निर्णय नं. ९६१ - उत्प्रेषणको आदेश जारीगरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६१ - उत्प्रेषणको आदेश जारीगरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०१/११ २३६९ निर्णय नं. ९६१ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रि.फु.नं ४० आदेश भएको मिति : २०३३।१।११।६ निवेदक : तप्पा बधौरे मौजे ठेकावर रूपन्देही बस्ने लेकाकान्त भट्टराई समेत विरूद्ध विपक्षी : जिल्ला भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय रूपन्देही भैरहवा विषय : उत्प्रेषणको आदेश जारीगरी पाउँ (१) एउटै निर्णयलाई लिएर भिन्न–भिन्न व्यक्तिहरूले दिएको दुई भिन्न–भिन्न निवेदनपत्रहरूमा दुई डिभिजन बेञ्चबाट हकदैयाका सम्बन्धमा भिन्न–भिन्न सैद्धान्तिक विवेचना भई दुई विपरीत निर्णयहरू भएकोमा दुई डिभिजन बेञ्चहरूबाट भएको निर्णयको सिद्धान्त (रुलिगं) बाझिएकै सम्झनु पर्ने । (प्रकरण नं. ८) (२) रिट अधिकार क्षेत्रमा प्रवेश गर्ने क्षमता हकदैयाबाटै प्राप्त हुने, सो हकदैया नभएका व्यक्तिको लागि सो अधिकार क्षेत्रको प्रवेशद्वार नै बन्द हुने । (प्रकरण नं. ११) (३) हकदैयाको खोजी गर्ने सिलसिलामा सर्वोच्च अदालतले अन्य निकाय वा अधिकारीको अधिकार क्षेत्रको विषय वस्तुमा हस्तक्षेप गरेर त्यस्तो निकाय वा अधिकारीबाट हुनु पर्ने विवादयुक्त हकको आफैले निर्णय गर्न नहुने । सरसर्ती हेर्दा कुनै विवादग्रस्त निर्णयबाट निवेदकको कुनै हक वा हितमा कुनै प्रतिकुल असर देखिन्छ भने सो निर्णय बदर गराई माग्ने हक निवेदकलाई भएकै सम्झनु पर्ने । (प्रकरण नं. १२) (४) जग्गावालासँग लिखत कबुलियत नगरी जग्गा कमाउने निवेदकहरूलाई निजहरूले पाएको मोहीयानी हकको अस्थाई प्रमाण पूर्जा पाएको नाताले मात्र कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : का.मु. वरिष्ठ सरकारी अधिवक्ता रतनलाल कनौडिया वरिष्ठ अधिवक्ता शम्भूप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  आदेश न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा ०३१।५।२७।५ मा डिभिजन बेञ्चबाट निर्णय हुँदा ०२९।६।४ को डिभिजन बेञ्च बाट भएको निर्णयसँग रुलिङ्ग बाझिएकोले निर्णयार्थ फुल बेञ्चमा पेश गर्नु भन्ने भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (ख) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : एकै जग्गामा दुवै थरीले जो.अ.निस्सा लिई उपस्थित हुन आएको हुँदा दोहरा परी जोताहा कायम गर्न बाधा पर्‍यो भन्ने अमिनहरूको प्रतिवेदन प्राप्त हुन आएकोले मोही कसलाई मान्ने हो निर्णय निमित्त अनुरोध गर्दछु भन्नेसमेत ६ नं. नापी गोश्वाराबाट प्राप्त भई कारवाहीको निमित्त म्याद जारी भएकोमा यो जग्गा पाए रैती बसाउनु नपाए शिर साथ गरी खानु भन्ने अर्थ मन्त्रालयबाट फैसला भएको जग्गा हो बस्नु भई १ नं. भरी ४ नं लिनुहोस् भनी कविरत्नले भनेबाट सलामी मबाट लिनुभयो पोत धरौट राखेको छु भन्ने विमादेवीको बयान, म पर्शुरामले जि. कविरत्नलाई रू. ४००० भुक्तानी दिई रु. २४०० भुक्तान भएपछि राजीनामा गरी दिन्छु भनेकोमा भू.सु. लागू भयो राजीनामा हुँदैन १ नं. भरी ४ नं. लिनु, नापीमा जग्गा नपाई दिन्छु भनेबाट सोहीबमोजिम गरी आएको हुँ । म बलबहादुरले रु. ४०० मा १० कठ्ठा जग्गा लिएको म राम गिरीले रु. ३०० का दरले ४ बिगाहा लिई जोती आएको, केशव शर्मा पनि सोहीबमोजिम ३ बिगाहा लिई भोगी आएको, मुपालले जग्गा बिगाहा ४ रु. ३०० का द