निर्णय नं. ९६७ - डाँका खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६७ - डाँका खुन भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/०२ २४०८ निर्णय नं. ९६७ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको फौ. फु. नं. २० फैसला भएको मिति : २०३३।३।२।३ मा निवेदक : कोशी अञ्चल मोरङ सुनसरी जिल्ला कप्तानगञ्ज बस्ने केन्द्रीय कारागार काठमाडौंको बन्दी जिमीदार जोगबहादुर तुलाधर समेत विरूद्ध विपक्षी : ऐ. कप्तानगञ्ज बस्ने चुनी महतोको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका खुन (१) साक्षीहरूले आफ्नै ईन्द्रीयले अथवा आँखा कानले वा इसाराले देखे सुने बुझेको कुरामात्र भन्न पाउने र वारदात गरेको हो होईन भनी ईन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएको । (प्र. नं. ४२) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अतिरिक्त स.अ.भैरवप्रसाद लम्साल, व.अ.कुञ्जविहारीप्रसाद सिंह फैसला प्रधान न्यायाधीश रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक वादीहरूले दिएको निवेदनपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यो मुद्दा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम निर्णय गरिदिनु भन्ने हुकुम बक्सेको छ भन्ने प्रमुख सचिव राजदरबारबाट ०३१।१०।२० मा लेखिआएको हुकुम प्रमाड्डीबमोजिम मुद्दा दोहोरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : ०२६।२।३० गते सुती निदाएको अवस्था राती ११,१२ बजे तिर ३०।३५ जना बन्दुक, लाठी, भाला, बन्चरो लाईट समेत लिई डाकाहरू आएछन् दरवाजामा बन्दुकको फायर गरी बन्चरोले ढोका काट्न लाग्दा मात्र थाहा पाई छोरा सुकदेव र म २ तले घरको माथिल्लो पूर्वपट्टि सुतेको हुँदा कोठाबाट बुईगलमा गई लुकी बस्यौं छोरा मेहलाल निजकी श्रीमती तिर्थकुमारी दक्षिण पट्टि बारदलीमा सुतेको ठाउँबाट कुटपीट गर्दै सुतेको कोठाको ढोका सामुन्ने ल्याई बन्दुक देखाउँदा ज्यान मत मारिय जितना रूपैयाँ लेना है लिजिए भनी मोहनले भन्दा लाओ भने, मोहनले रूपैयाँ दियो, कति हो थाहा भएन । तुम दोनो मार्ने के आए पैसा लोभ नही भनी जोगबहादुरले बन्दुक फायर गरेपछि मोहन लडे त्यसपछि तिर्थकुमारीलाई फुदनले कुनै धारिलो हतियारले पछाडि पट्टिबाट गर्दनमा काटी हड्डीसमेत छिनी काटी मारी दुवै जना एकै ठाउँमा सुताई गएको डाकामारी जल्दि करो भन्ने आवाजबाट र लाईटको झल्याक झुलुक उज्यालोबाट चिनेको जोगबहादुरको नोकर मोती यादवलाई स्पष्ट चिने अरू चिन्न सकिँन डाकाहरू तल भेला भई एक फायर गरी उत्तरपट्टि हुँदै पश्चिम दक्षिणतर्फ गइसकेपछि गाउँले भेला भई हेर्दा तल बसधारामा सुतेको साहिलो छोरा कैलु रगत पक्ष भई लडिरहेको देखी हेर्दा छातीमा गोली लागी मृत्यु भएको भन्नेसमेत चुनी महतोको जाहेरी दर्खास्त । ३. ८।१० लाईटको उज्यालो पश्चिमदेखि बलेको देखी म र जेठा छोरा सुकदेव नाती सत्यनारायण र साला भोलासमेत हुँदा उठी हेर्‍यौं । सालेको मारो भन्दै घर चोक भित्र पसेपछि डाँका आएको थाहा भई म र जेठो छोरा बुईगलमा गई लुकें । सत्यनारायण र भोला तलै बसे अरू मर्नेहरू सुते बसेको कुरा दर्खास्तमा लेखेको छु । ढोकामा के हतियार हो मैले देखिंन ढोका कटाई फुटाईको छाँटले बन्चरोले काटे जस्तो लाग्छ । एकजना नोकर बसघरमा सुतेको थियो । ४. म बुईगलमा भएकोले तखताको जोर्नीको प्वालबाट हेरेकोले राम्रो नदेख