निर्णय नं. ५०१४ - बाली विगो ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०१४ - बाली विगो । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०७/१४ २९०७ निर्णय नं. ५०१४ ने.का.प २०५१ अङ्क ११ संयुक्त इजलास माननिय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५० सालको दे.पु.नं.१२४७ फैसला मितिः- २०५१।७।१४।२ मुद्दाः- बाली विगो । निवेदकः-जिल्ला सप्तरी गाउं विकास समितिको इलाडी वडा नं. ३ बस्ने पवन कुमार सिंह राजपुत। विरुद्ध विपक्षी वादीः ऐ.ऐ बस्ने राजकुनार सिंह राजपुत । अंश मुद्दामा फिराद परेपछि वादी प्रतिवादीको माननो छुट्टिएको नै मान्नु पर्ने देखिन आउने । (प्र.नं. १३) जग्गा मिच्नेको १८ नं.मा वालीको कुरामा ३ वर्षभित्र नालेश गर्ने व्यवस्था भएको देखिएको वादी दावी बमोजिम ३ वर्ष भन्दा बढिको वाली भराइ दिन नमल्ने । (प्र.नं. १३) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX अवलम्बित नजिरःX आदेश न्या.कृष्ण कुमार बर्माः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग) बमोजिम पुनरावेदन अदालत,सप्तरी राजविराज फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यवहार यस प्रकार छः २. प्रतिवादीहरु भाइ नाताका हुन मैले स्वर्गीय बाबु जितेन्द्र नारायण सिंह समेत उपर २०३५ सालमा अंश मुद्दा दिई मिति २०४२।७।१९ गतेमा अंशमुद्दा अन्तिम फैसला भएकोमा म वादीको अंश फांटको जग्गाजमीनको आयस्ता तथा इज्जत आमद अनुसार खान लाउन समेत नदिएको हंदा २०३५ सालदेखि २०४१ सालसम्म वर्ष ७ को जिम्मा जग्गा ९-५-६ मध्ये मेरो अंश भागको जग्गाको धान मन ३५१-२-० मध्ये धान मन ११-२६-१० कटाइ वांकी धान मन ३३९-५-६ को प्रतिमन रु.१००|- ले हुने मोल रू ३३,९१३।४३ र कोर्टफि समेत दिलाई भारइ पांउ भन्ने वादीको मिति २०४३।७।१८ गतेको फिराद पत्र । ३. वादीले दावी गर्नु भएको दर्ले जग्गामा उब्जा पनि हुदैंन वादीले जग्गाको वाली खान नपाएको भए मुलुकी ऐन अंशवाण्डाको ३१ नं.बमोजिम जग्गाको आयस्ता वाली रोक्का गराउनु पर्नेमा आयस्ता वाली रोक्का समेत नगराउनु भएकोबाट समेत पनि वादीले अंश मुद्दा परेपनि बाली खाइपाइ आउनु भएको छ । वादी स्वयमले फिरादमा २०४० सालको वाली खाइको भनी लेखाएकोबाट पनि अघि पछिको वाली खाएको छ भन्ने प्रष्ट छ,भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तर पत्र । ४. आदेश अनुसार वादीका साक्षी भोला,यादव,रामजी ठाकुर,वौदालाल मण्डल र प्रतिवादीका साक्षी विन्देश्वर यादवले वकेको वकपत्र मिसिल सामेल रहेको । ५. उब्जनी सम्बन्धमा आदेश अनुसार जग्गा रहेको पंचायत दिधवामा मिति २०४५।६।४ मा रुपनगरमा मिति २०४६।३।३।२ फुपिप्रामा मिति २०४६।३।२२ र मध्ये पूरामा मिति २०४६।४।१४ मा भई आएको सर्जमिन मुचुल्का मिसिल सामेल रेहको । ६. यस्मा वादीले ०३७,०३८,०३९ र ०४१ सालको सम्मको मात्र बाली त्यो पनि मोहिवाला कित्ताहरुमा मोहीको हुने कुतवालीको विगोबाट र अरुमा धनी वोटि समेत सारी पाउने जसमा ०३९ र ०४१ सालको वाली चांहि वादीले दर्ता गराई लिएकै कित्ताको नै हिसाबबाट र ०३७।०३८ सालको वालीको हकमा भने उपरोक्त अंश मुद्दाको मिसिलबाट वादी प्रतिवादीहरुको वावे जितेन्द्र नारायणको मृत्यु मिति २०३८।८।४ मा भएको देखिंदा उक्त मुद्दाको तायदातीमा उल्लेख भएको कित्ता क्षेत्रफलको हिसाब ४ को भाग १ भाग सम्मको वाली वादीले प्रतिवादीहरुबाट भरी पाउने ठहर्छ भन्ने समेत सप्तरी जि.अं.को मिति २०४६।८।२५ गतेको फैसला । ७. वादीले अंशवण्डा महलको ३१ नं.को कानूनी बाटो अनुशरण नगरेकोबाट नै जग्गाको वाली स्वयम् वादीले खाइरहेको निजले नै भोग गरिरहेको तसर्थ तर्क संगत