निर्णय नं. ७७२८ - जबर्जस्तीकरणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७२८ - जबर्जस्तीकरणी । भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०४/२१ ३३४० निर्णय न. ७७२८ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय प्रधानन्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी २०५९ सालको फौ.पु.नं. ............. ३२४० फैसला मितिः २०६३।४।२१।१ मुद्दाः– जबर्जस्तीकरणी । पुनरावेदक/प्रतिवादीः जि.सुनसरी ईटहरी न.पा.वडा नं.९ बस्ने विश्वकुमार दास विरुद्ध प्रत्यर्थी/वादीः बलराम गिरीको जाहेरीले नेपाल सरकार § एक अबोध नाबालिकालाई ललाईफकाई आफ्नो सुरक्षित स्थानमा लगी जवर्जस्ती करणी जस्तो जधन्य अपराधिक कार्य गरेको स्थितिमा पीडितले तत्काल प्रतिकार गर्न सक्ने अवस्था नहुने । § मौकाको शारीरिक परिक्षणबाट पीडितको हाईमन हल्का च्यातिएको (torn) भन्ने उल्लेख भएको स्थिति हुँदा योनीमा लिङ्ग प्रवेश गर्दा हाईमन पूर्णरुपमा फाटेकै हुनुपर्ने भन्ने तर्क गर्नु मनासीव र स्वास्थ्य विधिशास्त्र अनुकूल नहुने । § जवर्जस्तीकरणी हुनलाई बीर्य योनीभित्र स्खलन भएकै वा योनी बाहिर देखिएकै हुनुपर्ने अनिवार्यता नरहँदा प्रतिवादीले लिएको जिकिर तथ्यसंगत तथा कानूनसंगत नदेखिने । § प्रतिवादीले अभियोग माग दावीबमोजिम नावालिकालाई मुलुकी ऐन जवर्जस्तीकरणीको १ नं. बमोजिम जवर्जस्तीकरणीको अपराध गरेकै देखिँदा ऐ.को ३ नं. बमोजिम सजाय गरी ऐ १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई भराई दिने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने । (प्रकरण नं.२९) प्रत्यर्थी वादीका तर्फबाटः पुनरावेदक प्रतिवादीका तर्फबाटः अवलम्बित नजीरः फैसला प्र.न्या.दिलीपकुमार पौडेलः शुरु मोरङ्ग जिल्ला अदालतको फैसला केहि उल्टी हुने ठहर्याई पुनरावेदन अदालत विराटनगरबाट २०५९।५।२३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मिति २०५८।३।२१ गते ९ बजेको समयमा हाम्रो घरमा खाना खाने बेला भएको हुँदा छोरी वर्ष १३ की मुन्नाकुमारी गिरी घरमा नदेखि कता गईन् भनी खोज तलास गर्दै मेरो सहयोगी समेत लिई खोजतलास गर्दा छरछिमेकीलाई सोधपुछ गर्दा विश्वकुमार दासले साइकलमा राखी लिई गएको छ भन्ने कुरा थाहा पाई विश्वकुमार दासको टि.भी.तथा रेडियो बनाउने ठाउंको ढोका लगाएको देखि बाहिरबाट ढोका खोली हेर्दा छोरी रोइररहेको र विश्वकुमार तत्काल भागी गएको हुँदा निजलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने बलराम गिरीको २०५८।३।२२ को जाहेरी दरखास्त । ३. बालकृष्ण राईको घर उत्तर हेमराज खड्काको घर दक्षिण पूर्व राजमार्ग पश्चिम हेमराजको घर भनी ४ किल्ला भित्रमा सोनी टि.भि सेन्टर भएको सो कोठाको पश्चिम पट्टि सिमेन्ट ढलाई गरेको भुईमा धुस्सा विछ्याइएको, पीडितले देखाएको घटनास्थलमा उक्त ओछ्यानको धुस्सा माडिएको, सेतो पदार्थको दाग भएको उक्त धुस्सा समेत प्रहरीले बरामद गरी लगेको ठिक सांचो हो भन्ने घटनास्थल प्रकृति मुचुल्का । ४. पीडितको स्वाव तथा प्रतिवादीको पेनाइल ल्याव समेत परिक्षण गराउनु पर्ने समेत व्यहोराको जांच प्रतिवेदन । ५. २०५८।३।२१ गते म बसपार्क वरपर खेल्दै थिएं । प्र. विश्वकुमार दास साईकलमा आए, मैले साइकल समाएं । निजले मलाई साइकल सिकाइ दिन्छु भनी मलाई साइकलमा बसाई एउटा टि.भि रेडियो मर्मत गने दोकानमा लगी तिमी यहाँ बस भनी कोठाभित्र धुस्सा विछाई बस्न लगायो म त्यही बसे, निज विश्वकुमार दासले उक्त दोकानको ढोका सटर बन्द गरी म भएक