यायाधिकरण विराटनगरको मिति २०५२।१२।१६ को फैसला उपर विराटनगरको मिति २०५२।१२।१६ को फैसला उपर विराटनगर भन्सार कार्यालयको पुनरावेदन गर्न अनुमती पाउँ भन्ने विषयको निवेदन परी यस अदालत संयुक्त इजलासवाट राजश्व न्यायाधिकरण ऐन , २०३१ को दफा ८ को खण्ड (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. विजय अरुण ट्रेडिङ प्रा.लि. ले यस कार्यालय स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि.को गोदाममा मिति २०५२।२।९ मा ५५० थान कार्टुन कम्प्यूटर डिस्केट राखी गएको र सो पार्टीले उल्लेखित सामान ९० दिन नाघिसक्दा पनि भन्सार छुटाई नलगेको हुँदा यस कार्यालयको मिति २०५२।६।३ को निर्णय अनुसार यस कार्यालयको च.नं ७६८ मिति २०५२।६।४ को पत्रवाट सो सामान भंसार विभागको सहमतिका साथ १५ दिन भित्र छुटाई लैजान सम्वन्धित पार्टीलाई जानकारी दिंदा पनि यो पार्टीले उल्लेखित सामान छुटाई नलगेको र यस कार्यालयवाट दिएको १५ दिन म्याद समेत समाप्त भै हालसम्म सामान नछुटाएको हुँदा उल्लेखित ५५० थान कार्टुन कम्प्यूटर डिस्केट नेपाल राजपत्र खण्ड २८ को अर्थ मन्त्रालयको सूचना अनुसार सो सामान जफत गरी श्री ५ को सरकारको अधिनमा लिई भन्सार ऐन, २०१९ को दफा २२ को उपदफा (२) वमोजिम लिलाम विक्री गरी सो वाट आएको रकम सर्वसन्चित कोषमा दाखेल गर्नुपर्ने देखिएकोले सम्वन्धित कागजहरु समेत संलग्न राखी निर्णयका लागि पेश गरेको छु भनी २०५२।६।२५ मा भन्सार कार्यलय व