निर्णय नं. ९५७ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५७ - ज्यान भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०९/२९ २३११ निर्णय नं. ९५७ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्वर ७९६ फैसला भएको मिति : २०३१।९।२९।२ मा वादी : रामबहादुर पोमु लिम्बुको जाहेरले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी : शसस्त्र प्रहरी कार्यालय गुल्म धरानको हे.कं.जोगेन्द्रबहादुर कार्की समेत मुद्दा : ज्यान (१) यो चिज वा वस्तु प्रयोग गरी यस किसिमसँग कुटेको हो भनी प्रष्ट खुलाई उल्लेख गर्न नसकी शंकारहित प्रमाणबाट समर्थित नभएकोमा सफाई दिने ठहराएको मनासिव देखिने । (प्र. नं. ६) पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी फैसला न्यायाधीश वासुदेव शर्मा १. रामबहादुरको जाहेरी अ.स.ई. नरबहादुरको प्रतिवेदनसमेतबाट कार्यवाही चली शुरु मोरङ जिल्ला अदालतबाट क. ट. धनबहादुर राईलाई कैद वर्ष १।६ र हे. कं. जोगेन्द्रबहादुरलाई सफाई दिने ठहराई फैसला भएकोमा कोशी अञ्चल अदालतबाट कं. धनबहादुर र हे. कं. जोगेन्द्रबहादुरलाई सफाई दिने ठहराई भएको फैसलाउपर वादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छन : १. कुल झोरामा सुरक्षाको निमित्त खटिएका प्रहरीलाई जनताले घेरेको खबर आई हेर्न जाँदा प्रहरी बसेको घर तलामाथि हेर्दा १ जना मानिस मरेको लास देखिएकोले जाहेर गरेको छु भन्ने अ.स.ई. नरबहादुरको र ०२७।३।२७ गते राती १० बजे ३०।४० जना मानिसहरू प्रहरी बसेको पोष्टमा आई हात हतियार खोसी बाँधी विराटनगर पुर्याउँछौ भन्ने, सम्झउँदा मानेनन् प्रेमबहादुर लिम्बु पोष्टमा आई हामीउपर हात उठाई रोक्दा हात हालाहाल भएको र अलि अलि चोट पटक लागेको ज्वोरो पनि आएकोले समाई पोष्टमा राखेकोमा ऐ. २८ गते मरेकोले प्रतिवेदन गरेको छु भन्नेसमेत हे. कं. जोगेन्द्रबहादुरको पृथक–पृथक प्रतिवेदन । २. मेरा पिता प्रेमबहादुरलाई ०२७।३।२७ गते राती ६।३० बजे हात हतियार लिई घेरी पक्राउ गरी कुटपिट गरी मारेछन ज्यान मार्न परिपञ्च मिलाई पठाउने राख्ने माधवप्रसाद वस्ती, छेत्रबहादुर लिम्बु समेत र अरू लेखिएका मानिसहरूले हतियार लिई घेरा गरी मारेको हुँदा सजाय गरिपाउँ भन्नेसमेत रामबहादुरको २०२७।४।२।६ को जाहेरी । ३. मर्ने प्रेमबहादुर समेतका हुल आएको प्रेमबहादुरले रक्सी खाइ मातिएकाले पोष्टमा हात हतियारसमेत खोस्न आउँदा कं. प्रतापजंसमेतले समाती कोठामा राखेको प्रेमबहादुरलाई कसले कुटे देखिन इटहरी गई डी.आई.जी. लाई खबर गरी ०२७।३।२७ को अं. ५ बजे पोष्टमा पुग्दा प्रेमबहादुर मरेको खवर शमशेरबहादुरले सुनाएको मर्ने प्रेमबहादुरसँग रिसइवी थिएन भन्ने प्रहरीमा इन्कार भई अदालतमा जोगेन्द्रबहादुरले गरेको बयान । ४. ०२७।३।२७ को रात प्रेमबहादुर समेत ३०।४० जनाको हुल भई प्रहरी चौकीमा आई झगडा गर्न लागे हे.कं. जोगेन्द्रबहादुरले सम्झाउँदा झन झगडा भयो मर्ने प्रेमबहादुर रक्सी खाइ हामीलाई आक्रमण गर्न आएकोबाट समाइ माथि लगी राख्यौ भोलीपल्ट मरेछन् म समेत भएर कुटपिट गरेको होइन कसको कुटाईबाट मरे भन्न सक्तिन भन्नेसमेत हे. कं. सम्शेरबहादुरको प्रहरीमा भएको कागज । ५. मलाई कुनै कुरा थाहा छैन मर्ने प्रेमबहादुरलाई चिनेको छैन भन्नेसमेत दाताराम, हरीबहादुर वारदातामा माधवप्रसादको छोरा रेवतीप्रसाद प्रजापति, दधिराम समेत थिएन मैले कर्तव्य गरी मारेको होइन कसले मारे जान्दीन भन्नेसमेत सलबहादुरको