निर्णय नं. ७७२९ - वन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७२९ - वन्दीप्रत्यक्षीकरण भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०२/३१ २४८७ निर्णय न. ७७२९ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संबत् २०६३ सालको रिट.नं. .......६२४ आदेश मितिः २०६३।२।३१।४ विषयः वन्दीप्रत्यक्षीकरण । निवेदकः का.जि.का.म.न.पा. वडा नं. १३ बस्ने शान्ती श्रेष्ठ समेत बिरुद्ध विपक्षीः का.जि.का.म.न.पा. वडा नं. १३ कालीमाटी वस्ने मैयाँ वज्राचार्य समेत § एउटाको जग्गाबाट ढल निकास र अर्काको जग्गाबाट बाटो हिड्नु पर्ने अवस्थामा रहेका निकट छिमेकी निवेदक र विपक्षीहरु बीच सामान्य वादविवाद हुनु अस्वभाविक नदेखिएपनि १०–१० जनाको संख्यामा रहेका निवेदकहरुलाई निजहरुकै घरमा विपक्षीहरुले वन्दी बनाएको भन्ने निवेदन दावी पत्यारलायक नदेखिने । § प्रहरी समेतको सहयोगमा आफू सो घरबाट निस्की प्रस्तुत निवेदन गर्न आएको भन्ने निवेदनमानै उल्लेख गरेको देखिदा राजधानी जस्तो ठाउँमा रहेका नागरिक– नागरिक वीचको त्यस्तो सामान्य शान्ति सुरक्षाको विवादलाई प्रहरी र स्थानीय प्रशासनिक निकायबाटै निरुपण गर्न नसक्ने दण्डहिनताको अवस्थाको परिकल्पना गर्न नमिल्ने । (प्रकरण नं.११) § निवेदन लेखबाटै प्रहरीमा समेत उजुरी दिएको कुरालाई स्विकारै गरेको देखिएको र त्यही बाटो भएर प्रस्तुत रिट दिन आएको भन्ने विपक्षीहरुको कथनलाई समेत इजलास समक्ष उपस्थित भएकी निवेदकहरुको हकमा निवेदन दिने ववीता श्रेष्ठले अन्यथा भन्न सकेको नपाईदा निवेदकहरुलाई विपक्षीहरुले वन्दी बनाएको भन्न नसकिने । § रिट निवेदनमा विपक्षीहरुले वन्दी बनाएको भन्ने कुराको भरपर्दो र विश्वासनिय आधार प्रमाण उल्लेख गर्न नसकी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्न जारी गरिने विशिष्ठ प्रकृतिको वन्दीप्रत्यक्षीकरणको उपचारको हलुका ढंगबाट सहारा लिई आफूहरु विच चलेको ढल निकास सम्बन्धी देवानी मुद्दालाई प्रभावित गर्न खोजेको अवस्था देखिएकोले निवेदन मागअनुरुप सर्च वारेन्ट समेत जारी गरिरहनु नपर्ने । (प्रकरण नं.१२) § निवेदकहरुलाई निजहरुकै घरमा विपक्षीहरुले वन्दी बनाएको भन्ने अवस्था पुष्टि प्रमाणित हुन नआई अदालतमा विचाराधिन ढल निकास सम्बन्धी देवानी प्रकृतिको मुद्दालाई प्रभावित पार्ने उद्देश्यबाट निवेदन दिएको देखिदा वन्दी नै नरहेका निवेदकहरुलाई छाडि दिनु भनी निवेदन मागबमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१३) निवेदकमा तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री खेमनारायण ढुङ्गाना र विद्वान अधिवक्ता श्री शिवबहादुर भुजेल विपक्षीका तर्फबाटः विद्वान अधिवक्ता श्री हिरा रेग्मी अवलम्बित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. निज वन्दीहरु मध्ये केही मेरा आफन्त र केही घरमा भाडामा वस्ने व्यक्ति हुनुहुन्छ । विपक्षीहरुसँग ढल निकास सम्बन्धी विवादमा यसै अदालतमा मुद्दा चली विचाराधीन छ । सो कारवाही अन्तिम नहुँदै ढल निकास दिनका लागि दवाव दिदै आउनु भएको थियो । यस्तैमा मिति २०६३।२।१२ मा म निवेदीकाको घरमा प्रवेश गर्ने प्रवेशद्वारमा फलामे ग्रील लगाई दिए उपर मिति २०६३।२।१४ मा जिल्ला प्रहरी कार्यालयमा छलफल हुँदा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलागे सम्म अस्थायि रुपमा ढल बाटो प्रयोग गर्न दिने र झगडा नगर्ने सहमति भएको