निर्णय नं. ७७४० - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७४० - सवारी ज्यान भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०६/०१ ४७१७ निर्णय न. ७७४० ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्बत २०६१ सालको फौ.पु.नं. ३२१२ फैसला मितिः २०६३।६।१।१ मुद्दाः– सवारी ज्यान । पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वार्ड नं.१ स्थित यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि.को संचालक समितिवाट अख्तियार प्राप्त ऐ कम्पनी अधिकृत बद्रीवहादुर राउत विरुद्ध प्रत्यर्थी/वादीः टिकादत्त भट्टको जाहेरीले नेपाल सरकार § सवारी दुर्घटनावाट तेश्रो पक्षको कुनै नोक्सानी भएको अवस्थामा क्षतिपूर्ति वापतको रकम पिडीत वा निजको हकवालाले पाउने तथा सो रकम वीमा कम्पनीले व्यहोर्नु पर्ने हुँदा वीमा कम्पनीले व्यहोर्नु पर्ने रकम भराइदिनका लागि सम्बन्धित बीमा कम्पनीलाई विपक्षी वनाउन मिल्ने । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) वमोजिम सवारी धनी वा व्यवस्थापकले तेश्रो पक्ष वीमा नगराएको अवस्थामा मात्र क्षेतिपूर्ति वापतको रकम दिने दायित्व निज सवारीधनी वा व्यवस्थापकको हुने हुँदा तेश्रो पक्ष वीमा गराएको अवस्थामा पनि सो क्षतिपूर्ति वापतको रकम सवारीधनीले व्यहोर्नु पर्ने भन्ने पुनरावेदकको जिकिर कानूनी व्यवस्था अनुकूल मान्न नसकिने । (प्रकरण नं.२५) § प्रस्तुत मुद्दामा सवारीधनीले रु.३,००,०००।– (तीनलाख) को तेश्रो पक्ष वीमा गराएको र दुर्घटना भई मानिस मरेमा सो वरावरको रकम बीमा कम्पनीले व्यहोर्न कबूल गरिएको भन्ने वीमा लेखवाट देखिएको र सोही रकम वापतको प्रिमियम पनि वीमा कम्पनीले सवारीधनीवाट लिएको अवस्थामा दुर्घटना भई मानिसको मृत्यु भएको देखिएको अवस्थामा त्यति रकम दिन नपर्ने भन्ने पुनरावेदक वीमा कम्पनीको जिकिर बीमाको सिद्धान्त, प्रचलीत कानून र वीमा लेखको शर्त समेतको प्रतिकूल हुँदा वीमालेखमा उल्लेखित रकम दिन नपर्ने भन्ने पुनरावेदकको जिकिर पनि मान्य हुन नसक्ने । (प्रकरण नं.२६) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ता श्री बच्चु सिंह खड्का, श्री अनिमेश उपाध्याय र श्री प्रकाश थापा प्रत्यर्थी वादीका तर्फबाटः अवलम्बित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति ०६०।१२।२४ को फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)वमोजिम पुनरावेदन पर्न आएकोे प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :- २. मिति ०५९।६।२३ गते राती २३.०० वजेको समयमा मेरो भतिजो महादेव पाण्डे सरकारी कामको सिलसिलामा वा.१३प.१९२७ नं.को मोटर साइकल चढी त्रिपुरेश्वर तर्फ आइ रहेको अवस्थामा वा.१ ज.६२९१ को माइक्रोवस चालक विष्णु के.सी.ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी लापरवाहीका साथ मोटर साइकलमा ठक्कर दिदा भतिजा महादेव पाण्डेको मृत्यु भएकोले कारवाही गरिपाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त । ३. अनुहारमा स–साना छाला खुइलिएको, दाहिने घुडांमा हड्डी समेत देखिने घाउ भै वाहिर निस्केको भन्ने समेत लाश जांच मुचुल्का । ४. ०५९।६।२३ गते राती १०.३० बजेको समयमा मैले सुन्धारावाट अनाम नगर फर्कने बेलामा त्रिपुरेश्वर तिर मैले हाँकी ल्याएको बा १ज ६२९१नं.को माइक्रोवस अत्यधिक तीव्र गति भएकोले त्रिपुरेश्वरवाट आएको वा.१३ प १९२७ नं.को मोटर साइकलमा ठक्कर लाग्न गई मोटर साइकल चालक महादेव पाण्डे घाइते भई उपचार हुँदा हुँदै मृत्यु भएको थाहा पाँए । उक्त दिन मैले अत्यधिक मादक पदार्