निर्णय नं. ४८०८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८०८ - अंश भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०८/१४ २६७० निर्णय नं.–४८०८ ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०४८ सालको दे.पु.नं. – ४२६ आदेश मिति :– २०५०/८/१४/२ पुनरावेदक/वादी: जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने ओमप्रसाद खनाल । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने भवानीशंकर खनाल समेत । मुद्दा :– अंश । (१) तीन अंशियारका नाउँमा पुर्खौली जग्गा दर्ता भएको तीनै जनाले अन्य व्यक्तिबाट जग्गा खरिद गरी केही बढाएको कुरा फिराद लेखबाट समेत देखिन आएको छ । यसरी अंशियार आपसमा र अन्य व्यक्तिसँग खरिद विक्री आदि व्यवहारगरेको समेत देखिन आएको, वादीको मेरो अंश भाग घटी भयो दामासाहीले पाउनुपर्ने पाइन भन्ने दावी नभई वण्डा नै भएको छैन भनी २०१५ साल २०२४ सालमा मानो छुटिएको भनी अलग अलग मिति देखाई २०४६ सालमा मात्र फिराद परेको देखिँदा समेत मानो मात्र छुटिएको नभई व्यवहारबाट पुर्खौली सम्पत्ति वण्डा लिई छुटिएको देखिन आउने हुँदा पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र. नं. १२) पुनरावेदकका तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या लक्ष्मण प्रसाद अर्याल १. न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार पुनरावेदन अदालत वीरेन्द्र नगर सुर्खेतको मिति २०४८/१०/२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. बाबु शशीलालका ५ भाई छोरामा जेठा दुर्गा प्रसाद बाबुकै पालामा छुट्टी भिन्न भएको साहिला विवाह नहुँदै परलोक हुनु भएको, माइला अन्यायी भवानी शंकर, काइला टिकाराम र म फिरादी ओम प्रकाश ३ अंशियार सगोलमा बसी आएका थियौं । २०१२ सालमा माइला भवानी शंकरका नाममा वाणासुर भन्ने मुखियाबाट खरिद भएको ५ विगाहा जग्गा २०१४ सालको नापीमा उहाँकै नाममा दर्ता र २०२९ सालमा टिकारामको श्रीमतीका नाममा दर्ता हनु आएको तथा रक्सीभट्टी सु.वि.न.न.पा. वडा नं. ४ को जग्गा भवानीशंकरका नामबाट विक्री गरी टिकारामका नाउँमा २०२३ सालमा लालमतिबाट खरिद गरेको २ विगाहा टिकारामका नाममा रहेको हुँदा सम्पूर्ण सम्पत्ति अन्यायीहरु जिम्मा नै छ । २०१५ सालमा माइला भवानी शंकर, २०२४ सालमा टिकाराम र म फिरादी मानो छुट्टि बसी आ–आफ्नो खति उपति गरी आएकोमा आफूले पाउने अंश भाग दाज्यूसँग माग गर्दा दिन्छौं दिन्छौं भन्दै आलटाल गरी आएको हुँदा मु. ऐन अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम विपक्षीहरुबाट फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी ओमप्रकाशको फिराद दावी । ३. फिरादीले उल्लेख गरेको नाता सम्बन्धी कुरालाई मात्र समर्थन गरी वादीको सम्पूर्ण दावी झुठ्ठा हो, विपक्षीको र मेरो वीचमा अंशवण्डा गर्नु पर्ने पैतृक सम्पत्ति चल अचल कुनै पनि बाँकी छैन, २००० सालमा बाबु शशीलाल कालगतिले परलोक हुनु भएपछि म भवानीशंकर २०१५ सालमा विपक्षीसँग छुट्टी भिन्न भई चल अचल सम्पत्ति वण्डा गरी खति उपति गरी बसेका हौं म सँग विपक्षीको अंश भाग बाँकी छैन । विपक्षीको झुठ्ठा दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भवानी शंकर खनालको प्रतिउत्तर पत्र । ४. हाम्रो बाबु शशीलाल २००० सालको आश्विन महिनामा परलोक हुनु भएको हो । हामी ३ भाई १४ सालसम्म एका सगोलमा थियौं, पैतृक सम्पत्ति भवानी शंकर जिम्मा थियो । म टिकाराम २००८ सालदेखि अहिलेसम्म नोकरीमा बहाल रहेको, चल अचल सम्पत्ति केही वण्डा नगरी भवानी