निर्णय नं. ९५१ - थैली फिर्ता पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५१ - थैली फिर्ता पाऊँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०६/१४ २४८५ निर्णय नं. ९५१ ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के. सी. माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको दे.फु.नं. १८१ फैसला भएको मिति : २०३२।६।१४।६ मा निवेदक : जि. मोरङ प्र. गोग्राहा मौजे मुधमारा बस्ने सिंहेश्वर राजवंशी समेत विरुद्ध विपक्षी : ऐ. प्र. कटहरी मौजे सोहलगछ बस्ने लखनलाल राजवंशी समेत मुद्दा : थैली फिर्ता पाऊँ (१) राजीनामा कच्चा ठहर्न गए तत्कालिन साहू आसामीको २६ नं. ले राजीनामाको साँवा ब्याज वादीले फिर्ता भरी पाउने । (प्र. नं. १०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह फैसला न्यायाधीश सुरेन्द्रप्रसाद सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको विवरण यस प्रकार छ : अन्यायले हामीबाट भा.रु. ३०००।– तीन हजार लिई मधुमारा गुठी बिर्ताको जग्गा बिगाहा १३।।।१।३ मध्ये बिगाहा १। सिंहेश्वर कारनी कुसेश्वर साक्षी बसी राजीनामा लेखी १६।३।२६ मा पास गरी दिएको जग्गा छुट्ट्याइ दिनुहोस् भन्दा जग्गा भोग गरेकै छ अरू कहाँबाट दिनू भनी ११० देखि १२५ र १२९ को प्लट यो देखाइदिएको रहेछ यो जग्गा मेरै अघिदेखि म झडीका नाउँमा दर्ता भई तिरो तिरी आएका छौँ तपाईंको हक छैन थैली नै फिर्ता दिनुहोस् भन्दा अनेकथरीको कुरा गरेकाले फिराद गर्न आएको छु । जग्गा कच्चा ठहरेकाले थैली भा.रू ३०००। अन्यायबाट दिलाईभराई पाऊँ भन्नेसमेत फिरादपत्र । ३. मधुमारा गुठीको कि.नं. ११० देखि १२९ नं. को जग्गाको दामासाहीमा परेको सिंहेश्वरको नाउँको जग्गामध्ये उत्तरतर्फबाट अर्थात् डगर देखि पूर्व तपाईंको सोही कित्तादेखि उत्तर धर्मकुमारीदेखि पश्चिम डगरदेखि दक्षिणको वा जग्गा बेच्ने भए कुरा गरौँ भन्दा हामीले हुन्छ भने पछि १। जग्गा भा.रू.३००० मोल कायम भई सो मोल वापतमा सो मौजामा वादीहरूको हकको झडिलालको नाउँको दर्तामध्ये कि.नं. ४१ को जग्गा कठ्ठा ।३।।। दिने वादीले कुरा गर्दा लिने मञ्जुर गरी सो जग्गाको मोल भा.रू १६०१ कायम भई हाम्रो १। जग्गाको मोल भा.रु. ३००० मध्ये १६०१ को ।३।।२ र नगद भा.रू १३९९ लिई ।३।।२ जग्गा हामीलाई दिएको राजीनामा एकै दिन पास भएको वादीले दिएबमोजिमको जग्गा मात्र हामीले भोग गरेका छौं भन्नेसमेत सिंहेश्वर, कुशेश्वरको एउटै प्रतिउत्तर । ४. भई आएको नक्सामा प्रतिवादीले राजीनामा गरी दिएको जग्गा यो ठाउँमा छ भनी प्रतिवादीले देखाउन सक्नुपर्ने नसकेकोले झडिलालकै दर्ता जग्गा राजीनामा गरी दिएको देखिन आएकोले प्रतिवादी दुवै जनाबाट वादीहरूले ३०००। को ने.रू ४८०००। फिर्ता पाउने ठहर्छ भन्नेसमेत मोरङ जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा प्र. सिंहेश्वरबाट राजीनामा गराई लिएको भनेको कि.नं. ११० देखि १२९ तकको जग्गा बिगाहा १। वादी मध्ये झडिलालकै नाउँमा दर्ता रहेको देखिएको र नक्शा हुँदा आफूले राजीनामा दिएको जग्गा यो हो भनी नक्शामा देखाउन नसकेकोले समेत सुरुको इन्साफ मनासिव भन्नेसमेत कोशी अञ्चल अदालतबाट भएको फैसला । ६. सर्वोच्च अदालत स्टेण्डिङ्