निर्णय नं. ९५३ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५३ - ज्यान भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०९/२९ २५५४ निर्णय नं. ९५६ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३० सालको पु. नं. ७१३,७५३ सम्वत् २०३१ सालको पु. नं. ८४ फैसला भएको मिति : २०३१।९।२९।२ मा पुनरावेदक : श्री ५ को सरकार विरूद्ध प्रतिवादी : श्री मोरङ विराटनगर जिल्ला कटहरी गा. पं. वार्ड नं. ६ घर भई हाल सदर काठमाडौं सेन्टर कारागार (जेल) मा बस्ने लक्ष्मी मलाहा समेत मुद्दा : ज्यान (१) करणी हुँदा हुँदै मैले हानी मारेको भन्ने अभियुक्तको भनाई भई लास जाँच हुँदा मृतकको लिङ्गमा विर्य बाँकी देखिन र अन्य कागजबाट समेत निजले मारेको देखिए निजैले हतियार प्रयोग गरेको ठहर्ने । (प्र. नं. २७) पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर विष्ट विपक्षी तर्फबाट : अधिवक्ता अनुपराज शर्मा उल्लिखित मद्दा फैसला न्यायाधीश झपटसिंह रावल १. वादी र प्रतिवादीहरूको पुनरावेदन परी प्रस्तुत मुद्दा आज यस डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : को–को भई गंगाराम कामतलाई धारीलो छुरी प्रहार गरी कर्तव्यबाट निज गंगारामको मृत्यु भएकोले अपराधीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाई होस भन्नेसमेत कं. परशुराम न्यौपानेको प्रतिवेदन । ३. यही ०२८ साल चैत्र २४ गते दिउँसो करीब ४ बजेको समयमा भाडामा मल ढुवानी गर्ना निमित्त घरबाट म गाडा लिई रंगेलीतर्फ प्रस्थान गरेको थिएँ । सो अवस्थामा मेरो एकाघरको छोरा वर्ष १९ को गगांराम कामत घरमै थियो । सोही रात तिम्रो छोरा गंगारामलाई कसले हो घाँटीमा छुरी घोपी प्रहरीमा खबर भई राती नै प्रहरी आई अस्पताल लगे हिंड भनी गार्डको मानिस म भए ठाउँ रंगेलीमा पुगेकोले घर आई वास्तवमा विचार गरी बुझ्दा तल लेखिएका मानिसमध्ये वदरिया चमार र ठिठर चमार भई गत सालमा मेरो बुहारी तथा मर्ने छोरा गंगारामकी स्वास्नीलाई कुममा हात राखी बेइज्जत गर्न खोजेको थाहा पाई कटहरी गाउँ पञ्चायत वार्ड नं. ६ का वडा सदस्य श्री भागवत चौधरीको रोहवरमा गाउँमै पञ्चायती गराउँदा निज वदरिया ठिठर चमारले बदमासी गरेको ठहराई निजहरूलाई ५०।५० जुत्ता हिर्काउन लगाएबाट सो समयदेखि पूरा रिसइवी लिई हाम्रो परिवार माथि दागा धरी राखेको र किसन कामत निजकी जेठी छोरी गुलेवियादेवी र माहिली छोरी अडुलियादेवी तथा हरदेव साह हलवाई मेरो पडोसिया हुँदा साँध सिमाना जग्गा जमिनबारे हमेसा झै–झगडा दुस्मनी भइरहेको र निजैहरूको तर्फ दावी गरी मसँग झै–झगडा गरी हिड्ने गरेबाट लक्ष्मी मलाहा वादरमिया समेतसँग झै–झगडा हुने गरी राखेकोले निम्न लेखिएका सबै मानिस मिली म घरमा नभएको अवस्था पारी मेरो घर तथा रंगेली जाने सडक उत्तरको गडाहामा मेरो छोरालाई २४ गते साँझ करिब ७ बजेको समयमा लगी भाला रोपेको र सोही पिरले २४ गते राती नै प्रहरीले खबर पाई निजको उपचारको लागि अस्पताल लगेपछि राती नै छोरा गंगाराम मरेकोले निजलाई भाला रोपी कर्तव्य गरी मार्नेमा निम्न लेखिएका व्यक्ति माथि मलाई पूरा शंका लागेको हुनाले निज कर्तव्यवालाहरूलाई तुरून्त पक्राउ गरी छानविन भई कर्तव्य गरी ज्यान मारेमा निजहरू तथा अरू कर्तव्यवाला पत्ता लागेमा निजलाई समेत ऐनबमोजिम सजाय गरिपाउँ । किसन कामत गुलेविया देवी १ अडुलिया देवी १ वदरीया चमार १ ठिठर चमार १ वाडरमिया १ लक्ष्मी मलाहा १ हरदेव साह हलवाई १ भन्नेसमेत बुदु कामतको दरखास्त । ४. मैले दरखास्तमा लेखिदिएको व्यहोरा र परिवन्दबाट लेखिएका मानिस