निर्णय नं. ५०१२ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०१२ - अंश चलन । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/१०/०४ ३०५१ निर्णय नं.५०१२ ने.का.प २०५१ अङ्क ११ सयुंक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ सम्वत २०४८ सालको दे.पु.नं. ३५३,३५९,३९९ फैसला मितिः-२०५१।१०।४।४ मुद्दाः अंश चलन । निवेदकः काठमाडौं जिल्ला का.न.पा.वडा नं.१ नक्साल नारायण चौर बस्ने शिन बहादुर अधिकारी। विरुद्ध विपक्षीः ऐ.ऐ बस्ने उषा अधिकारी । ऐ.ऐ बस्ने सुरज अधिकारी । रामनाथको मुद्दा सकार गर्ने ऐ.ऐ बस्ने उषा अधिकारी । ऐ.ऐ बस्ने सुरज अधिकारी । विरुद्ध विपक्षीः ऐ.ऐ बस्ने शंकर अधिकारी । ऐ.ऐ बस्ने शिव प्रसाद अधिकारी । ऐ.ऐ बस्ने ध्रुव प्रसाद अधिकारी । ऐ. घर भई हाल का.जि.का.न.पा.वडा नं. १० बानेश्वर बस्ने भरत प्रसाद अधिकारी । पुनरावेदक वादीः शंकर अधिकारीको मु.स. गर्ने का.न.प.वडा नं. १ नक्साल नारायण चौर बस्ने अञ्जु अधिकारी । विरुद्ध विपक्षी,वादीः- रामनाथको मु.स. गर्ने ऐ.ऐ बस्ने उषा अधिकारी । ऐजनको मु.स. गर्ने ऐ.ऐ बस्ने सुजरज अधिकारी । अंशबण्डा गर्ने निर्णय गर्नु पूर्व मानो छुट्टिएको मिति कायम गरी पक्ष विपक्षीबाट तायदाती लिने सुनाउने प्रकृया पुरा गर्नु अंशवण्डाको महलले वाध्यात्मक व्यवस्था गरेको छ ।सो व्यस्था बमोजिम मानो छुट्टिएको मिति कायाम नगरी अंशबण्डाको २०।२१,२२,२३ नं. को प्रकृया अपनाउनु भनी पुनरावेदन अदालक पाटनबाट भएको निर्णय मिलेको नदेखिने । (प्र.नं.१३) जिल्ला अदालतले अशंबण्डा गरी पाउं भन्ने वादी दावी नपुग्ने भन्ने ठहर गरे उपर पुनरावेदन तहबाट हेर्दा बण्डा गर्नुपर्ने अवस्था देखिएमा सोही अदालातले मानो छुट्टिएको मिति काय गरी तायदाती मागी बण्डा गरी दिने फैसला गरिदिनु कानूनसंगत हुन्छ ।आफूले गर्नुपर्ने कार्य नगरी मानो छेट्टिएको मिति समेत कायम नगरी शुरु जिल्ला अदालतमा निर्णय गर्ने पठाउने पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नहुंदा बदर हुने। (प्र.नं १३) निवेदक तर्फबाटःविद्वान अधिचक्ता श्री राम प्रसाद रेग्मी । विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल । अवलम्बित नजीरःX फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः-प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. पिता घनानाथ र माता रेणुका देवावाट ५ कोछोरा जन्म भएको जेठ म फिरादी माहिला भरत प्रसाद,साहिला शिव प्रसाद,काहिला शंकर प्रसाद र कान्छा ध्रुव अधिकारीको जाय जन्म भै माता रेणुका २०१०।१२ साल तिर पिता घनानाथ २०३३।६।२ मा परलोक भएपछि घरको मुख्य भै विपक्षी शंकर अधिकारीले व्यवहार चलाइ आएको २० वर्ष पहिले देखि नोकरी गरी विभिन्न ठांउमा जने आउने गरी आएकोमा पिताक मृत्यु पश्चात पिताको नाउंको चल अचल सम्पति विपक्षीहरुले कि कुन व्यहोराले मलाइ थाहा जानकारी नदिइ आफ्ना नाममा दाखेल खारेज छन भन्ने सुनेको थिए विपक्षी शंकर अधिकारीले केहि सम्पति हक हस्तान्तरण गरी दिएवाट दाजु भाइ बीच झगडाभे विपक्षी शिव प्रसाद अधिकारीले विपक्षी शंकर समेतक नाममा लिखित बदर मुद्दा दिनु भै पेटवोलिबाट मैले वयान गर्दा अंश भएको छैन भनी बयान गरेको र अंश बण्डा गर्नु पर्यो भनी विपक्षलाई भन्दा घरको मुख्य भै आएको शंकार अधिकारीले यो घरमा टेक्न दिन्न जानेको गर भनेको र अन्य विपक्षीले निजैलाई सहयोग गरेकोले फिराद गर्न आएको छु फिराद परेको अधिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी विपक्षीहरुबाट अंश बण्डाको २०,२१,२२,२३ नं.बमोजिम वण्डा गर्नु पर्ने सम्पतिको तायदाती फाटंवारी लिइ