निर्णय नं. ९५२ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५२ - जग्गा खिचोला भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०५/१७ २८१३ निर्णय नं. ९५२ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १६२ फैसला भएको मिति : २०३२।५।१७।३ मा निवेदक : पाल्पा जोगेपानी वास्टारी बस्ने रामबहादुर रावल क्षेत्री समेत विरूद्ध विपक्षी : ऐ ऐ. गोविन्दबहादुर रावल मुद्दा : जग्गा खिचोला (१) वादीको नालिस खारिज हुने ठहरेपछि अन्य विवादका कुराहरूमा विचार गरिरहनु नपर्ने । (प्र. नं. १३) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दामा स.अ. डिभिजन बेञ्चबाट ०२७।५।९।३ मा भएको निर्णय दोहर्याई पाउँ भनी प्रतिवादी रामबहादुर समेतले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट ०२८।९।२०।३ मा लेखी आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : ७० साल चैत्र १७ गते छुट्टि भिन्न हुँदा बाबु जोगबहादुर समेतका ३ बण्डामा परि बाबु समेतले सगोलैमा भोग गरी आएको अवस्था बजै मानकुमारी जेठा बाबु सालिकराम र बाबु सगोलमै परलोक हुनु भएपछि मेरा आमा जौकुमारी जेठा बाबुकी श्रीमती वामकान्ताले पनि सगोलैबाट भोग गरी आउनुभएको अवस्था विपक्षीका बाबु चक्रबहादुरले आयस्ता रोक्का गर्दा मेरो आमा जेठी आमाको उजूर परी ९१ साल पौष २३ गतेको मिलापत्रबाट समेत ७० सालको बण्डा कायम भएको पछि मेरा बाबुको अंश आमा र जेठा बाबुको अंश जेठी आमा र निजको छोरा सीतारामहरूले आधा आधा बाँडी खाने गरी ९८ सालमा वामकान्ता र जौकुमारीले घरसारमा बण्डा गरी आमा जौकुमारीको बण्डामा परेको आमा परलोक हुँदा मेरो एकलौटी हुन आएको पाल्पा जोगेपानी जि. खड्गबहादुरका तालुक जिम्मा ल.नं. ३३६ मा मेरा नाममा दर्ता भएको तिरो रू. ३।५ पञ्चायत कर ३०।२ लागेको लामिचिडिवार भन्ने खेत मुरी ।५ को कित्ता १ ऐ. ऐ जिम्मा ल. नं. २३४ मेरा नाउँमा दर्ता भएको तिरो रू. ७५।१ पञ्चायत कर रू. ७।२ लागेको अलकेटारी खल्लुबोट भन्ने खेत मुरी ।१।३।३ को कित्ता १ मु. जितबहादुरका तालुक जिम्मा २१ सालको ल.नं. ४१३ को तिरो रू. ३ पञ्चायत कर रू. ३० लागेको विमिर्या खर्क भन्ने म बसेको पाखो घरबारी जग्गा कित्ता समेत ३ कित्ता खेतपाखो जग्गा मैले दर्ता भोग तिरो गरी आएको अवस्था ०२१ साल आश्विन २८ गतेका दिन मेरा घरमा आई चैथरी जग्गामा तैंले हामीलाई नालिस दिएकोले अब तैंले भोग तिरो गरिआएको जग्गा पनि तँलाई आयस्ता खान दिंदैनौ हटक भयो भनी जबर्जस्ती खिचोला गर्न आएकोले उक्त जग्गा मेरै सदर थामी पाउँ भन्नेसमेत वादी गोविन्दबहादुरको फिरादपत्र । ३. बिमर्या खर्कम भन्ने म बसेको पाखो घरबारी जग्गामा पनि खिचोला गरे भन्ने लेखेकालाई त्यसमा हामीले दावा खिचोला गरेकै छैनौ निजैले भोग चलन गरी आएकै छ । लामिचिडियार भन्ने खेत मुरी ५ को कित्ता १ अलकेटारी खलबोट भन्ने खेत मुरी १।३।३ को कित्ता १ समेत कित्ता २ को जग्गा वादीको हक भोग तिरोको होईन वादीले कुनै बखत भोग चलन गरेको पनि छैन अघि देखि नै हाम्रा हक भोग हुँदा अघि हामीहरूले गोश्वारामै र पछि म नारायणबहादुरक