निर्णय नं. ९५५ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५५ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०६/३० २०७५ निर्णय नं. ९५५ ने.का.प. २०३३ डिभिजन बेञ्च सम्माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री हेरम्वराज सम्वत् २०३० सालको रिट नम्बर ७३२ आदेश भएको मिति : २०३२।६।३०।१ मा निवेदक : जि. रौतहट प्रेमपुर गोनाही पं.वा.नं.९ बस्ने राजकुमार महतो कोइरी विरूद्ध विपक्षी : भूमी प्रशासन कार्यालय, रौतहटका भूमी प्रशासक श्री भगवान सिंह विषय : परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमीसम्बन्धी ऐन, २०२१ को दफा १५ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) : जग्गाधनीले राख्न रोजेको जग्गा निजले राख्न पाउँने, बसिआएको घरबारी छोडन पर्ने अवस्था पार्ने कानूनको मनसाय नभएको । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा विपक्षी तर्फबाट : का.मु. वरिष्ठ सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश प्र.न्या.रत्नबहादुर विष्ट १. प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयको लागि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : राजकुमार महतोले साविक नम्बरको आधारमा भू.सु.का. रौतहट गौरमा जग्गा बिगाहा ११०।१।४ १२ को अनुसूची भरेकोमा बिगाहा २७।९।९ १२ राख्न पाउने ८२।११।१५ प्राप्त गर्ने ०२३।५।२२ मा निर्णय भएका हाल नापीअनुसार कुन कित्ता नम्बर कति क्षेत्रफल कायम भएको छ भनी कागज गराउँदा दाखिल गरेको जग्गा धनी दर्ता प्रमाण पूर्जाबाट निजका नाउँमा हाल नापीबमोजिम बिगाहा ८५।१४।६ जग्गा रहेकोले घरबारी निमित्त ३ समेत तपसीलबमोजिम जम्मा जग्गा बिगाहा २८ राख्न पाउने ५७।१४।६ बिगाहा प्राप्त गर्नेसमेत गरी ०३०।२।२५ मा प्रतिपक्षी भूमी प्रशासन कार्यालय रौतहट गौरबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भन्ने निवेदक राजकुमारको रिट निवेदनमा मैले प्रेमपुर गोनाही पञ्चायतको मौजे धर्मपुर फुलवारियाको जग्गा बिगाहा २७।४।४।। राख्न रोजेको र घरबारीको लागि र छोरी लछिमिनियाँको भोगको मिन्हा दिन नमिल्ने गरी मैले राख्न रोजेको जग्गा मलाई बाँकी राखी अरू छाड्न मञ्जुर गरेको ८२।११।१५ प्राप्त गर्ने गरी तत्कालिन भू.सु. अधिकारीबाट ०२३।५।२२ मा निर्णय गरेको प्रतिपक्ष भूमी प्रशासकले मञ्जुर गर्नुभएको छ हाल कुन जग्गा राख्ने कुन छाड्ने विषयमा मैले कुनै वास्ता नराखेको भनी दोष लगाएको गलत छ ७ नं. अनूसूचीमै मैले धर्मपुरका जग्गा राख्ने रोजिसकेको सो विषयमा अन्तिम निर्णय ०२३।५।२२ मै भइसकेको हुँदा प्रतिपक्षी भूमी प्रशासकले सो बाहेकको जग्गा मात्र प्राप्त गर्न पाउने प्रष्टै भएकोमा मेरो घरबारी भएको र ७ नं. अनुसूचीमा मैले राख्न भनी रोजेको ०३२।५।२२ को निर्णयबाट मैले राख्न पाउने भएको जग्गालाई हाल प्राप्त गर्ने गरी एउटै विषयमा दोहोरो निर्णय गरेको प्रष्ट छ सो निर्णय अ.बं. ८५ नं. को विपरीत भई कानूनी त्रुटी छ । निर्णयमा प्रमाणपूर्जाबाट पं. प्रेमपुर गोनाहीको जग्गा बिगाहा ३४–५–१० हुन आएको भन्ने लेखिएको प्राप्त गर्ने भनी तपसीलमा प्रेमपुर गौनही पञ्चायतको सम्पूर्ण जग्गा बिगाहा ३४–५–१० प्राप्त गर्न पाउने ठहर भएकोले अन्यायमा परेको छु उक्त कानूनी त्रुटीपूर्ण निर्णयलाई बदर गरी मेरो घरबारी भएको जग्गा मेरो हकमा राख्न पाउने व्यवस्था गरिदिनु भन्ने परमादेश जारी गरी संवैधानिक हक प्रचलन गरिपाउँ भन्नेसमेत निवेदन जिकिर रहेछ । ४. निवेदकले दिएको ७ नं. फराममा धर्मपुर फुलवारिया पञ्चायत नै नं. २ को २७