निर्णय नं. ९६६ - जग्गा जिरायत जिमिदार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६६ - जग्गा जिरायत जिमिदार भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/१९ २२२५ निर्णय नं. ९६६ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. ११२ फैसला भएको मिति : २०३३।३।१९।६ मा निवेदक : का. जि. ठमेल बस्ने डि. नारायणदास क्षेष्ठ विरूद्ध विपक्षी : का. जि. फोहरा दरवार बस्ने ले. ज. माधव शमशेर ज.ब.रा. मुद्दा : जग्गा जिरायत जिमिदार (१) तेरो मेरो हक बेहक छुट्याउनु पर्ने विषयको मुद्दा माल र प्र.जि.अ. बाट हेरी निर्णय गर्न पाउने अधिकार नभएको । (प्रकरण नं. १३) निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल क्षेष्ठ उल्लिखित मुद्दा : (मुनीलाल गोल्छा वि. धनचन्द्र राई समेत जिरायत) फैसला प्रधान न्यायाधीश रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चको ०२८।१२।११।६ को निर्णय दोहराई पाउँ भन्ने वादी डि. नारायणदासको निवेदन परी न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहराई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।५।७ मा बक्स भएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : रघुनाथपुर बिर्ता माल तालुकको जङ्गल कटानी गरी आवाद गर्न पाउने भन्ने ८९।७।५ को सनदले श्री प्रताप जङ्ग सम्शेरले प्राप्त गरको जङ्गलमध्ये फि. जवान २।। विगाहाका दरले अवाद गर्न पाउँ भन्ने पूर्ण सिंसमेतको निवेदनमा कृषि मन्त्रालयबाट कारवाई चलेकोमा अवाद गर्न पाएको जग्गाको जिमिदारी बन्दोबस्त चलन बहाली दिनु भन्ने आदेश पाउँ भन्ने डि. नारायणदासको निवेदनमा ऐनबमोजिम गर्नु भन्ने ०८।१०।३ मा म.स.गो. बाट तोक भएको देखिएकोले जिमिदारी डि. नारायण दासका नाममा कायम गरी दिने जिरायत जग्गा सैकडा १० का दरले छुट्याई सुकुम्बासी रैतीलाई २।। का दर्ले वितरण गरिदिने वितरण गरी लगत खडा भएपछि कबुलियत गराई जिमिदारी दर्ता बहाली दिने महोत्तरी मालबाट ०८।१०।१२ मा पर्चा भएको सो जग्गा अवाद गर्न नदिई रोक्का राख्नु भन्ने ०९।२।१३ मा आदेश भएकोमा रोकी राख्न मनासिव नपर्ने भनी महोत्तरी मालले जाहेरी गरेकोमा म.स.गो. बाट भएको तोक आदेशबमोजिम २।। बिगाहा भन्दा बढी राख्न नपाउने गरी रैतानी नामसि तयार गरी दाखिल गर्नु भन्ने डि. नारायणदासले चलन पूर्जि पाएको सो बमोजिम कारवाई हुन नपाउँदै मेठबन्दी भित्रको नम्बरी प्लट खुलाई छुट्याई सिमाना छुट्टिने गरी सोभन्दा बाहिरको १०००। बिगाहादेखि नबढाई मेठबन्दी कायम गरी नाप्ने काम गर भन्ने ले.ज. माधवशम्शेरको दस्तखत आदेशबाट सरकार नबसाई मनमाना नापी गरेकोले यसो गर्नु भन्ने निकासा पाउँ भन्ने म.स.गो.को कृषि मन्त्रालयलाई लेखेको पत्र र सो नापी सदर गर्नालाई पुरूषोत्तम शमशेरको निवेदनमा विर्ताबारसमेत राखी नापी गरी ठहराई जाहेर गर्नु भन्ने कृषि तथा वन मन्त्रीज्यूको तोक आदेशबमोजिम कमिशन खटाई पठाई दिनु भन्ने वन मन्त्रालयलाई समेत लेखी पठाएको टिप्पणी सदर भई विर्तावारको अदेशले गैरकानूनी नापी गराएको सदर हुन नसकेको बिर्तावारको ०१६।९।८।८ को आदेश पछि दर्ता गराएको लगत मालबाट झिकी वडा हाकिमले शिलबन्दी गरी कमिशनले पुष्टि गरेपछि नम्बरी दर्ता गर्ने भन्ने खाद्य कृषि मन्त्रालयको टिप्पणीमा निवेदकले किन नपाएको जो बुझ्न पर्छ बुझी पेश गर्नु भनी गोश्वारालाई लेखिपठाउने गरी खाद्य मन्त्रीज्यूबाट भएको मनमानी नापी लगत कायम गरेको सो सदर नहुँदै बिना आधार मौज