निर्णय नं. ५०१५ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०१५ - उत्प्रेषण । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०८/१९ २९६९ निर्णय नं. ५०१५ ने.का.प २०५१ अङ्क ११ सयुंक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत २०४९ सालको रिट नं.२६४८ आदेश मितिः-२०५१।८।१९।२ विषयः- उत्प्रेषण । निवेदकः काठमाडौं जिल्ला का.न.पा. वार्ड नं.२५ इन्द्रचोक घर भई हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बस्ने निराकार थापा । विरुद्ध विपक्षीः काठमाडौं जिल्ला अदालत । ललितपुर जिल्ला अदालत । जिल्ला प्रशासन कार्यालय कारागार शाखा,काठमाडौं । रिट निवेदक काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम थुनामा रहिरहेको अवस्थामा ललितपुर जिल्ला अदालतको फैसलाले १० औं र ११ औं पटक सम्म चोरी गरेको देखिन्छ ।एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नुपरेमा जुन कलममा कैदको सबैभन्दा ठूलो हद छ सो हद ननाध्ने गरी र धेरै कलमको कैद हद वरावर हुन आएमा सो मधये एक कलमको कैद ठेक्नु पर्छ भन्ने समेत दण्ड सजायको ४१ नं. को कानूनी व्यवस्था अनुसार निवेदकलाई विपक्षी दुबै अदालत समेतको फैसलाको सबै कलममा भएको कैदको सजाय मध्ये ६ वर्ष मात्र कैद ठेक्नु पर्ने भएकोले कैदको हकमा ६ वर्ष भन्दा बढि कैद ठेक्नु पर्ने स्थिति देखिएन ।जरिवानाको नजोडी ठूलो जरिवानामात्र गर्नु पर्छ भन्ने निवेदकको दावी भएकोमा दण्ड सजाय ४१ नं. ले कैद ठेक्नु पर्ने सम्बन्धमा मात्र धेरै कलमको कैद मध्ये ठूलो कलमको मात्र कैद ठेक्नु पर्ने भन्ने उल्लेख गरेबाट जरिवाना गर्नुपर्छ भन्ने कानूनमा व्यवस्था भएको नदेखिंदा ठूलो कलमको मात्र जरिवाना गर्नुपर्ने भन्न मिलेन । जरिवानाको हकमा सबै कलमको जरिवाना गर्नु पर्ने । (प्र.नं.७) निवेदकलाई काठमाडौं र ललितपुर दुवै जिल्ला अदालतको फैसलाले चोरी गरेको ठहर गरी सजाय गरेको देखिन्छ । चोरीको २७ नं. ले विगो,जरिवाना,कैद वा तिनै थोकमा समेतमा गर्दा पनि चोरीमा ८ वर्ष भन्दा वढि कैद गर्नु हुदैंन भन्ने कानूनी व्यवस्था गरेको हुंदा जरिवाना नतिरी जरिवाना समेतमा कैद गर्नु पर्दा चोरीको २७ नं. को व्यवस्थाले कैदको सजाय समेत जोडी ८ वर्षको हद भन्दा वढि कैद गर्नु पर्ने स्थिति देखिएन । तसर्थ दण्ड सजायको ४१ नं. र चोरीको २७ नं.लाई ध्यानमा राखी कैद ठेक्नुपर्ने भएकोले कैदको हकमा सबैभन्दा ठूलो कलमको मात्र र जरिवानाको हकमा सबै कलमको जरिवाना मिलाई जरिवाना नतिरेमा सो वापत समेत कैद गर्दा चोरीको २७ नं. को ८(आठ) वर्षको हद भन्दा वढि कैद म्याद ठेक्नु नहुने । (प्र.नं.८) निवेदक तर्पबाटःX विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीरः X आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तावः नेपाल अधिराज्य संविधान,२०४७ को धारा ८८ (२) अन्तर्गत रिट निवेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य एंव ठहर यस प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक भएको चोरी मुद्दामा पहाला पटक देखि क्रमशः ९ पटक सम्म कसुर गरेको ठहर गरी सबै कलममा हुने कैद र सबै कमको जरिवाना एकमुस्ट पारी जरिवाना रु २५,२८०|- सो सबै कलम उल्लेख गरी त्यस मध्ये ठूलो कलमको मात्र सजाय लाग्ने भन्ने व्यहोरा उल्लेख गरी ६ वर्ष कैद र सबै कलमको जिरवाना उल्लेख गरी एकमुष्ठ जरिवाना रु २५,२८०।– हुने र सो जरिवाना नतिरे वापत हुने कैद १ वर्ष ३ महिना समेत जम्मा कैद ७ वर्ष ३ महिना कैद ठेकाएको छ ।विपक्षी ललितपुर जिल्ला अदालतले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक