निर्णय नं. ५०१३ - शर्त करार क्षतिपूर्ति ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०१३ - शर्त करार क्षतिपूर्ति । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०८/२६ २४५७ निर्णय नं.५०१३ ने.का.प. २०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५० सालको दे.पु.नं.१२०४ फैसला मितिः-२०५१।८।२६।२ मुद्दाः शर्त करार क्षतिपूर्ति । निवदकः-मोरङ जिल्ला विराटनगर न.पं.अन्तर्गत वडा.नं.२२ मा अवस्थित श्री रघुपति जुट मिल्स लिमिटेडको हकमा यो कम्पनी महाप्रबन्धक ऐ.ऐ वडा नं.२२ बस्ने ध्रुवबीर पाण्डे । विरुद्ध विपक्षीः-ऐ.ऐ वडा नं.३ बस्ने अशोक कुमार जैन । अ.वं.७२ नं.मा भएको व्यवस्थाबाट जति कुराको इन्साफ गर्न नमिल्ने हो सो इन्साफ गर्न नमिल्ने जति कुराको मात्र वाहेक गरि वांकी कुरामा इन्साफ गर्ने पर्ने र समुच्च नै फिराद दावी खारेज गर्न नमिल्ने । (प्र.न.९) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX अवलम्बित तर्फबाटःX फैसला न्या. अरविन्दनाथ आचार्यः-पुनरावेदन अदालत विराटनगरको फैसला उपर प्रतिवादीको यस अदालतमा दायर हुन आएको यो पुनरावेदन पत्र न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुंदा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः- २. विपक्षीसंग मिति १३।६।४१ इस्वी सम्वत २९।९।१९८४ मा करार संख्या ०५७ अनुसार २१ गांठ ६३०० वोरा वि.रिकल ४४-२६.१/२ दिने गरी धरौट रु १०,७१५| र करार संख्या ०५६ को ११ गांठ २०५२८ क्विन्टल सुतलि साइज ३७२ दिने गरी धरौट रु ३,५८३|९० र मिति २०४१।६।२४ इ.सं.१०।१०।१९८४ करार संख्या ०६५ को २५ गांठ १०,०० वोरा डि. डब्लु ब्लु,(४००) साइज ४४-२६.१/२ दिने गरी धरौट रु १३९३२|- र ०४१।७।१ इ.स १७।२०।१९८४ कारा संख्या ०८० को २५ गांठ १०,००० वोरा डि.डब्लु ग्रिन (४००) साइज ४२ X २९ दिनु धरौटरु.१२९५७|- र करार संख्या ०८१ को ५ गांठ ७।९।३३१ क्विन्टल सुतली (१८६६२१) साइज ३ x७२ दिने गरी धरौट रु.१६२९|- समेत लिइ उक्त उत्पादित जुट माल नोभेम्बर ८४ मा मैले डेलिभरी पाउने गरी शर्त करार हाम्रो वीच भएको थियो । करार संख्या ०५६ को सुतली ११ गांठ रु.३५८३।९० र करार संख्या ८१ को माल सुतली ५ गांठ रु. १६२९|- समेतको धरौट भएको करारवाला माल नगदी मोल तिरि उठाइ लगेको त्यसमा हिसाब गर्दा रु. ५२१२|९० धरौट ४५०७८।३६ छ । माल नपाए पछि करार रद्द गरी धरौट फिर्ता दिनुस भन्दा सुनवाइ भएन । २०४१।१२।९ र ०४२।२।१६ र ०४२।७।२ र ०४३।७।२५ मा निवेदन मसमेत दिएकोमा मान दिन नसक्दा बढेको मालको डिफरेन्स सहित धरौट फिर्ता पाउनुको सट्टा २०४५।१।१५ मा तयारी मालको धेरै लामो समयसम्म नउटाएको हुंदा करार रद्द गरि धरौट जफत गरिएको विपक्षीको एक तर्फी निर्णयको सूचना दिएकोले बढेको रेटको क्षेतीपूर्ती तथा धरौट रहेको मैले पाउने रु.४५०७८।३६ दिलाइ भराइ पाउं भन्ने फिराद । ३. विभिन्न मितिमा गरिएको ६ वटा वेग्ला वेग्लै लिखतहरुको आधारमा विपक्षीले एउटा फिरादै दर्ता गराउनु भएको अ.वं. ७२ नं.को कानूनी प्रावधानको विपरित हुंदा र १९८४ नोभेम्बर भन्नाले करारको समाप्ती २०४१।८।१५ मात्र उठाइ सक्नु पर्ने १५ दिन अगावै चलानी अडर दिन पर्ने सो नगारेको करारको आधारमा विपक्षलाइ फेरादगर्न हकदैया नभएकोले अ.वं. ८२ नं.ले र करार ऐनको दफा१८(२) (ग) ३ महिना मात्र होइन लेनदेन व्यवहारको ४० नं.२ वर्ष भित्र फिराद गर्न नसक्नु भएबाट खारेज हुने माल नउठाए वा उठाउन नचाहे पछि मालको पुरा मोल ७ दिन भित्र बुझाउनु पर्ने ।आठौं दिनदेखि दर अनुसार व्याज विमा खर्च कम्पनिलाई बुझाउनु पर्ने