निर्णय नं. ८६७४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६७४ - बन्दीप्रत्यक्षीकरण भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६८/०५/२८ ३५४९ ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६८ –WH– ००१२ आदेश मितिः २०६८।५।२८।४ मुद्दाः– बन्दीप्रत्यक्षीकरण ।निवेदकः नाबालिग छोरी, मनस्वी शाहको हकमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१, दुगडमार्ग बस्ने अतुल शाह विरुद्ध विपक्षीः हरिश्चन्द्र शाहकी छोरी, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटार, टुँडालदेवी मन्दिरपछाडि बस्ने मल्लिका शाह समेत § विद्यालयको प्रगति विवरण पत्र र आमाको राहदानी समेत हेर्दा आमाले बच्चालाई त्यागेको अथवा हितविपरीत लापरवाही ९ब्दबलमयलmभलत यच ल्भनभिअत० गरेको भन्ने पनि देखिन आएन । इजलाससमक्ष उपस्थित बच्ची हजुरआमा, आमा तथा हजुरबुबासँग अत्यन्त सहज ढंगबाट घुलमिल गरिरहेकी र यी निवेदक बाबुलाई चिने पनि निजबाट टाढा रहन रुचाएको देखिँदा नाबालिकालाई विपक्षीहरूले बच्चीको ईच्छाविरुद्ध निवेदकले जिकीर लिए झै बन्दी बनाएर राखेको पुष्टि हुन नआउने । (प्रकरण नं.२) § कुनै पनि बालबालिकाको पारिवारिक गच्छेअनुसार उत्तम शिक्षा, उचित लालनपालन र समुचित स्वास्थ्य सेवा नैसर्गिक कानूनी हक हुन् । यी हक उनीहरूलाई प्रदान गर्नु परिवार र अन्ततः राज्यकै कानूनी कर्तव्य हो । यी बाल अधिकार र निजहरूप्रति सम्बद्ध पक्षलाई कर्तव्य पालन गराउन अदालत पनि त्यत्तिकै संवेदनशील रुपमा प्रस्तुत हुनुपर्ने । (प्रकरण नं.५) § यस प्रकृतिको बन्दीप्रत्यक्षीकरणको विवादमा पक्ष र विपक्षको अहंम तुष्टिभन्दा सम्बद्ध बालबालिकाको सर्वोत्तम हित र आफ्नो ईच्छा जाहेर गर्न नसक्ने यस्ता नावालिगहरूलाई नेपाल कानूनद्वारा प्रत्याभूत अधिकार र बालबालिकासम्बन्धी महासन्धि, १९८९ द्वारा अभिनिश्चित घोषणाको पूर्ण रुपेण परिपालन गराउन अदालत सदैव उद्यत रहने । § चार वर्षीया नावालिगलाई आमा र मावलीबाट छुटाई दिँदा निज बच्चीलाई पर्ने सम्भावित मानसिक उत्पीडनको आंकलन र समुचित लालनपालन, स्याहार सुसार, शिक्षादीक्षा तथा औषधोपचारको दृष्टिकोणबाट समेत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नु बच्चीको हितविपरीत मात्र नभएर निजको भविष्यप्रति नै असंवेदनशील हुन पुगिने । (प्रकरण नं.६) § बालबालिकाको सर्वोत्तम हितका प्रश्न अन्तर्निहीत रहने विवादमा दिइने आदेश वा निर्णय तत्काल प्राप्त आधारहरूको विश्लेषणमा आधारित हुन्छन् । बाबु आमाको यस पछाडिको क्रियाकलाप तथा नावालिगको संरक्षकत्व ग्रहण गर्नेको पारिवारिक र आर्थिक स्थितिले नावालिगको संरक्षकत्वका हकमा यथा समयमा प्रचलित कानूनबमोजिम उचित निर्णय लिन अदालत सदैव सक्षम रहने । (प्रकरण नं.७) रिट निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री माधवकुमार बस्नेत र लीलाराज कोइराला विपक्षी तर्फबाटः विद्वान अधिवक्ताहरू कर्णबहादुर थापा, मीरा ढुंगाना र सुषमा गौतम अवलम्बित नजीरः नेकाप. २०६१, असोज, नि.नं. ७३८९ पृष्ठ ६७६ नेकाप. २०६७, भदौ, नि.नं. ८३७३, पृष्ठ ८०४ सम्बद्ध कानूनः § मुलुकी ऐन,अ.वं. १८२ नं. § लोग्ने स्वास्नीको ३ नं. को देहाय १, ३ र ४ नं. § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ४, ४(१), ८, ८(१) आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश निम्नानुसार रहेको छ :– म निवेदक र विपक्षी मल्लिका शाहबीच मिति २०