निर्णय नं. ७७४१ - वहाल दिलाई घर खाली गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७४१ - वहाल दिलाई घर खाली गरिपाऊँ । भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६३/०३/२२ २८३१ निर्णय न. ७७४१ ने.का.प. २०६३ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत २०६२ सालको दे.पु.नं.........९१२५ फैसला मितिः २०६३।३।२२।५ मुद्दाः वहाल दिलाई घर खाली गरिपाऊँ । पुनरावेदक/प्रतिवादीः वांके जिल्ला नेपालगन्ज न.पा.वडा नं. १२ वस्ने मदनवहादुर के.सी. विरुद्ध प्रत्यर्थी/वादीः ऐ ऐ वस्ने मिश्रीलाल कुर्मी § घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने मुद्दामा घर वहालमा वस्ने र दिने पक्षहरु उही नै भएपनि तथा वहालमा दिए वसेको घर र घर भाडाको दर समेत एउटै भएपनि एक पटक एउटा अवधिको घर भाडा नदिएको अवस्थामा घर भाडा दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद गरी उक्त विवादको निरुपण भैसकेको स्थितिमा पछि अर्को कुनै समय अवधिको घर वहाल नपाएको अवस्थामा पुनः उही पक्षहरु वीच पहिले मुद्दा दिएको भन्ने आधारमा घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद दावी गर्नु अ.वं. ८५ नं. नं. को प्रतिकूल हुन नजाने । § घर वहाल भन्ने विषय वहालमा वसेको समयको आधारमा निर्धारण हुने र वहाल वस्नेले वहाल वुझाउनु पर्ने दायित्वसंग सम्वन्धित हुने सन्दर्भमा त्यस्तो दायित्व पुरा नगरेको अवस्थामा वहालमा वस्ने उपर वहालमा दिनेले त्यस्तो दायित्व पुरा गराई माग्न आवश्यकता अनुसार पटक पटक फिराद गर्नुपर्ने अवस्था पनि हुन जाने । § एउटा अवधिको वहालको लागी फिराद गरेको आधारमा पछि अर्को अवधिको वहालमा फिराद गर्न अ.वं. ८५ नं. आकर्षित नहुने । (प्र्रकरण नं.११) पुनरावेदक प्रतिवादीका तर्फबाटः प्रत्यर्थी वादीका तर्फबाटः अवलम्बित नजीरः फैसला न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।२।२७।३ को फैसला उपर तारेखमा नवस्ने गरी पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. मेरा नाउँमा दर्ता भएको जिल्ला वांके नेपालगन्ज न.पा.वडा नं. ८(ख) कि.नं. २५ को ज.वि. ०–३–११ जग्गामा भएको घर मध्ये उत्तर तर्फवाट पर्ने दोश्रो कोठालाई यि प्र. र म वीच भएको मौखिक वोल कवोल अनुसार मासिक रु. २००। दिने गरी वसी आउनु भएकोमा वहाल नवुझाएकोले मिति २०४७।११।१ गते वहाल दिलाई घर खाली गरिपाऊँ भनी यसै अदालतमा मुद्दा दिई विचाराधिन अवस्थामा प्रतिवादीले मलाई घरसारमै वहाल दिएकोले प्र. र मेरो वीच मौखिक सहमति भै उक्त मुद्दाको तारेख छाडी उक्त मुद्दा २०४८।१२।२४ गते डिसमिस फैसला भएको थियो । घर व्यवहार चलाउन आवश्यक परी मेरो नाउंको उक्त जग्गा मध्ये केही जग्गा अन्य व्यक्तिलाई हक छाडी दिएकोले हाल म वादीका नाउंमा दर्ता श्रेस्ता रहेको जि. वांके ने.गं.न.पा.वडा नं. ८ (ख) कि.नं. ६७० को ज.वि. ०–१–६ र सो मा वनेको इटाको देवाल खपडा र टिनको छानो भएको घरमा पुनः म र प्रतिवादी वीच मासिक रु. २००। घर भाडा लिने मौखिक वोल कवोल भै २०४८ चैत्र मसान्त देखि वसी आउनु भएकोमा दुवैको वोल कवोल अनुसार २०५६ फाल्गुण मसान्त सम्ममा घर वहाल दिलाई घर खाली गरी दिनुपर्नेमा सो नगरी २०५५ साल वैशाख देखि घर वहाल समेत नदिई घर खाली समेत नगरी चुप लागी वसेका र घर वहाल दिई घर खाली गरी दिनु होस भनी पटक पटक अनुरोध गर्दा पनि अटेर गरी वसेकोले घर खाली गरी दिने वारेको सूचना २०५७।९।२० गतेमा मुलकी ऐन, घर वनाउनेको ९ नं. वमोजिम पठाउंदा पनि हाल सम्म चुप लागी वसेकोले अदालतको शरणमा