निर्णय नं. ४८०९ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८०९ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०८/०१ ३०२१ निर्णय नं. ४८०९ ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा २०४८ सालको रिट नं. – १५०९ आदेश मिति :– २०५०/८/१/३ निवेदक : का.जि.का.म.न.पा. वडा नं. १९ यटखावहाल बस्ने तेरत्न सिन्दुराकार समेत । विरुद्ध विपक्षी : मालपोत कार्यालय काठमाडौं समेत । विषय :– उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ । (१) प्रस्तुत विवादको विषयवस्तु रैकर परिणत मोही वा जग्गाधनी कसको नाउँमा हुने भन्ने भएको, समितिमा पेश गर्ने निर्णयमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(७) को व्यवस्था अनुसार प्रमाण बलियो हुनेका नाउँमा अस्थायी दर्ता गर्ने भन्ने उक्त विवादित निर्णयमा उल्लेख भएको पाइयो । यस्तो विषय मालपोत ऐन, २०३४ को दफा ७(२) अन्तर्गत शुद्ध छुट दर्ताको विषय नदेखिएकोले समितिमा पेश गर्नु पर्ने विषय देखिएन । यसरी समितिले सिफारिश गर्ने विषयगत क्षेत्राधिकार भित्र नपर्ने विषयलाई समितिमा पेश गर्ने भनी गरेको निर्णय अ.वं. ३५ नं. अनुसार शुरुदेखि नै कानूनी प्रभावहीन हुँदा कानूनी मान्यता नपाउने । (प्र. नं. १०) (२) निर्णय अन्तिम नभै समितिमा पठाउनेसम्म भएको र सो सम्बन्धमा अधिकार प्राप्त अधिकारीबाट कानून बमोजिम निर्णय गर्न बाँकी नै देखिँदा कानूनी मान्यता नभएको निर्णय कारवाहीबाट निवेदकको हकमा आघात पुर्याएको भन्न हालको अवस्थामा नमिल्ने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरी रहन परेन । रिट निवेदन खारेज हुने । (प्र. नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. प्रत्यर्थी मध्येको मोही सानुभाई महर्जनले हामी निवेदक ज.ध. भएको का.जि.का.न.पा. वडा नं. २४(ख) कि.नं. १२७ को रोपनी ४–४–० जग्गा हालसम्म ज.ध.हरुले रै.प. दर्ता समेत नगरेकोले किलागल पोता नं. १०० (पासीख्वाट) १।।९ भिडाई दर्ता हुने जग्गा विर्ता उन्मूलन ऐन नियम बमोजिम रै.प. दर्ता गरिपाउँ भन्ने समेत व्यहोरा उल्लेख गरी प्रत्यर्थी मध्येका मा.पो.का. काठमाडौंमा ०४७/६/१ मा परेको निवेदन दावी बमोजिम हामी ज.ध.हरुलाई प्राप्त भएको म्यादै भित्र उक्त मोहीको दाबीलाई रद्द गरी सो जग्गा पहिलेनै दर्ता भै सकेको हुँदा हामी निवेदक ज.ध.हरुको नाममा उल्लेखित कित्ता जग्गा दर्ता गरी ज.ध.प्र.पु. पाउँ भन्ने समेत व्यहोरा उल्लेख गरी हाम्रो निवेदन परी कारवाही चलेको प्रस्तुत मुद्दामा मोठ बुझ्दा उक्त जग्गाको मोठ फेला नपरेको भन्ने मोठ फाँटको जवाफ लगत शाखा बुझ्दा का. किलागल १०० नं. पोता लगतको पासीख्वाट रोपनी १।।ऽ दोयम चिकाजी शाक्य भिक्षुक, कुलरत्न शाक्य भिक्षुक, जोगरत्न सिन्दुराकारको नाममा दर्ता छ भन्ने समेत व्यहोराको लगत शाखाको जवाफ माग भए बमोजिम मेण्टिनेन्स नापी शाखाबाट प्राप्त फिल्डबुक उतारको कैफियतमा साविक पो.नं. १०० को ०१५ सालको रसिद बमोजिम भन्सा ३९ पासीख्वाट १।।ऽ को तिरो रु. १।५६ लागेको का.माल दोश्रोको ०२०/१२/२७ को.ने.रु. ६२५/– को धरौटी रसिद बमोजिम दर्ता भएको ठीक छ भनी सहीगर्ने जोगरत्न सिन्दुराकार भन्ने समेत उल्लेख भएको । फिल्डबुक उतार पुनः प्