निर्णय नं. ७७३० - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३० - आयकर भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/१२/१४ ६३८८ निर्णय न. ७७३० ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०५८ सालको फौ.पु.नं. ....२९६६ फैसला मितिः २०६२।१२।१४।२ मुद्दा :– आयकर । पुनरावेदक / वादी अर्थ मन्त्रालय, आन्तरीक राजश्व विभाग, कर कार्यालय विराटनगर विरुद्ध प्रत्यर्थी / विपक्षी जिल्ला मोरङ्ग विराटनगर स्थित हुलास बायर इण्डष्ट्रिज प्रा.लि. संचालक महेन्द्रकुमार गोल्छा § कर अधिकृतको कर निर्धारण गर्ने कार्य न्यायिक कार्य हो । कर अधिकृत कर निर्धारणको प्रकृयामा छानविन गर्ने अधिकृत हुनका साथै कर निर्धारण गर्ने अधिकारी पनि हुँदा निजको कानूनी हैसियत आरोपी एवं निर्णयकर्ता दुवै हुने । § कर सम्वन्धी विवादमा अमुक रकम यो यस कारणले करयोग्य छैन भनी करदाताले देखाएको अवस्थामा कर लगाउन चाहने कर अधिकृत या कार्यालयले यो यस परिवन्दवाट कर लाग्ने हो भन्ने देखाउन पर्ने हुन्छ । कर लाग्ने आय हो भन्ने कुराको प्रमाण पुर्याउने भार कर कार्यालय वा कर अधिकृत उपरनै हुने । § कर सम्वन्धी विवादमा प्रमाणको भारको अत्यन्तै महत्व र आवश्यकता हुँदा करदाता उपर मात्र प्रमाण पुर्याउने भार नरहने । (प्रकरण नं.१६) § करदाताले भूलवाट पुरा कटृा हुन नसकेको भन्दै पछि कानून वमोजिमको रकम स्रोतवाट कटृी गरि वुझाएको भन्ने देखिएपछि करदाताले कानून उल्लंघन गरेको भन्न सकिने नहुदा सो रकमलाई खूदआयमा समावेश नगर्ने ठहराएको राजस्व न्यायाधिकरणको फैसला न्यायोचित देखिँदा अनुमति प्रदान भएको आदेशसँग सहमत हुन नसकिने । (प्रकरण नं.१७) पुनरावेदक वादीका तर्फबाटः विद्वान उपन्यायाधिवक्ता जनकवहादुर अधिकारी प्रत्यर्थी विपक्षीका तर्फबाटः विद्वान अधिवक्ता श्री चन्डेश्वर श्रेष्ठ अवलम्बित नजीरः × आदेश न्या. पवनकुमार ओझाः राजश्व न्यायाधिकरण विराटनगरको फैसला उपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) को आधारमा पुनरावेदनको अनुमति प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त तथ्य यस प्रकार छ :– २. हुलास वायर ई. को आ.व. ०५०।५१ को कारोवारमा भएको खूद मुनाफा उल्लेख गरी मिति २०५१।९।१ मा स्वयं कर निर्धारण विवरण पेश गरेको । ३. उक्त इण्डष्ट्रिजको आ.व. ०५०।५१ को कारोवार सम्बन्धमा वा मोहनलाल कोठारीले कर कार्यालय विराटनगरमा गरेको बयान । ४. सबूद प्रमाण पेश गर्न आयकर ऐन, २०३१ कोदफा ३३(४) बमोजिम ७ (सात) दिनको मौका दिएको कर कार्यालय विराटनगरको मिति २०५३।५।२६ को सुचना र मिति २०५३।३।३० को सो सूचनाको जवाफ । ५. हुलास दायर ई.को आ.व. २०५०।५१ का सम्पूर्ण उचित र वास्तविक खर्च समेतलाई दृष्टिगत गरी जम्मा खूद आय रु.५३,२३,४९२।४९ कायम हुने ठहर्छ भन्ने मिति २०५३।३।३१ को निर्णय पर्चा। ६. उपर्युक्त हिसाव बमोजिम कायम भएको जम्मा कर रु.१५,९७,०४७।७५ मध्ये अग्रिम दाखिला रु. २,८९,०५२।– कटाई बांकि रु.१३,०७,९९५।७५ र जरिवाना रु.१,९७,८९६।७१ समेत जम्मा रु.१५,०५,८९२।४६ ने.रा.वै. विराटनगरमा ३५ दिनभित्र दाखिला गर्नु गराउनू भन्ने मिति ०५३।३।३१ को आयकर निर्धारण आदेश । ७. कर कार्यालय विराटनगरको निर्णय पर्चा र आयकर निर्धारण आदेश त्रुटिपूर्ण हुंदा बदर गरी कानून विपरीतको कर र जरिवानाबाट मुक्त हुने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर । ८. यसमा छलफल निमित्त अ.वं. २०२ नं. बमोजिम पु.स.व.का. विराटनगरलाई पेशीको सुचना दिई झिकाई नियमानुस