निर्णय नं. ४८१० - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८१० - बन्दी प्रत्यक्षीकरण भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०७/२४ २२८१ निर्याण् नं. ४८१० ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०५० सालको रिट नं. – २७०५ आदेश मिति :– २०५०/७/२४/३ निवेदक : हाल काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा थुनामा रहेको का.जि.का.न.पा. गोंगबु बस्ने दावा फिन्जो शेर्पाको हकमा का.जि.का.न.पा. वडा नं. १० वानेश्वर बस्ने तुल्सी शंकर अधिकारी । विरुद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौं । विषय : बन्दी प्रत्यक्षीकरण । (१) निवेदकलाई क्षेत्रीय प्रहरी इकाई कार्यालय अपराध अनुसन्धान समूहबाट मूर्ति चोरी अपराधको सिलसिलामा पक्राउ गरीएको छैन र सम्बन्धित प्रहरी इकाईमा हस्तान्तरण गर्न पठाई सकेको समेत होईन छैन भन्ने व्यहोराको निवेदक पक्षबाट कुनै जिकिर आउन सकेको समेत देखिदैन । नत निवेदक उपर अद्यापि मुद्दा दायरनगरी थुनामा नै राखिएको छ भन्ने जिकिर लिएको देखिन्छ । निवेदक पक्षका विद्वान अधिवक्ताले निवेदकलाई उपरोक्त अपराधको सन्दर्भमा पक्राउ गरिएको भन्ने कुरामा अनभिज्ञतासम्म व्यक्त गरेको र आफ्नो पक्षका नाता सम्बन्धका व्यक्ति बुझी यथार्थ कुरा जानकारी लिन नसकिएको भन्ने जिकिर नभएको र मुद्दा नै नचलाई अदालतको आदेश बेगर थुनामा राखी राखेको छ भन्न सकेको समेत पाईदैन । यस्तो स्थितिमा फौज्दारी प्रकृतिको चोरी मुद्दामा कारवाहीको सिलसिलामा पक्राउ गरिएकोमा सो के कति कारणबाट गैर कानूनी हुन गयो सो कुराको स्पष्ट बहस जिकिर नभएकाले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र. नं. ६) निवेदकका तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश राउत विपक्षीका तर्फबाट: विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट आदेश न्या. केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३/८८ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको रिट निवेदन समेतको संक्षिप्त तथ्य यसप्रकार छ । २. काठमाडौं गोंगबु बस्ने म निवेदकको साथी दावा फिन्जो शेर्पा नेपाली नागरिक हुन् र निजलाई राती सुतिरहेको ठाउँ गोंगबुबाट यही २०५० साल भाद्र १९ गते विहानको अं. ४ बजेतिर सादा पोशाकमा आएका ४, ५ जना प्रहरीहरुले अचानक पक्राउ गरी डि.एस.पी. कार्यालय हनुमानढोकामा लगे अद्यापिसम्म दावा फिन्जो शेर्पालाई डि.एस.पी. कार्यालयमै थुनी राखिएको छ, निजलाई पक्राउ गर्नु पर्ने कारण र आधार समेतको कुनै सूचना, अद्यापीसम्म दिईएको छैन, निजसँग भेटघाट सम्पर्क तथा कुराकानी गर्न पनि दिइदैन । निजलाई बेहोस हुने गरी कुटपिट गरिएको र खानपिन बिना नै राखिएको छ भन्ने जानकारीमा आएको छ । निज दावा फिन्जो शेर्पालाई पक्राउ पूर्जी समेत दिइएको छैन । अभियोग र आरोप समेत कानून सम्मत तवरले नलगाई वेरितसँग थुनामा राखिएको छ । निज दावा फिन्जो शेर्पालाई किन थुनिएको हो किन वेहोस हुन्जेलसम्म कुटपिट गरिएको हो र किन भेटघाट सम्पर्क गर्न नदिएको हो केही थाहा छैन, खान नदिएको र कुटाईको पिडाले हाल निजको हालत साह्रै नाजुक भन्ने पनि जानकारीमा आएको छ । साथै वन्दी दावा फिन्जो शेर्पालाई यातना दिने उद्देश्यले त्यहाँबाट अन्यत्र सारिने कुराको पनि जानकारी पाएको छु । त्यसो हुँदा सम्मानित अदालत समक्ष बन्दीलाई उपस्थित गराउनु पर्ने र सारेको खण्डमा खानतलासी लिन पर्ने अवस्था पनि विद्यमान भएकोछ । यसरी पक्राउ गरेको कारणको सूचनासम्म नदिई शारीरिक र मानसिक यातना दिएर गैर कानूनी तवरले