निर्णय नं. ७७३२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७३२ - उत्प्रेषण भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०४/३० ३१५८ निर्णय न. ७७३२ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री वलराम के.सीं सम्वत २०६० सालको रिट नं. ३४२० आदेश मिति ०६३।४।३० विषयः – उत्प्रेषण, परमादेश । निवेदकः सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं ६ खर्सालटोस वस्ने मनोज कुमार देव विरुद्ध विपक्षीः गृह मन्त्रालय सिहदरवार, काठमाण्डौ समेत § प्रहरी जस्तो शान्ति सुरक्षाको कर्तव्य तोकेको फोर्समा सेवा गरेपछि विरामी भएको भए आफ्नै फोर्सको अस्पतालमा जान सकिनेमा त्यहाँ पनि नजाने र विदा अस्विकृत भयो भन्ने जानकारी पाए पछि त्यसलाई वेवास्ता गरी कार्यालयमा हाजिर हुन नजाने निवेदकको कार्यलाई क्षम्य माग्न नसकिने। § निवेदक २०५८।१०।२८ मा रमाना लिई गए पश्चात सरुवा भएको कार्यालयमा हाजिर नभएपछि निजको घर ठेगानामा पटक पटक पत्राचार गरिएको र गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत हाजिर हुन गएको वा सम्पर्क गरेको भन्ने नदेखिंदा प्रहरी नियमावली २०४९ को नियम ८९(२) वमोजिम सफाई पेश गर्ने मौका नदिएको भन्ने जिकिर सँग सहमत हुन नसकिने । (प्रकरण नं.१३) § कानूनमा तोकिएको विभागीय कारवाही गर्ने अख्तियारवालाले सजाय गर्दा सजाय गर्ने आधार अरुवाट लेखी आफुले सदर सम्म गरेको छ वा आफ्नै स्वविवेकिय आधार र कारणमा सजाय गरेको हो । त्यो महत्वपूर्ण कुरा हुने । § प्रहरी ऐन नियम वमोजिम हर हमेशा डयूटीमा रहनु पर्ने निवेदक जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्नो पदिय कर्तव्य, दायित्व र जिम्मेवारी प्रति वेवास्ता गरी आफुखुसी सरुवा भएको कार्यालयमा हाजिर हुन नगई आफ्नो कर्तव्य प्रति वेवास्ता गरेको अवस्थामा कानूनमा तोकिएको अख्तियारवालावाट विभागीय कारवाही भएको र सो निर्णय उपर पनि कानूनमा तोकिएको पुनरावेदन सुन्ने अधिकारीवाट पुनरावेदन सुनी गरेको निर्णयमा कुनै कानूनी त्रुटी नदेखिने । (प्रकरण नं. १४) निवेदकका तर्फ विद्वान वरिष्ठ अधिवक्ता श्री मोहन कृष्ण खरेल र अधिवक्ता श्री विदुर विक्रम थापा विपक्षीका तर्फबाटः विद्वान उप–न्यायाधिवक्ता श्री अमृत वहादुर वस्नेत अवलम्बित नजीरः × आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एव आदेश यस प्रकार छः– २. म निवदेक कर्तव्यनिष्ठ प्रहरी हुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यरत रहेको अवस्थामा मिति २०५८।९।१६ गते इलाका प्रहरी कार्यालय इरिवाङ्ग रोल्पामा सरुवा भएको कुरा संचार मार्फत आएकोले २०५८।१०।२८ मा रमाना पत्र वुझेको तर लिभर दुखी विसञ्चो भएकोले उपचार गरी निको हुन्छ भन्ने विचार गरी ४ दिन भैपरी आउने विदा भुक्तान गरी ऐनको म्याद भित्र हाजिर हुने कुरा रमाना पत्रमा उल्लेख गरी तयारीको लागि घरमा आएको थिए । डा.पवन कुमार कर्णलाई २०५८।११।२ मा जचाउदा हेपाटाइटिस भएकोले ६ हप्ता आराम गर्न भनी औषधी लेखाई दिनु भएकोले सो कुरा उल्लेख गरी ४५ दिनको छुट्टि पाउन २०५८।११।९ मा जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन पठाएको थिए । पुनः २०५८।१२।६ मा अचानक कलेजो दुख्न थालेकोले र आँखा पहेलो भएकोले सगरमाथा अंचल अस्पतालका डा टि.एन माण्डलसंग जचाउदा इमरजेन्सी वार्डमा भर्ना गरि अल्ट्रासाउण्ड गर्नु पर्छ भनेकाले त्यहा सो नहुने हुँदा कोशी अंचल अस्पताल गई अल्ट्रासाउण्ड गरी रिपोर्ट दिइयो । २०५८।१२।२४ मा फेरी जचाउदा औषधी वद