निर्णय नं. ७७३३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३३ - उत्प्रेषणयुक्त परमादेश भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०२/१७ ३३१६ निर्णय न. ७७३३ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०६० सालको रि.नं ३३२९ आदेश मितिः २०६३।२।१७।४ विषयः – उत्प्रेषणयुक्त परमादेश । रिट निवेदकः कास्की जिल्ला पोखरा उप महानगरपालिका वडा नं. १० बस्ने सरस्वती कार्की विरुद्ध विपक्षीः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १० स्थित इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड समेत § सुरक्षण अपर्याप्त भयो वा ऋणको किस्ता खिलाफी भयो वा ऋण चुक्ता भएन भने धनी वित्त कम्पनीले सुरक्षण राखिदिने तेश्रो व्यक्तिलाई नभई ऋणीलाई नै पक्रने हो । ऋणीले उपस्थित गराई सुरक्षणको लिखत गरिदिने तेश्रो पक्षसँग वित्त कम्पनीले सारवान सम्बन्ध राख्नु पर्ने अवस्था नरहने हुँदा त्यस्ता व्यक्तिलाई लिलामीको कारवाई वारेमा व्यक्तिगत जानकारी दिनु अनिवार्य नहुने । § तेस्रो व्यक्तिले ऋणीको लागि राखिदिएको सुरक्षणलाई ऋणीले कर्जा खिलाफी गरेको अवस्थामा लिखतको शर्त अनुसार लिलाम गर्न वित्त कम्पनीलाई लिखत र कानूनले छेकवार नलगाउने । (प्रकरण नं.१०) § करारद्वारा सृजित हक व्यक्तिहरुको आपसको सम्बन्धमा सोही लिखतले र करार सम्बन्धी ऐनले साधारण अधिकारक्षेत्र अन्तर्गत सबुत प्रमाणको आधारमा हेरिने विषय हो । कानूनले दिएको अधिकार अनुसार लिलाम गर्न पाउने वित्त कम्पनीले ऋणीले कर्जा नतिरेको कारणबाट करारका शर्त अनुसार लिलाम सकार गरेको कार्य सम्बन्धी विवादमा पक्षले साधारण अधिकारक्षेत्रको नियमित प्रकृयाबाट नै प्रभावकारी उपचार पाउन सक्ने अवस्थामा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत हेरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्री विपक्षीका तर्फबाटः विद्वान अधिवक्ता श्री स्थानेश्वर काफ्ले अवलम्बित नजीरः × आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– २. विपक्षी अनुपम फुड्स प्रा.लि. ले विपक्षी इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट रु ९०,००,०००।– कर्जा लिन चाहेकोले सो को सुरक्षण बापत मेरो नाममा दर्ता रहेको ललितपुर उप महानगरपालिका वडा नं. ४(ड) कि.नं. ४९ को ०–११–०–० जग्गा र सोमा बनेको घर समेत मैले विपक्षी मालपोत कार्यालयमा दृष्टिबन्धक पारित गरि दिएको थिएँ । त्यस वखत सो जग्गाको मोल उक्त वित्त कम्पनीबाट रु.२७,३७,४३१।– कायम गरेको थियो । २०६०।९।२७ मा उक्त घर खाली गरिदिनु भन्ने सूचना टाँस भएको देखी बुझ्दा ऋणी अनुपम फुड्स प्रा.लि.ले धनी वित्त कम्पनीको कर्जा नबुझाएको भनी लिलाम गर्दा अन्य व्यक्ति सकार गर्न नआएकोल सो सुरक्षण वित्त कम्पनी आफैले मिति २०६०।३।२० मा रु १९,४५,०००।– मा सकार गरेको र सो आधारमा विपक्षी मालपोत कार्यालयबाट सो घरजग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत लिएको रहेछ । उक्त घरजग्गा लिलामी गर्नु पूर्व म दर्तावाल व्यक्तिलाई कुनै सूचना दिएको छैन । विपक्षीले पत्र पत्रिकामा सूचना प्रकाशित भएको भन्नलाई पनि म्याद सूचना नदिई त्यसरी प्रकाशन गरेको कुराले मान्यता पाउन सक्दैन । २०५३।९।१५ मा धितो राख्दा नै सो घरजग्गाको मूल्यांकन रु. २७,३७,४३१।– कायम भएकोमा हाल सो जग्गाको प्रचलित दरभाउमा रु.६०,००,०००।– भन्दा बढ