निर्णय नं. ७७३१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३१ - परमादेश भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०५/१४ २६८८ निर्णय न. ७७३१ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्वत् २०६२ सालको रिट नं. –––२५८० आदेश मितिः २०६३।५।१४।४ विषय :– परमादेश । निवेदकः २१– कान्तिनगर, मेहदीपटनम, हैदारावाद, भारत घर भै हाल का.जि.का. म.न.पा.वडा नं. १४ वस्ने वर्ष ६० को गौमेश्वर शर्मा विरुद्व विपक्षीः श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § कुनै अपराध सम्वन्धमा जाहेरी दर्खास्त परी अनुसन्धानको कारवाही अगाडि वढी थप अनुसन्धानको कारवाही हुन नसकेको अवस्थामा वारदातसंग सम्वद्ध सवूद प्रमाण नष्ट हुन सक्ने र त्यसले अनुसन्धान प्रकृया समेत अवरुद्ध हुन जाने । § सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ६(२) अनुसार अनुसन्धान तहकिकातको काम कारवाही नियमानुसार अगाडि वढाउन प्रहरी कर्मचारी समेतलाई सरकारी वकिल कार्यालयले आवश्यक निर्देशन दिनुपर्ने कानूनी कर्तव्य भएकोमा सरकारी वकिलको कार्यालयवाट त्यस्तो कानूनी कर्तव्य पुरा हुन नसकेको अवस्थामा उक्त कानूनमा व्यवस्था भएको कर्तव्य पालन गराउन सरकारी वकिलको कार्यालयलाई परमादेशको आदेश जारी हुन सक्ने । § सरकारी वकिल कार्यालय समक्ष प्रारम्भिक प्रतिवेदन समेत पेश भईसकेको अवस्था हुंदा प्रस्तुत वारदातसंग सम्वन्धित थप अनुसन्धानको कारवाही अगाडि वढाउनु , घटनासग सम्वद्ध अनुसन्धान एवं अन्य काम काम कारवाही पुरा गर्न सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ६(२) को व्यवस्था वमोजिम प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भनी जिल्ला सरकारी वकिलको कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं.१०) निवेदकका तर्फबाटः विद्धान अधिवक्ता द्वय श्री सन्तोष वस्नेत र श्री त्रिलोचन गौतम विपक्षीका तर्फबाटः विद्धान उप न्यायाधीवक्ता श्री वज्रेस प्याकुरेल अवलम्बित नजीरः × आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. मिति २०६२।२।९ मा महेन्द्रनगर मेडिकल कलजेको तत्कालिन प्रवन्ध निर्देशक श्री एम सुव्वा रावको हत्या गरेको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय कन्चनपुर महेन्द्रनगरमा जिल्ला कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं. १८ जानकीटोल वस्ने अं. वर्ष ४० की नन्दादेवी जोशीले मतियारहरु सहित हत्या गरेको हो भनी प्रमाण समेतको आधार देखाई जाहेरी दर्खास्त दिएकोमा प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर कन्चनपुरले हालसम्म केही नगरी वसेको छ । सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ३ वमोजिम जाहेरी दिई सकेपछि सम्वन्धित प्रहरी कार्यालयले अनुसन्धान गरी मुद्दा दायर गर्न पर्नेमा ज्यान जस्तो संगीन र संवेदनशील विषयमा जिल्ला प्रहरी कार्यालय जस्तो कानूनी कार्यान्वयन गर्ने उत्तरदायित्व वहन गर्ने अभिभारा वोकेर वसेको निकायले मौन रहेर मुद्दा सम्वन्धित जिल्ला अदालतमा दायर गर्ने विषयमा पूर्वाग्रहयुक्त भई ज्यान मुद्दालाई उपेक्षा गर्न पाउने होईन जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर कन्चनपुरका नाममा दर्ता नं. ७७५१ अन्तर्गत मिति २०६२।२।१६ मा दर्ता भएको जाहेरी दर्खास्त अविलम्व अनुसन्धानको प्रक्रिया शुरु गरी सम्वन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न परमादेशको आदेश जारी गरिपाऊँ भन्ने समेतको निवेदन । ३. यसमा के कसो भएको हो ? न