निर्णय नं. ९५९ - परमादेश गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५९ - परमादेश गरिपाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/१०/११ २१९३ निर्णय नं. ९५९ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको रिट नम्वर १४४३ आदेश भएको मिति : २०३२।१०।११।१ मा निवेदक : जि. म. बाखी माढ अनकार गा. पं. वार्ड नं. ९ बस्ने सितानन्दन राय विरूद्ध विपक्षी : श्री उपकुलपति त्रिभुवन विश्वविद्यालय समेत विषय : परमादेश गरिपाउँ (१) अधिकारको निश्चित नभएको पुनरावेदन कमिटीलाई परमादेशको आदेश जारी गरी बाध्य गराउन नमिल्ने । (प्रकरण नं. ५) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भूप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  आदेश न्यायाधीश वासुदेव शर्मा १. मेरो उजूरी अबिलम्ब छिनी किनारा गरी दिनको लागि नेपालको संविधानको धारा ७१ अनुसार परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश त्रि. वि. वि. का उप–कुलपति र त्रि. वि. वि. पुनरावेदन कमिटीका नाममा जारी गरिपाउँ भनी प्रस्तुत रिट निवेदन मिति ०३१।२।२२।६ मा दर्ता हुन आएको रहेछ । संक्षिप्त तथ्य यसप्रकार छ : २. आर. आर. डिग्री कलेज जनकपुरधाममा २०२५ सालमा म प्राध्यापक पदमा स्थायी रूपमा नियुक्त रहेकाबखत तारिक १६ जुलाई १९६८ देखि सोफियामा भएको विश्व युवा महोत्सवमा भाग लिन युवक संगठनको नेतृत्वमा जाने प्रतिनिधि मण्डलको एक सदस्यको रूपमा सोफियामा जानु पर्ने भएकोले उक्त कलेजबाट एक महिनाको बिदा स्वीकृत गराई सरकारी स्वीकृती अनुसार विदेश गएकोमा फर्कदा बिरामी पर्न जाँदा सबै व्यहोरा खोली चिकित्सकको प्रमाणपत्र समेत राखी थप बिरामी बिदाको लागि पटक–पटक निवेदन गरेकोमा बिरामीबाट निको भई घर फर्के पछि स्पष्टिकरण आदिको मौका समेत नदिई कलेजबाट मलाई सेवा मुक्त गरेको भन्ने पत्र पाएकोमा आर. आर. डिग्री कलेज विरूद्ध त्रि. वि. वि. विद्यालयका उप–कुलपति समक्ष मिति २०२६।६।२४ मा उक्त कलेजको निर्णय बदल्न लगाई पुन सेवामा बहाल गरिपाउँ भनेर पुनरावेदन गरेकोमा मेरो पुनरावेदन माथि विचार गर्न त्रि. वि. वि. को अधिनियम अनुसार पुनरावेदक कमिटि कायम भएर सम्बन्धित कागजात पेश गर्ने सूचना त्रि. वि. वि. को ०२७।१।६ को पत्रबाट जारी भएकोमा र त्यसपछि समय समयमा उठेका प्रश्नहरूमा मैले आफ्नो पक्ष प्रस्तुत गरेकोमा मेरो पुनरावेदन टुड्डो नलाग्दा मैले मेरो उजूरी किनारा चाँडै गरिपाउँ भनी मिति ०२७।१२।१५ र ०२८।५।२२ मा ताकिता निवेदन पनि दिएको र बराबर भेटघाटमा पनि मौखिक निवेदन गर्दै आएको छु । त्रि. वि. वि. ले मिति ०२७।१।६ मा दुवै पक्ष झगडियालाई प्रमाणका कागजातहरू पेश गर्ने सूचना दिएको र मेरो उजूरी माथि छलफल हुने भएकोले उपस्थित हुनु भनी ०२८।६।१० मा सूचना गरेको पुनः ०२८।७।१२ गतेको पत्रबाट मिति ०२८।७।२२ गते छलफलको अन्तिम मिति तोकियो जो आर. आर. डिग्री कलेजको अनुरोधमा स्थगित गरी उक्त कलेजकै अनुरोधमा ०२८ मार्ग मसान्तसम्मका लागि अन्तिम म्याद दिइयो । त्यपछि त्रि. वि. वि. को मिति ०२८।१०।१४ को पत्रबाट अन्तिम छलफलको लागि ०२८।११।१५ गते मिति तोकियो । तर सो छलफलको दिन आर. आर. डिग्री कलेज अनुपस्थित भएकोले फेरि ०२८।१२।३ गतेको लागि छलफलको मिति सारियो सो म्यादमा पनि मेरो उजूरी किनारा गरी दिएन अतः मेरो उक्त उजूरी अबिलम्ब छिनी किनारा गरी दिनका लागि परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ भनी प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ । निवेदनसम्बन्धी संक्षिप्त जिकिर यसप्रकार छ : ३. म