निर्णय नं. ७७३८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७३८ - कर्तव्य ज्यान भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०६/३० ३७०५ निर्णय न. ७७३८ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत २०६० सालको फौ.पु.नं. ३१२० फैसला मितिः २०६३।६।३० मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला सुर्खेत लाटी कोइली गा.वि.स. वडा नं. १ रिउले टोल बस्ने कर्णबहादुर रावल विरुद्ध प्रत्यर्थी वादीः आशिषराज योगीको जाहेरीले श्री ५ को सरकार § अदालतमा बयान गर्दा जाहेरवाला र प्रतिवादीका बीच झगडा भएको भनी जाहेरी र अदालतमा भएको बयान एक आपसमा बाझिएकोले अदालतमा रिस इविलाग भै बच्चीलाई मार्ने नियत रहेको भन्ने जाहेरवालाको भनाईलाई अन्य प्रमाणको अभावमा विश्वास गर्न नसकिने । (प्रकरण नं. ३०) § आफुलाई खान भनी राखिदिएको भात कुकुरले खाई दिएको र भोकले सताएको भनेको प्रतिवादीले भातको सट्टामा रोटी टोक्दै गर्दा पुनः सोही कुकुर आई छोरालाई पकाई राखेको लिटो समेत खाई दिएको झोकमा कुकुरलाई हानेको ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टिएर गएको ढुंगाले बच्ची विद्या योगीको टाउको पछाडि लागेकोमा अगाडि बच्ची सुताई राखेको देखेपछि ढुंगा जस्तो घातक वस्तुले कुकुरलाई हान्दा बच्चीलाई लाग्न सक्छ भन्ने कुरा पुनरावेदक प्रतिवादीले जान्नुपर्ने । § अगाडि बच्ची देख्दा देख्दै ठुलो ढुंगाले हानी बच्चालाई लाग्न गएको कार्यलाई पुनरावेदकको लापरवाही र हेलचेक्रयाई मान्नु पर्छ । प्रतिवादीको ज्यान लिने इविलाग वा मनशाय नभए पनि आफूले गरेको त्यस्तो कार्यले मानिस मर्ला भन्ने विचार गर्नपर्छ । कुनै काम कुरा गर्दा त्यसै द्वारा केही भै कुनै मानिस मर्न गएमा हाम्रो कानूनले त्यस्तो कार्य भवितव्य ठहर्ने । § आफु भन्दा अगाडि बच्चा सुताईरहेको देखिएको अवस्थामा झोलुंगो र आफू बीचमा कुकुर रही सो भन्दा पर झोलुंगो मा बच्चा रहेको अवस्थामा सानो बच्चीको लागी घातक हुन सक्ने ढुंगाले हानेको कारण बच्चीलाई टाउकोमा लागि सोही चोट पीरका कारण बच्ची विद्या योगीको सोही दिन मृत्यु भएको घटनामा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम होस नपुर्याई वा हेलचेक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँचसय रुपैया सम्म जरिवाना र २ वर्ष कैदको सजाय समेत हुने ठहराएको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. ३१) पुनरावेदक प्रतिवादीका तर्फबाटः प्रत्यर्थी वादीका तर्फबाटः अवलम्बित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत सुर्खेतको मिति २०५७।८।१३।३ को फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा १२ को खण्ड (क) (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. म वन चेक पोष्ट धुलीयाविटमा कार्यरत रहेको हुँदा २०५६।३।७ गते डिउटीमा आई बसेको थिए । श्रीमतीले छोरीलाई पनि नयाँ किनेको घर सुव्वा कुना ल्याएको थिइन सो दिनको ११ बजे कर्णबहादुर रावलले ढुंगाले हानी भागे भन्ने तिलक बि.सी.समेतले खबर गरेपछि छोरीको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएकोले कानून बमोजिम गरी पाउँ भन्ने जाहेरी दरखास्त । घटनास्थल तथा लाश प्रकृति मुचुल्का भई मिसिल सामेल रहेको । ३. २ तले फुसको छाना भएको घरको पालिमा झोलुंगो बनाई ७ महिनाको बच्चा सुताई रहेको भनिएको ठाउँ र सो ठाउँमा झोलुंगो नरहेको भन्ने जाहेरवालाले दे