निर्णय नं. ५०१६ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०१६ - उत्प्रेषण । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/११/२६ ३४८८ निर्णय नं. ५०१६ ने.का.प २०५१ अङ्क ११ एक न्यायाधीशको इजलास माननीय श्री हरगोविन्द सिंह प्रधान सम्वत २०५१ सालको रिट नं.२८०१ आदेश मितिः- २०५१।११।२६।६ विषयः- उत्प्रेषण । निवेदकः सुर्खेत जिल्ला मढी गांउ विकास समिति वडा नं. ५ घर भई हाल शाही नेपाली सेना दुर्गाभजन गुल्म,दाङ घोराहीमा कार्यरत हरिलकाल तारामो महर । विरुद्ध प्रत्यर्थीः श्री पुनरावेदन अदालत,सुर्खेत वीरेन्द्रनगर । श्री सुर्खेत जिल्ला अदालत, वीरेन्द्रनगर सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.२ बस्ने रण बहादुर थारुको पत्नी ऐ.ऐ बस्ने अं. वर्ष २३ को रत्न कुमारी सारुमगर । म्याद जारी गर्ने कानूनी प्रकृया प्रतिवादीलाई जानकारी हुनु हो र प्रतिवाद गर्नेसम्म मौका दिनु हो। (प्र.न. ७) प्रतिवादीले जानकारी पाइ प्रतिउत्तर समेत फिराइसकेको भन्ने रिट निवेदनमा उल्लेख गरेको पाइन्छ भने सो मुद्दा सुर्खेत जिल्ला अदालतमै विचाराधिन अवस्थामा रहेको देखिन्छ । जिल्ला अदालतमा विचाराधिन मुद्दाबाट नै निर्णय हुने र म्याद बुझी प्रतिवाद समेत गरेको देखिंदा विपक्षीबाट लिखित जवाफ मगाइ रहन नपर्ने । (प्र.नं.७ ) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फबाटः X अवलम्बित नजीरःX आदेश न्या.हरगोविन्द सिंह प्रधानः नेपाल अधिराज्य संविधान,२०४७ को धारा ८८ (२) बमोजिम दायर हुन आएको निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेको छः २. शाहि नेपाली सेना दुर्गा भंजन गुल्म दाङ घोराही कार्यरत मेरी पत्नी विपक्षी रत्न कुमारी सुर्खेत विरेन्द्रनगर नगरपालिका वार्ड नं.२ बस्ने रण बहादुर सारुसंग गरगहना समेत पोईल गएकोले रणबाहदुर सारु एवं निजको पत्नी रत्ना कुमारी उपर सुर्खेत जिल्ला अदालतमा मिति २०५०।११।१ गतेमा जारी र धनमाल विषयक छुट्टाछुट्टै फिराद दायर गरेको थिए । उक्त जिल्ला अदालतबाट विपक्षीको नाममा जारी भएको समाव्हान तथा ईतलायनामा मुलुकी ऐन अ.व. ११० नं.बमोजिम मिति २०५०।११।७ गतेमा तामेल भएकोमा उक्त मितिमा तामेल भएको म्याद रित पूर्णरुपले नपुगेको हंदा वेरितको तामेली म्याद वदर गरी पुनः म्याद जारी गरिपाउं भनी मिति २०५१।१।११ गतेमा प्रत्यर्थी रत्ना कुमारीले सुर्खेत जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतबाट पुनःम्याद जारी गरिदिनु भनी मिति २०५१।१।१६ गतेमा आदेश भएको रहेछ। उक्त जिल्ला अदालतबाट भएको आदेश वेरितको हुंदा समपूर्ण काम कारबाहीहरु वदर गरिपाउं भनी अ.वं.१७ नं. अनुसार पुनरावेदन अदालत,सुर्खेतमा मिति २०५०।८।२९ गतेमा निवेदन दिएकोमा विपक्षी रत्ना कुमारीको प्रतिउत्तर परिसकेको हुंदा हाल केहि गरिरहन परेन कानून बमोजिम गर्नु भनी मिति २०५१।९।१५ गतेमा आदेश भएको रहेछ । ३. पुनरावेदन अदालत,सुर्खेतबाट मिति २०५१।९।।१५ गते तथा सुर्खेत जिल्ला अदालतबाट मिति २०५१।१।१६ गतेमा भएका आदेशहरुबाट मेरो कानूनी हकमा प्रत्यर्थीहरुको काम कारबाही कानून नजीर एवं कानूनी सिद्धान्तहरुको प्रतिकूल रहेको छ । सुर्खेत जिल्ला अदालतबाट मिति २०५०।११।७ गतेमा तामेली गरिएका म्यादहरु रितपुर्वककै रहे भएको भन्ने सुर्खेत जिल्ला अदालतले आफ्नो आदेशमा स्पष्ट किटान गरेको देखिंदा यसरी एकपटक तामेली गरिएका म्यादहरु कानूनसम्मत रही वदर नभएको अवस्थामा पुनः म्याद जारी गर्न सक्ने कानूनी प्रावधानका अभावमा प्रत्यर्थी अदालतबाट भए गरेका आदेश तथा काम कारबाहीहरु मुलुकी ऐन अ.वं.११० नं कप प्रत्यक्ष त्रुटिपूर्ण रहेको छ । ४. एक