निर्णय नं. ९६५ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६५ - जग्गा खिचोला भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/२६ २१२२ निर्णय नं. ९६५ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु नं. ५४ फैसला भएको मिति : २०३३।३।२६।६ पुनरावेक : नवलपरासी जिल्ला देव गा.पं.वडा नं ६ सामदेव गाउँ बस्ने सम्माती गोसाइको मु.स.गर्ने नमिन्द्रनाथ गोसाई विरूद्ध विपक्षी : ऐ वडा नं २ फुजवरिया बस्ने श्यामलाल थारू मुद्दा : जग्गा खिचोला (१) एकाको जग्गा अर्काले दर्ता गराई दिएकोमा उजूर गर्ने म्याद जग्गा मिच्नेको १८ नं. ले २ वर्ष नै कायम हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्जविहारीप्रसाद सिंह उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय बाझी भई सर्वोच्च अदालत नियमावली २०२१ को नियम ३३ बमोजिम निर्णयलाई यस बेञ्चमा पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : मेरा नाउँमा दाखिल दर्ता भई मैले भोग चलन गरी आएको जिमिदारी जग्गामध्ये साविक ७८ सालको नापी श्रेस्ताबमोजिम कित्ता नं. २७३ को अर्ध २० तुल १७ भएको जग्गा बिगाहा ।।।२ हात ०२५ सालमा सर्भे नापी भएको कि नं. २१ कायम हुन आई जग्गा बिगाहा ।।।१। ठहर्न आई सर्वेबाट कित्ता काटिएको र साविक कि.नं. २७३ को जग्गा भन्दा पूर्वतर्फ भएको मौजे देवगावको साविक कि.नं. २६४ को जग्गा विगाहा ।।३।१ मा आयको गाछी लागि राखेको भई ७८ सालको नापीमा गुढरी तिवारीका नाउँमा नापी दर्ता भएको पछि दर्ता सर्दै श्यामलाल समेतका नाउँमा दर्ता हुन आई निज विपक्षी समेतले भोग चलन गरी आएको विपक्षीको हकभोग दर्ताको कि.नं. २६४ को बगैंचा लागेको जग्गा ०२५ सालको सर्वे नापीमा देव गा.पं. वडा नं. ५ (क) को कि.नं. ३२।३४ र ३५ नं. समेत कायम हुन आई विपक्षी श्यामलाल र भाइ मोहरका नाउँमा कित्ता काटिएछ उक्त जग्गा दर्ता गराउँदा श्यामलालको भाइ मोहरका हक दर्ताको कि.नं. ३५ को बाहेक आफ्नो भोग चलन दर्ताको हाल सर्भेमा कि.नं. २२ र ३४ कायम भएको बगैंचा जग्गा सम्म आफ्ना नाउँमा दर्ता गराई लिनु पर्नेमा मेरो हकको २०३ को हाल कि.नं. ३१ कायम भएको जग्गा बिगाहा ।।।१। दर्ता श्रेस्ता गराई लिएछन् जग्गाधनी प्रमाण पूर्जा पाएपछि थाहा हुन आएकोले श्यामलालको जग्गा धनी प्रमाण पूर्जाबाट कट्टागरी मेरा नाउँमा दर्ता श्रेस्तागरी मेरो जग्गाधनी दर्ता प्रमाण पूर्जामा चढाई पाउँ भनी ०२५।१०।२।४ मा हु.नं. सर्भे गोश्वारामा निवेदन उजूर दिएकोमा भू.प्र.का. मा आई कारवाई चलाए विपक्षीले कि.नं. ३१ को जग्गालाई आफ्नु नम्बरी भनी बयान गरेकोले ०२८।५।१४ मा तेरो मेरोमा अदालतमा उजूर गर्न जानु भनी सुनाई दिएकोले फिराद गर्न आएको छु मोल बिगो रु. १६२५। को जग्गा बिगाहा ।।।१। मेरो हक टुट्ने गरी दर्ता गराई लिएको दर्ता बदर गरी जग्गामा मेरो हक कायम गरी जग्गाधनीमा र जोताहा समेतमा मेरा नाममा दर्ता गरी दिनलाई भू.प्र. का नवलपरासीमा पूर्जिसमेत पाउँ भन्नेसमेत फिराद रहेछ । ३. जग्गा मेरै भोग भएको हुँदा जग्गा नापजाँच ऐन, २०१९ को ७ दफा बमोजिम बढी जग्गा सो सालदेखि तिरो लिने गरी मेरा नाउँमा फिल्ड बुकमा दर्ता गरी प्रमाण पूर्जासमेत पाएको हुँदा तिरो तिरी भोगी आएको छु । उक्त जग्गा वादीको भए भू.सं. ऐन, ०२४ को दफा ६ अनुसार अदालतमा म्यादभित्