निर्णय नं. ४८११ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८११ - उत्प्रेषण परमादेश भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०९/२० २५२२ निर्णय नं. ४८११ ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सि.ह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव २०४८ सालको रिट नं. – १९६३ आदेश मिति :– २०५०/९/२०/३ रिट निवेदक: जि. नुवाकोट गणेशस्थान गा.वि.स. वडा नं. ४ बस्ने राम कुमार ढकाल । विरुद्ध विपक्षी : विदूर नगरपालिका कार्यालय, नुवाकोट विदूर । विषय :– उत्प्रेषण परमादेश । (१) निजामति सेवा ऐन तथा निजामति सेवा नियमावली निजामति कर्मचारीहरुको हकमा मात्र आकर्षित हुन सक्नेमा सो निजामति सेवा नियमावली नगरपालिका ऐन, २०४७ को परिच्छेद ५ को दफा १९ अन्तर्गत नियुक्त हुन सक्ने कर्मचारीहरुको हकमा पनि प्रयोग हुन सक्ने देखि“दैन । अतः रिट निवेदकलाई निजामति सेवा नियमावली, २०२१ को दफा १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी ओ.सि. (रा.प.अनं. प्र.पा.) पदबाट अवकाश दिएको निर्णय र तत्सम्बन्धी कारबाही निर्णय तथा पत्र समेत त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०) आदेश न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. म निवेदक तत्कालीन विदूर नगर पञ्चायतको मिति २०४६/७/३० को निर्णयानुसार तत्कालिन पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको स्वीकृत दरबन्दी अनुसारको विदूर नगर पञ्चायतको रिक्त राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक ओभरसियर पदमा मिति २०४६/८/१ देखि अस्थाई नियुक्ती पाई कामकाज गर्दै आएकोमा उक्त कार्यालयको च.नं. ९४७ मिति २०४६/१२/३१ को पत्रद्वारा ६ महिनाको परिक्षणकालमा रहने गरी स्थायी नियुक्ति पाई ईमान्दारीपूर्वक कामकाज गर्दै आएको थिएँ । यसै बीच विदूर नगरपालिका कार्यालय, नुवाकोट विदूरको प.सं. ०४८/४९ च.नं. १०० मिति ०४८/४/२९ को पत्रद्वारा निजामति कर्मचारी संगठनको आव्हानमा सञ्चालित विरोध कार्याक्रममा सरिक भई पदीय आचरण र अनुशासन बारम्वार तोडेको समेत आरोप लगाउँदै उक्त नगरपालिकाको मिति ०४८/४/२८ को निर्णय अनुसार मिति ०४८/४/२१ देखि नै लागु हुने गरी मलाई उक्त पदबाट निलम्बन गरिएको थियो । त्यसपछि सो कार्यालयका प.स.प्र. ०४८/४९ च.नं. ३३६ मिति ०४८/६/११ को पत्रद्वारा मलाई नेपाल निजामति कर्मचारी संगठनको आह्वानमा भएको विरोध कार्यक्रमको क्रममा तपाईले नि.से.नि.को आचरण विपरीत काम कारवाही गर्नु भएकोले तपाईलाई नि.से.नि. अनुसार किन कारवाही नगर्ने ? अतः यो पत्र प्राप्त हुनासाथ बाटोको म्याद बाहेक २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन जानकारी गराइन्छ भनी स्पष्टीकरण सोधिएकोमा मिति २०४८/६/१५ मा मलाई लगाइएको आरोपहरुको इन्कार गर्दै सोको जवाफ पेश गरेको थिए । यसै क्रममा उक्त कार्यालयको प.सं.प्र. ०४८/४९ च.नं. ३८८ मिति २०४८/६/२४ को पत्रद्वारा मलाई नि.से.नि., २०२१ को नियम ९.१३(ख) मा हडताल थुनछेक तथा घेराउ आदिको प्रतिबन्ध भएकोमा तपाईले उक्त नियम उल्लंघन गर्नुका साथै सो कार्य गर्नमा अरुलाई समेत उक्साउने जस्ता कार्य गर्नु भएको हुँदा नि.से.नि. को नियम १०.६ को (३) र (८) बमोजिमको काम कारवाही एवं आचरण गरेको स्पष्ट देखिन आएकोले तपाईलाई उक्त नियमावलीको नियम १०.१(५) अनुसारको सजाय किन नगर्ने भनी नि.से.नि. को नियम १०.१० बमोजिम यो पत्र लेखिएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक