निर्णय नं. ७७३४ - उत्प्रेषण लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३४ - उत्प्रेषण लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ । भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०५/२० २६३२ निर्णय न. ७७३४ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तपबहादुर मगर सम्बत २०६१ सालको रीट नं.३३१३ आदेश मितिः २०६३।५।२० विषयः– उत्प्रेषण लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ । निवेदकः जिल्ला काठमाडौं, धापासी गा.वि.स.वडा न.७ स्थित लुम्बिनी ओभरसिज कन्सर्न प्रा.लि. को अधिकार प्राप्त सञ्चालक एवं प्रबन्ध निर्देशक कुलबहादुर कार्की विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय, सिंहदरबार समेत § निवेदक कम्पनीले स्पष्टिकरण पेश गर्दा आफूले कोरिया पठाएको कामदारको संख्या ३८५६ जना मात्र उल्लेख गरेको तर कोरियाको Small and Medium Business (KFSB) ले Ministry of Labor and Transport Management लाई मिति ३१ मे २००४ मा लेखेको पत्रमा लुम्बिनी ओभरसिज कन्सर्नले ५५८३ जना कामदार कोरिया पठाएको भनी उल्लेख गरेको देखिएबाट निवेदकले कानून बमोजिमको सही तथ्यांक सम्बन्धित निकायमा पेश गरेको नदेखिने । § निवेदकको भनाई र बास्तविक तथ्यमा फरक देखिन आउँदा निवेदकले उल्लेख गरेको तथ्यांकलाई ग्रहण गर्न सकिने अबस्था नरहने । § प्रस्तुत निवेदनमा निवेदकले सफा,स्वच्छ हात लिई अदालतमा प्रवेश गरेको नभै तथ्यलाई गलत रुपमा प्रस्तुत गरी अदालतलाई सही र वास्तविक तथ्याङ्क एवं व्यहोरा उपलब्ध नगराई निवेदन दिएको देखिएकोले निवेदकको निवेदन माग बमोजिमको उपचार प्रदान गर्न सक्ने अबस्था नदेखिने । (प्रकरण नं.१७) § निवेदक कम्पनीले वैदेशिक रोजगार ऐन २०४२ एवं नियमावली २०५६ बमोजिम श्री ५ को सरकार,श्रम तथा यातायात व्यबस्था मन्त्रालयको स्वीकृति नलिई १७२७ जना कामदार कोरिया पठाएको, सोको कानूनबमोजिम तिर्नुपर्ने राजस्व नतिरेको भन्ने तर्फको कारवाई आदि व्यहोरा सही रुपमा प्रस्तुत नगरी स्वच्छ हृदय र सफाहात लिई अदालतसमक्ष आएको नदेखिएकोले निवेदन मागबमोजिमको अदेश जारी नहुने । (प्रकरण नं.१८) निवेदकका तर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा एवं विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीका तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री टिकाबहादुर हमाल अवलम्बित नजीरः ने.का.प.२०४२, नि.न.२३७८, पृ.५०८, ने.का.प. २०४४, नि.न.२९९१, पृ.१९० आदेश न्या.तपबहादुर मगरः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८(२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन तथ्य एवं ठहर यस प्रकार छ :– २. निवेदक लुम्बिनी ओभरसिज कन्सर्न प्रा.लि. वैदेशिक रोजगार ऐन, २०४२ बमोजिम वैदेशिक रोजगार गर्न पाउने इजाजत प्राप्त कम्पनी हो । २०५० सालदेखि हाल सम्म यस कम्पनीले ३८५६ जना नेपालीहरुलाई प्रशिक्षार्थी कामदारको रुपमा कोरिया पठाइसकेको छ । विपक्षी विभागबाट प्राप्त कोरियामा ४८० कामदार पठाउने मिति २०६१।३।३१ को पूर्व स्वीकृतिबमोजिम कोरियाली रोजगारदाता र निवेदक कम्पनीले संयुक्त रुपमा छनौंट गरेको ९६० जनाको अन्तिम नामावली छनौंटको क्रममा कामदार छनौंट चिठ्ठा प्रणलीबाट गर्नु भन्ने विपक्षी निकायको निर्देशन गैरकानूनी भनी यस अदालतमा मिति २०६१।५।१ मा रि.न.२९१८ मा दर्ता गरेका छौ । विपक्षी निकायले आफैले गठन गरेको समिति र सो समितिले मिति २०६१।३।२ मा पेश गरेको प्रतिवेदनको विपरीत कारवाही गरेको छ । निवेदकले विपक्षी श्री ५ को सरकारले दिएको निर्देशन कानून विपरीत रहेको भनी मि