निर्णय नं. ९५३ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०४/१५ २१६५ निर्णय नं. ९५३ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२९ सालको रिट नम्बर ९९२ आदेश भएको मिति : २०३२।४।१५।५ मा निवेदक : जि.पर्सा प्रा गा.पं.वार्ड नं. १ बस्ने महन्त राघवदास श्री वैष्णव विरूद्ध विपक्षी : गुठी संस्थान सं.स., श्री ५को सरकार भूमिसुधार मन्त्रालयसमेत विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ (१) भूमि प्रशासकले भूमिसम्बन्धी नियम २३ अनुसार दरखास्तहरूको आव्हान गरेको र आव्हान गरेको सूचना सम्बन्धीत जिल्लाका गाउँ पञ्चायतमा पठाएको नदेखिए उक्त नियमको विपरीत दर्तावालाहरूको जग्गा बिक्री वितरण गरेकोलाई कानूनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७ र १८) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल आदेश न्या. वासुदेव शर्मा १. संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी विपक्षी नं. १ देखि ४ सम्मका निर्णयहरू र कारवाही बदर वातिल निष्क्रिय गराई निवेदकको उल्लिखित हकहरू प्रचलन गराई पाउँ रिटको आवेदन अन्तिम किनारा नहुञ्जेल विपक्षी नं. ३ र ४ लाई जग्गाको बिक्री वितरण नगर्नु नगराउनु भन्ने स.अ. नियमावली, २०२१ को नियम ४८(३) अन्तर्गत अन्तरिम आदेश पनि पाउँ भनी प्रस्तुत रिट निवेदन मिति ०२९।८।१२।२ मा दर्ता भएको रहेछ । २. निवेदनसम्बन्धी संक्षिप्त तथ्य यसप्रकार छ : निवेदकलाई बाजे गुरू रामकृष्ण दासले २०१९।४।११ मा रजिष्ट्रेशन पारित कस्यपत्रम्द्वारा गुठीधर्म सञ्चालन गरी वर्णन गरिएको कर्तव्य गरी शेष बाँकी रहेको आयस्ता आफ्नो खुस गर्न पाउने गरी वसियतनामा गरिदिनु भएको थियो र म निवेदकले नरसिंह भगवान गुठीको नाममा रहेको पर्सा स्थित ८५–१५–५ र बारा स्थित वि.२०–१८–१८ जम्मा वि. १०६–१४–३ जग्गा श्री रामजानकी गुठीको पर्सा स्थित वि. ०–९–० र बारा स्थिति वि. १८–३–१७ जम्मा वि. १८–१२–११७ जग्गा र म महन्तको नाममा रहेको पर्सा स्थित वि. ६७–३–८ ज्ञद्ध बारा स्थित २९–१६–१८ जम्मा जग्गा बि. १०६–०–१६ ज्ञद्ध गरी कुल जग्गा २३१–७–६ का आयस्ता र अन्य आयस्तासमेतबाट हाई स्कूल दातव्य औषधालय र पुस्तकालय लगायत अन्यान्य धार्मिक परोपकारी सामाजिक मानवीय कार्यहरू सम्पादन गर्नु अतिरिक्त कस्यपत्रम्मा उल्लेख गरिएको । सेवा काम धर्महरू संचालन गरी परम्परागत धर्म संरक्षण गर्दै आएकोमा निवेदकले भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गत अनुसूचि ७ नं. फाराम भर्दा उक्त जग्गाहरू बारा पर्सा दुबै जिल्लामा स्थित हाल नापी ठहर जग्गा २३१–१६–ज्ञद्द गुठी संस्थानको जग्गासमेत भएकोले छोड्न नहुने कैफियत जनाई भरेकोमा भूमिसुधार कार्यालयले हदभन्दा बढी जग्गा जफत गरियो भनी ०२६।८।३ र ०२६।८।१३ मा पटक–पटक पुर्जी दिएकोमा निवेदकले तत्कालिन श्री ५ युवराजधिराज सरकारको हजूरमा जफत गर्न नपाउने गरी बेग्लै छुट गुठी कायम गरी सरकारबाट व्यवस्था मिलाई पाउँ भनी बिन्तीपत्र ०२७।१।१६ मा चढाएकोमा उक्त निवेदनमा आवश्यक कारवाहीको निमित्त पठाइदिनु निर्णय यस विशेष जाहेरी विभागमा जाहेर गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएअनुसार गुठी संस्थान सञ्चालक समितिले बारा पर्सातर्फ रहेको जग्गाको आयस्ता उल्लेख गरे अनुसार खर्चहरू कटाई बाँकीबाट संस्थानलाई साल बसाली १