निर्णय नं. ७७३७ - हक कायम समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३७ - हक कायम समेत । भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/१२/०७ ५८४८ निर्णय नं.७७३७ ने.का.प.२०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०५८ सालको दे.पु.नं.– ६८७१ फैसला मितिः २०६२।१२।७।२ मुद्दाः– हक कायम समेत । पुनरावेदक/प्रतिवादीः सप्त सागर प्रधानाङ्गको मु.स.गर्ने भक्तपुर जिल्ला भक्तपुर उपमहानगर पालिका वडा नं.१५ वस्ने आनन्द सागर प्रधानाङ्ग समेत बिरुद्घ प्रत्यर्थी/वादीः ऐ.ऐ.वडा नं. बस्ने जगतमाया फैंजु § आफ्नो हकको जग्गा अरु कसैले कुनै व्यहोराले दर्ता गरे गराएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पर्ने हदम्यादको कानूनी प्रावधान २०३४।९।२७ मा मुलुकी ऐनमा भएको सातौं संशोधनले जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं.लाई संशोधन भए पछि मात्र आएको देखिन्छ । मुलुकी ऐन सातौं संशोधन पुर्व मिति २०२३।११।२३ मा गरेका दर्ता बदर गर्न त्यसपछि मिति २०३४।९।२७ मा भएको संशोधित हदम्यादको व्यवस्था लाग्न नसक्ने। § तत्काल प्रचलित ऐनले तोकेको हदम्यादभित्रै नालेस लिई आउनु पर्छ, हदम्याद नाघि परेको फिराद पत्रका आधारमा तथ्यभित्र प्रवेश गरी प्रमाणको मूल्याङ्कन गरी इन्साफ गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा बिवादित जग्गा प्रतिवादीका नाउँमा दर्ता भएका मितिले उक्त तत्काल प्रचलित जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८ नं.ऐनको हदम्याद २ बर्ष भित्र फिराद परेको देखिदैन । त्यसरी ऐनले तोकिएको हदम्याद नाघि परेको फिरादबाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.१६) § मिति २०२३।११।२३ मा प्रतिवादीहरुले गरेको दर्ता बदर गर्न वादीहरुले मिति २०५१।४।१७ मा दायर गरेको फिरादलाई हदम्याद भित्रको मान्न नमिल्ने । § प्रस्तुत फिराद ऐनले तोकेको हदम्याद २ बर्षभित्र परेको देखिन नआई सो हदम्याद नाघि परेको देखिँदा अ.बं.१८० नं.ले फिराद खारेज हुने । (प्रकरण नं.१७) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरु श्री शंकर सुवेदी र भेषराज न्यौपाने प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री कमलराज थापा र श्री सानु सुवाल अवलम्बित नजीरः ने.का.प.२०४४ अंक २ नि.नं.२९९३ पृष्ठ १८३ फैसला न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्र्तगत यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:– २. हाम्रा बाबु पति आसलाल फैंजुको नाममा साविक २ नं.ब्रम्हायणी मौंजा न.नं.२३११ खेत रोपनी १–०–२ को हाल नापीमा भ.पु.जि.तार्थाल गा.बि.स.वडा नं.९ (ज) कि.नं.२३७ क्षेत्रफल ०–१२–० र ऐ.ऐ.कि.नं.७३८ क्षेत्रफल ३–६–० मा दर्तावाला परलोक भै बिपक्षीहरुले २०२४ साल सम्मको मालपोत बुझाई आएकोमा नापीमा उक्त जग्गा सप्त सागर र सर्वज्ञ भक्तको आधा हाम्रा पति पिता आसलालको भनि मोही हर्षबहादुर र बिपक्षीहरुले स्वीकारी लेखाई जनिएको पाईन्छ । हाल २०५० साल सम्म मोहीबाट कुत बुझि आएबाट आधा हामीहरुको हक लाग्नेमा दर्ता गर्न जाँदा उक्त जग्गा प्रतिवादी सर्वज्ञभक्त र सप्त सागरले मिति २०२३।१०।२३ मा दर्ता गरी ज.ध.श्रेस्ता पुर्जा लिई प्रतिवादीहरु बीच २०३४।५।१४ मा बण्डापत्र पारित भै शम्भुभक्तको भागमा परि दा.खा.समेत भएको व्यहोरा ०५१।२।२ मा नक्कल सारी थाहा भएकोले उक्त दुषित दर्ता बदर र बण्डापत्र दर्ता बदर गरी बिपक्षीहरुको हक कायम नगरी ज.ध.द.प्र.पु. समेत पाउने ठहर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दाव